चरक मेमोरियल हस्पिटल प्रालि, बेनी नगरपालिका १ नम्बर वडा, रत्नेचौर युवा क्लब, रत्नेचौर जागरण समुह, रत्नेचौर स्वास्थ्य चौकी र रत्नेचौर चेनतशिल आमा समूहोको संयोजनमा रत्नेचौरमा निशुल्क स्वास्थ्य शिविर सम्पन्न भएको छ ।
उक्त सिविरमा ल्याब सेवा १०१ जनाले, स्त्रीरोग सेवा १०९ जनाले, इसिजि सेवा १६० जनाले, जनरल सेवा १८९ जनाले र युएसजी सेवा १०६ जनाले लिएको वडा अध्यक्ष टेकबहादुर थापाले बताउनु भयोव । उहाँका अनुसार स्त्री रोगको परिक्षणमा १ जनामा क्यान्सरको संका लागेकोले थप उपचारका लागि रिफर गरिएको छ ।
शिविरमा रेडियोलोजिष्ट ओमकुमार श्रेष्ठ, मुटु बिशेषत्त साहेबकुमार जैसवाल फिजिसियन सुरज बराल स्त्रीरोग बिशेषज्ञ रुपा पनेरु र हाड जोर्नि तथा नसारोग बिशेषज्ञ डाक्टर मनोजकुमार तिवारीले स्वास्थ्य परीक्षण गर्नु भएको थियो ।
स्थानियको रोग पहिचान र सेवा प्रवाहका लागि चरक मेमोरियल अस्पताल सँग सहकार्य गरेर शिविर आयोजना गरिएको थियो ।


