आजको पञ्चाङ्ग
ॐ सर्वे भवन्तु सुखिनः सर्वे सन्तु निरामयाः।सर्वे भद्राणि पश्यन्तु मा कश्चिद्दुःखभाग्भवेत।ॐ शान्तिः शान्तिः शान्तिः॥
सौर्यमास र चन्द्रमास अनुसार बिक्रम सम्बत २०८२ पुस महिनाको १९ गते शनिबार तदनुसार इस्वी सम्बत ३ जनावरी २०२६ । दक्षिणायन हेमन्त ऋतु पौष पुर्णीमा तिथि । आद्रा नक्षत्र । चन्द्रमा मिथुन राशीमा हुनुहुन्छ । सुर्योदय बिहान ६:५७ सूर्यस्त बेलुका १७:२० बजे हुनेछन् । अस्तु ॐनम: शिवाय यहाँहरुको दिन मंगलमय रहोस् ।
आजको दैनिक राशीफल
मेष:– राशीअनुसार चन्द्रमा धन सम्पत्तिको कारक बनेर आएको हुनाले आजको दिन उत्तम रहेको छ । ब्यापार व्यवसायका दृष्टिकोणले पनि आर्थिक रुपमा लाभ हुने देखिन्छ । साथीभाइ इष्टमित्रहरुबाट पनि साथ सहयोग रहनेछ ।
बृष:– आफ्नो कार्य क्षेत्रमा लगनशिल इमान्दारिता र दत्तचित्त भइ लाग्नाले मनमा आत्मासन्तुष्टि मिल्ने देखिन्छ । ब्यापार व्यवसाय कृषि लगायतका क्षेत्रबाट पनि राम्रै इच्छाशक्ति बढ्ने देखिन्छ । पशु चौपायाबाट पनि लाभ हुने देखिन्छ ।
मिथुन:– समय र भाग्यले निकै साथ दिएको छ । घरमा लक्ष्मीजीको कृपाले धन सम्पत्तीको आगमन हुने देखिन्छ । बैदेशिक रोजगार पशु चौपाया बयापार व्यवसायबाट पनि राम्रो हुने देखिन्छ । आफूले आँटेताकेका कार्यहरु पनि हुने छन् ।
कर्कट :– राशी अनुसार आजको दिन राम्रो छैन १२ औं चन्द्रमा सदासर्वदा हानिकारक बनेर आउने भएके हुनाले सावधानी अपनाइ कार्यको थालनी गर्नु होला । हानी नोक्सानी पर्न सक्छ । हानी नोक्सानी नियन्त्रणकालागि संकट मोचन हनुमानजीको आराधानाले दिन शुभ रहनेछ ।
सिंह:– समय र भाग्यको निकै साथ दिएको छ । आफ्नो कार्यक्षेत्रमा होस या गरिने कार्यबाट पनि आजको दिनमा निकै राम्रो हुने देखिन्छ । ब्यापार व्यवसायबाट पनि उल्लेखनिय प्रगति हुने देखिन्छ ।
कन्या:– लामो समय देखि गरेको साधनाको उपलब्धिको फल आज मिल्ने योग परेको छ । आजका दिनमा गरेका कार्यबाट उल्लेखनिय उन्नती प्रगति हुने देखिन्छ । इच्छा आकांक्षाहरु पनि पुरा हुनुका साथै आर्थिक लाभ हुनेछ ।
तुला :– सात्विक बिचारको उदय हुनुका साथै मन धार्मिक सामाजिक एवम् समाजसेवा तर्फ लाग्ने देखिन्छ । ब्यापार व्यवसाय कृषि लगायतका क्षेत्रबाट पनि आर्थिक लाभ हुने योग बनेको देखिन्छ ।
बृश्चिक:– राशी अनुसार आजको दिन राम्रो छैन । आठौं चन्द्रमा सदा सर्वदा दुख र कष्टको कारक बनेर आउने भएको हुनाले सावधानी अपनाउनु होला । भगवान गौरीशंकरको आराधानाले दिन शुभ रहनेछ ।
धनु:– आफूले गरेका कार्यबाट जस मिल्ने योग बनेको छ । मान सम्मान पद प्रतिष्ठा पदोन्नति हुने देखिन्छ । ब्यापार व्यवसायबाट पनि उल्लेखनिय उतपादन उन्नती प्रगति हुने छ ।
मकर:– समय र भाग्यले गर्दा समय आफ्नो अनुकुल हुनाले धन सम्पति प्रप्ति हुने यइग बनेको देखिनेछ । बैदेशिक रोजगार सरकारी जागिर ब्यापार व्यवसाय पनि म्रो हुने देखिन्छ । आफूले आँटेताकेका काम पनि पुरा हुने छन् ।
कुम्भ:– राशी अनुसार सज्जन र महापुरुषको सत्सगत गर्ने अवसर मिल्ने वसर हो । व्यापार व्यवसाय कृषि लगायतका क्षेत्रबा६ पनि उल्लेखनिय उन्नती प्रगति हुनेछ ।
मीन:– चन्द्रमा अनुसार चौथे चन्द्रमा सदा सवृदा कलह झगडाको कारक बनेर आउने हुनाले सावधानी अपनाएर कार्यगर्नु होला पछि पछु६उनु पर्ला । संकट मोचन हनुमानको आरधनाले दिन राम्रो हुनेछ ।
