मेष : आर्थिक पक्ष मध्यम रहने छ । परिश्रम बढे पनि अपराह्नपछिको समय भने सुखद रहने देखिन्छ ।
वृष : प्रिय वस्तुको लाभ हुने छ । आयमा वृद्धिका साथै नयाँ कार्य प्राप्तिका योग देखिन्छन् ।
मिथुन : भौतिक वस्तुबाट लाभ रहने छ । पारिवारिक सुख मिल्नुका साथै अध्ययन अध्यापनमा रुचि बढ्ने छ ।
कर्कट : प्रेम जीवन सुखद रहने छ । वैदेशिक क्षेत्रबाट लाभका साथै कार्यमा प्रगतिका योग देखिन्छन् ।
सिंह : खर्चमा वृद्धि हुने छ । शत्रु पक्ष सबल रहने भएकाले कार्यमा बुद्धि पक्षको प्रयोग शुभ फलदायी रहने छ ।
कन्या : व्यवसायमा वृद्धि हुने छ । मित्र सुखका साथै प्रेमिल यात्राका योग देखिन्छन् ।
तुला : पारिवारिक सुख मिल्ने छ । अध्ययनमा रुचि बढ्नुका साथै नयाँ कार्यमा संलग्नता रहने छ ।
वृश्चिक : मित्र सुख मिल्ने छ । प्राविधिक कार्यमा रुचि बढ्नुका साथै आर्थिक लाभका योग देखिन्छन् ।
धनु : दिन कार्यदायी रहन सक्ने छ । खर्चमा वृद्धि भए पनि दिनको उत्तरार्धबाट लाभका योग देखिन्छ ।
मकर : व्यापारमा वृद्धि हुने छ । धार्मिक कार्यमा रुचि बढ्नुका साथै पारिवारिक सुख मिल्ने देखिन्छ ।
कुम्भ : धनमा वृद्धि हुने छ । व्यवसायमा उन्नतिका साथै कला मनोरञ्जनमा विशेष चाख रहने देखिन्छ ।
मीन : अध्ययनमा रुचि बढ्ने छ । आय आर्जनमा वृद्धिका साथै सुखद यात्राका अवसर मिल्ने देखिन्छ ।
