आजको पञ्चाङ्ग
ॐ सर्वे भवन्तु सुखिनः सर्वे सन्तु निरामयाः।सर्वे भद्राणि पश्यन्तु मा कश्चिद्दुःखभाग्भवेत।ॐ शान्तिः शान्तिः शान्तिः॥
सौर्यमास र चन्द्रमास अनुसार बिक्रम सम्बत २०८२ पुस महिनाको १३ गते आइतबार तदनुसार इस्वी सम्बत २८ डिसेम्बर २०२५ । दक्षिणायन हेमन्त ऋतु पौष शुक्लपक्ष अष्टमी तिथि रेवती नक्षत्र । चन्द्रमा मीन राशीमा हुनुहुन्छ । सुर्योदय बिहान ६:५५ सूर्यस्त बेलुका १७:१६ बजे हुनेछन् । अस्तु ॐनम: शिवाय यहाँहरुको दिन मंगलमय रहोस् ।
आजको दैनिक राशीफल
मेष:– १२औं चन्द्रमा सदासर्वदा हानिकारक भएर आउने भएको हुनाले आजको दिन होस बिचार पुर्याएर मात्र कार्यको थालनी गर्नु पर्ने देखिन्छ । अन्यता हानी नोक्सानी हुने योग बनेको छ । बिघ्नहर्ता गणेशजीको आरधना गर्नाले दिन शुभ रहनेछ ।
बृष:– समयले र भाग्यले साथ दिएको छ । आफ्ना अधुरा कार्यहरु सफल हुनुका साथै आँटेताकेका कार्यहरु पुरा हुने देखिन्छ । व्यापार व्यवसायमा पनि राम्रै हुनुका साथै आर्थिक लाभ हुने देखिन्छ ।
मिथुन:– दशौं चन्द्रमा मनको इच्छा शक्तिपुरा हुने भएर आउन भएको हुनाले आफूले आँटे तेका कार्यहरु सफल हुने छन् । व्यापार व्यवसाय कृषि लगायतका क्षेत्रहरुबाट पनि मनज्ञ धन सम्पत्ती प्राप्ति हुने योग बनेको देखिन्छ ।
कर्कट :– राशी अनुसार मन धर्म कर्म गर्न तिर लाग्ने देखिन्छ । मनमा सन्तोष र आनन्दानुभुति प्राप्ती होला । साथीभाइहरुको पनि साथ सहयोग रहने देखिन्छ ।
सिंह:– आठौं चन्द्रमा सदा सर्वदा दु:ख र कष्टकोकारक बनेर आउने भएको हुनाले आजको दिनमा सावधानी अपनाएर कार्य गर्नु गर्नु होला । नत्र बिघ्नबाधा पर्ने छ । संकट मोचन हनुमानजीको आराधनाले दिन शुभ रहने छ ।
कन्या:– समयले निकै साथ दिएको छ । आफ्नो कार्यक्षेत्र पनि जस मिल्नुका साथै मान सम्मान प्राप्ती हुने योग बनेको देखिन्छ । व्यापार व्यवसाय राजनीति लगायतका क्षेत्रबाट पनि आर्थिक रुपमा निकै लाभ हुने छ ।
तुला :– राशी अनुसार चन्द्रमा धन सम्पत्तिको कारण बनेर आएको हुनाले आजको दिनमा घरमा धन सम्पत्ति भित्रिने योग बनेको देखिन्छ । ब्यापार व्यवसाय पनि गुणस्तर बृद्धि हुने योग बनेको छ ।
बृश्चिक:– असल मान्छेको सत्संगतले ज्ञान र बुद्धिको विकास हुने देखिन्छ । सात्विक बिचारको उदय हुनुका साथै मन परोपकारको तथा सामाजिक धार्मिक सेवामा रमाउने देखिन्छ ।
धनु:– राशी अनुसार आजको दिन राम्रो छैन । सावधानी अपनाएर कार्य गर्नु होला । चौथो चन्द्रमा सदासर्वदा कलह झगडाको कारक बनेर आउने भएको हुनाले गौरी शंकर भगवानकव आरधना गर्नु दिन शुभ रहने छ।
मकर:– समय र भाग्यले साथ दिएको छ । घरमा श्री महालक्ष्मीजीको आगमनले मनमा प्रशन्नता रहला आफूले गरेका र सोचेका कार्यहरु सफल हुने छन् ब्यापार व्यवसाय पनि राम्रो हुने योग बनेको देखिन्छ ।
कुम्भ:– आफुले गरेका कार्यमा सफलता हासिल गर्नाले मनमा सन्तोष र आनन्दानुभूती प्राप्ति हुने योग बनेको छ । बौद्धिक बिकास हुनुका साथै मन सामाजिक सेवामा रमाउने देखिन्छ । ब्यापार व्यवसायमा पनि राम्रै होला ।
मीन:– राशी अनुसार घरमा श्रीलक्ष्मीजीको बास हुने देखिन्छ । कुनै नविन कार्यबाट कार्य थालनी गर्ने सोचमा हुनुहुन्छ भने समय राम्रो छ । ब्यापार व्यवसायको दृष्टिकोणले पनि उत्तम रहेको मानिन्छ ।
