आजको पञ्चाङ्ग
ॐ सर्वे भवन्तु सुखिनः सर्वे सन्तु निरामयाः।सर्वे भद्राणि पश्यन्तु मा कश्चिद्दुःखभाग्भवेत।ॐ शान्तिः शान्तिः शान्तिः॥
सौर्यमास र चन्द्रमास अनुसार बिक्रम सम्बत २०८२ पुस महिनाको ९ गते बुधबार तदनुसार इस्वी सम्बत २४ डिसेम्बर २०२५ । दक्षिणायन हेमन्त ऋतु पौष शुक्लपक्ष चतुर्थी तिथि ११:०१ पछि पञ्चमी तिथि धनिष्ठा ०६:२६ पछि शतभिषा नक्षत्र । चन्द्रमा मकर राशीमा हुनुहुन्छ । सुर्योदय बिहान ६:५३ सूर्यस्त बेलुका १७:१३ बजे हुनेछन् । अस्तु ॐनम: शिवाय यहाँहरुको दिन मंगलमय रहोस् ।
आजको दैनिक राशीफल
मेष:– समय आफ्नो अनुकुल रहेको छ । आजको दिनमा गरेका कार्यहरुमा सफलता मिल्ने योग बनेको देखिन्छ । व्यापार व्यवसाय कृषिका क्षेत्रबाट पनि उल्लेख्य लाभ हुनेछ ।
बृष:– मन धार्मिक आध्यात्मिक सामाजिक क्षेत्रमा रमाउने देखिन्छ । अधुरा कार्यहरु पनि आजको दिनमा सफल हुने छन् । रोजगारका क्षेत्रमा होस या ब्यापार व्यवसायका क्षेत्रमा पनि समयले साथ दिएको छ ।
मिथुन:– आजको दिन त्यती राम्रो देखिदैन बिचार पुर्याएर कार्यको आरम्भ गर्नु होला । दिन भय र त्रासमा बित्ने देखिन्छ । दु:ख कष्ट निवारणको लागि संकट मोचन हनुमान जीको आराधना गर्नु दिन शुभ रहनेछ ।
कर्कट :– आफ्नो कार्यक्षेत्रमा लगनशील र इमान्दारीले गर्दा गरेका कार्यबाट जस मिल्ने योग बनेको छ । आफूले आँटेका र सोचेका कार्यमा सफलता मिल्नुका साथै मान सम्मान प्राप्ती होला ।
सिंह:– इच्छा अनुसारको आर्थिक लाभ हुने योग बनेको छ । आफन्त इष्टमित्रहरुको पनि साथ सहयोग रहने छ । व्यापार व्यवसायमा पनि राम्रै उन्नती प्रगति हुने योग बनेको देखिन्छ ।
कन्या:– ज्ञान र बुद्धिको उदय हुनुका साथै असल व्यक्तिहरुको सत्सगत गर्ने अवसर मिल्ने छ । मनका इच्छा आकांक्षाहरु पनि पुरा हुने छन् व्यापार व्यवसायमा कृषि लगायतका क्षेत्रबाट होस या कलाकारिता पत्रकारिता शैक्षिक र बौद्धिक क्षेत्रबाट पनि सफलता पाइने योग बनेको देखिन्छ ।
तुला :– राशी अनुसार आजको दिन त्यती राम्रो छैन । सावधानी अपनाएर कार्यको आरम्भ गर्नु होला । व्यर्थमा वादविवाद कलह झगडा हुने योग बनेको छ । गौरीशंकर भगवानको आराधना गर्नु दिन शुभ रहनेछ ।
बृश्चिक:– समय अनुसार भाग्यले पनि साथ दिएको छ । आफूले आँटेताकेका कार्यहरु सफल हुने योग बनेको छ । आफन्त इष्टमित्रहरुले पनि साथ सपोर्ट गर्ने छन् व्यापार व्यवसायमा पनि उल्लेख्य उन्नती प्रगति हुने देखिन्छ ।
धनु:– मनमा सन्तोष रहने छ । मनोइच्छा र चाहना पनि पुरा हुदै जानेछन् शैक्षिक बौद्धिक राजनीतिक क्षेत्रबाट पनि गुणोत्तर बृद्धि हुने देखिन्छ । आर्थिक रुपमा लाभ हुने देखिन्छ ।
मकर:– घरमा लक्ष्मीजीको कृपाले धन सम्पत्ती प्राप्ती हुने योग बनेको देखिन्छ । आफ्ना अधुरा कार्यहरु पनि आजको दिनमा पुरा हुनेछन् । व्यापार व्यवसायमा पनि राम्रो हुनेछ ।
कुम्भ:– राशी अनुसार १२औं चन्द्रमा सदा सर्वदा हानीकारक बनेर आउने भएको हुनाले आजको दिनमा सावधानी अपनाएर कार्य गर्नु होला । विघ्नहर्ता गणेशजीको आरधना गर्नु दिन शुभ रहनेछ ।
मीन:– समयले साथ दिएको देखिन्छ । आफूले गरेका आँटेका कार्यहरु सफल हुने योग बनेको देखिन्छ । आर्थिक रुपमा पनि परिवर्तन ल्याउने छ । ब्यापार व्यवसायबाट पनि राम्रो हुने छ । आफन्तहरुबाट पनि साथ सहयोग रहनेछ ।
