आजको पञ्चाङ्ग
ॐ सर्वे भवन्तु सुखिनः सर्वे सन्तु निरामयाः।सर्वे भद्राणि पश्यन्तु मा कश्चिद्दुःखभाग्भवेत।ॐ शान्तिः शान्तिः शान्तिः॥
सौर्यमास र चन्द्रमास अनुसार बिक्रम सम्बत २०८२ पुस महिनाको १३ गते मंगलबार तदनुसार इस्वी सम्बत ३० डिसेम्बर २०२५ । दक्षिणायन हेमन्त ऋतु पौष शुक्लपक्ष एकादशी तिथि । भरणी, ०१:०६ बजेपछि कृत्तिका । चन्द्रमा मीन राशीमा हुनुहुन्छ । सुर्योदय बिहान ६:५६ सूर्यस्त बेलुका १७:१७ बजे हुनेछन् । अस्तु ॐनम: शिवाय यहाँहरुको दिन मंगलमय रहोस् ।
आजको दैनिक राशीफल
मेष:– समयले साथ दिएको छ । आफ्ना अधुरा कार्यहरु सफल हुनुका साथै आँटेताकेका कार्यहरु पुरा हुने देखिन्छ । व्यापार व्यवसाय पशुपालन कृषि लगायतका क्षेत्रबाट पनि उल्लेख्य उन्नती प्रगति हुने देखिन्छ ।
बृष:– राशी अनासर १२औ चन्द्रमा सदासर्वदा हानीकारक भएर आउने भएको हुनाले सावधानी अपनाउनु होला हतारमा गरिएको कामले पछि पछुताउनु पर्ला बिचार पुर्याएर कार्य गर्नु । बिघ्नहर्ता गणेशजीको आराधनाले दिन शुभ रहनेछ ।
मिथुन:– समय र भाग्यले साथ दिएको देखिन्छ । आफ्नो कार्यक्षेत्रमा दत्तचित्त भएर कार्य गर्नाले मान सम्मान प्राप्ति हुनुका साथै आर्थिक रुपमा पनि निकै उन्नती प्रगति हुने देखिन्छ ।
कर्कट :– मनका इच्छा आकांक्षाहरु क्रमश पुरा हुने योग बनेको देखिन्छ । मनमा सात्विक बिचारकोउ दय हुनुका साथै सामाजिक धार्मिक कार्य क्षेत्रमा मन रमाउने देखिन्छ । ब्यापार व्यवसायमा पनि गुणस्तर बृद्धि हुने देखिन्छ ।
सिंह:– सज्जन महापुरुषको सत्संगत गर्ने अवसर मिल्न सक्नेछ । मन आनन्दानुभुति प्राप्ति हुनुका साथै आर्थिक र बौद्धिक क्षेत्रमा पनि राम्रव हुने योग बनेको देखिन्छ।
कन्या:– राशी अनुसार आजको दिन राम्रो छैन । आठौं चन्द्रमा सदासर्वदा त्रासको कारक बनेर आउने भएको हुनाले आजको दिनमा कार्य गर्दा होस यात्रामा सावधानि अपनाउनु होला । संकट मोचन हनुमानजीको आराधाना गर्नु दिन शुभ रहने छ ।
तुला :– समयलाइ ख्याल गरेर कार्य गर्नु भाग्यले साथ दिएको छ । बौद्धिक प्रशासनिक बैदेशिक राजनीतिक लगायतका क्षेत्रबाट पनि राम्रो हुने योग बनेको छ । व्यापार व्यवसायबाट पनि आर्थिक रुपमा निकै लाभ हुने देखिन्छ ।
बृश्चिक:– लामो समय देखि अल्झिएका कुनै पनि कार्य छ भने आजको दिनमा त्यो कार्य अवस्यपनि सफल हुने देखिन्छ । घरमा धनागमन हुने योग बनेको छ । गरेका कार्यमा सफलता मिल्ने छ ।
धनु:– ज्ञान र बुद्धिको उदय हुने योग बनेको छ । समयलाइ राम्रो सँग सदुपयोग गरि कार्यको थालनी गर्नु गरेको कार्यमा सफलता अवस्य मिल्ने छ । ब्यापार व्यवसायमा पनि निकै राम्रो हुने योग बनेको छ ।
मकर:– राशी अनुसार आजको दिन त्यती राम्रो छैन चौथो चन्द्रमा सदासर्वदा कलह झगडाका कारक बनेर आउने भएको हुनाले सावधानी अपनाइ कार्य गर्नु होला । भगवान गौरीशंकर भगवानको आराधनाले दिन शुभ रहनेछ ।
कुम्भ:– समय आफ्नो अनुकुल र साथै इष्टमित्रहरुबाट पनि साथ सहयोग मिल्ने हुनाले मनमा प्रफुल्लता हुनुका साथै साथ मिल्ने योग बनेको देखिन्छ । आफूले आँटेका कार्यहरु पनि सफल हुने छन् ।
मीन:– लक्ष्मीजीको कृपाले घरमा धन सम्पत्ति आउने योग बनेको देखिन्छ । ब्यापार व्यवसायका क्षेत्रमा पनि अत्यन्त राम्रो हुनेछ । मनमा शान्ति मिल्ने छ । आँटेताकेका कार्यहरुमा सफलता मिल्ने छ ।
