आजको पञ्चाङ्ग
ॐ सर्वे भवन्तु सुखिनः सर्वे सन्तु निरामयाः।सर्वे भद्राणि पश्यन्तु मा कश्चिद्दुःखभाग्भवेत।ॐ शान्तिः शान्तिः शान्तिः॥
सौर्यमास र चन्द्रमास अनुसार बिक्रम सम्बत २०८२ पुस महिनाको १६ गते बुधबार तदनुसार इस्वी सम्बत ३१ डिसेम्बर २०२५ । दक्षिणायन हेमन्त ऋतु पौष द्वादशी तिथि । कृत्तिका नक्षत्र । चन्द्रमा बृष राशीमा हुनुहुन्छ । सुर्योदय बिहान ६:५६ सूर्यस्त बेलुका १७:१८ बजे हुनेछन् । अस्तु ॐनम: शिवाय यहाँहरुको दिन मंगलमय रहोस् ।
आजको दैनिक राशीफल
मेष:– समय अनुसार भाग्यले साथ दिउमव देखिन्छ । आफ्ना अधुरा कार्यहरु सफल हुने योग बनेको छ । साथीभाइ इष्टमित्रहरुको साथ सपोर्ट रहनुका साथै व्यापार ब्यवसायबाट पनि आर्थिक लाभ हुने देखिन्छ ।
बृष:– लक्ष्मीजीको कृपाले घरमा धन सम्पत्तीको आगमन हुने देखिन्छ । बौद्धिक शैक्षिक र प्रशानिक क्षेत्रमा उल्लेख्य प्रगति हुनुका साथै ब्यापार व्यवसायमा पनि राम्रो हुने देखिन्छ ।
मिथुन:– राशी अनुसार आजको दिन राम्रो छैन १२औ चन्द्रमा सदासरुवदा हानीकारक बनेर आउने भएको हुनाले सावधान अपनाएर कार्य गर्नु होला । भगवान गौरीशंकरको आराधना गर्नु होला यहाँको दिन शुभ रहने छ ।
कर्कट :– समय उत्तम रहेको छ । आफ्नो कारर्यक्षत्रबाट मान सम्मान धन सम्पत्ति प्राप्ति हुने योग बनेको देखिन्छ । ब्यापार ब्यवसायबाट पनि राम्रो छ । रोजगारी बैदेशिक यात्रा पनि राम्रो छ ।
सिंह:– मनका इच्छा आकांक्षाहरु क्रमश परा हुने छन् । ब्यापार व्यवसाय कृषि लगायतका क्षेत्रबाट उल्लेख्य आर्थिक लाभ हुनुका साथै आफूले आँटेताकेका कामहरु पुरा हुने छन् ।
कन्या:– मनमा सात्विक बिचारको उदय हुनुका साथै सज्जन महापुरुषहरुको सत्संगत गर्ने अवसर मिल्ने छ । मान धर्मकर्म तिर्थ ब्रत गर्नुमा रमाउने देखिन्छ भने व्यापार व्यवसायबाट पनि राम्रै लाभ तथा उन्नती प्रगति हुने देखिन्छ ।
तुला :– राशी अनुसार आजको दिन राम्रो छैन आठौं चन्द्रमा सदासर्वदा कष्ट र क्लेशको कारक बनेर आउने भएर आउने भएको हुनाले बिघ्नबाधा आउन सक्छन् । यसलाइ निवारणका लागि संकट मोचन हनुमानजीको आराधना गर्नु दिन शुभ रहनेछ ।
बृश्चिक:– आफ्नो कार्यक्षेत्रमा दत्तचित्त र लगनशिल भएर लाग्नाले मान सम्मान प्राप्ति हुने योग बनेको छ । आफ्ना इष्टमित्र साथिभाइहरुको पनि साथ सहयोग रहने देखिन्छ । व्यापार व्यवसायमा पनि राम्रो हुनेछ ।
धनु:– राशीअनुसार कुनै अधुरा कार्यहरु छन् भने पनि आजको दिनमा पुरा हुने देखिन्छ । व्यापार व्यवसायको दृष्टिले पनि आर्थिक रुपमा निकै लाभ हुने देखिन्छ ।
मकर:– मनमा सात्विक बिचारको उदय हुनुका साथै ज्ञान र बुद्धिको विकास हुनेछ । पढाइ लेखाइ तिर पनि मन लाग्नेछ । आफूले गरेका कार्यबाट फल मिल्ने योग बनेको देखिन्छ ।
कुम्भ:– राशी अनुसार आजको दिन राम्रो छैन । चौथो चन्द्रमा सदासर्वदा कलहझगडाको कारण बनेर आउने भएको हुनाले आजको दिनमा कुनै कार्य गर्दा सोच बिचार पुर्याएर मात्र कार्यको थालनी गर्नु होला बिघ्नहर्ता गणेशजीको आराधनाले दिन शुभ रहनेछ ।
मीन:– चन्द्रमा अनुसार आजको दिन उत्तम रहेकोले आफूले गरेका कार्यमा सफलता मिल्ने योग बनेको देखिन्छ । व्यापार व्यवसायबाट पनि आर्थिक रुपमा निकै पाइदा हुने छ । साथीभाइ इष्टमित्रबाट पनि साथ सहयोग रहने देखिन्छ ।
