आजको पञ्चाङ्ग
ॐ सर्वे भवन्तु सुखिनः सर्वे सन्तु निरामयाः।सर्वे भद्राणि पश्यन्तु मा कश्चिद्दुःखभाग्भवेत।ॐ शान्तिः शान्तिः शान्तिः॥
सौर्यमास र चन्द्रमास अनुसार बिक्रम सम्बत २०८२ कार्तिक महिनाको २७ गते बिहीबार तदनुसार इस्वी सम्बत १३ नोभेम्बर २०२५ । दक्षिणायन शरद ऋतु मार्ग कृष्णपक्ष नवमी तिथि मघा नक्षत्र । चन्द्रमा सिंह राशीमा हुनुहुन्छ । सुर्योदय बिहान ६:२४ सूर्यस्त बेलुका १७:११ बजे हुनेछन् । अस्तु ॐनम: शिवाय यहाँहरुको दिन मंगलमय रहोस् ।
आजको दैनिक राशीफल
मेष:– सात्विक बिचारको उदय हुनुका साथै सज्जन र महापुरुषहरुको सत्संगत गर्ने अवसर मिल्नेछ । आध्यात्मिक ज्ञानको मान्छेलाइ सत्मार्गमा डोर्याउने योग बनेको छ र आफूले आँटेताकेका कार्यहरु सफल हुनेछन् ।
बृष:– आजको दिन राशी अनुसार राम्रो छैन ।चौथो चन्द्रमा सदासर्वदा कलह झगडा तथा मुद्दा मामलाको कारक बनेर आउने भएको हुनाले सावधानी अपनाउनु होला ।बिघ्नहर्ता गणेशजीको आराधनाले दिन शुभ रहनेछ ।
मिथुन:– धन र सम्पत्तिको कारक बनेर चन्द्रमा आएको हुनाले आर्थिक रुपमा निकै धन सम्पत्ति लाभ हुने देखिन्छ । व्यापार व्यवसाय लगायतको विवध कारोवारमा पनि गुणोत्तर बृद्धि हुने योग बनेको देखिन्छ ।
कर्कट :– समय र भाग्यले साथ दिएको पाइन्छ । आफ्नो कार्यक्षेत्रमा तन मन र बचन दिइ नित्य निरन्तर रुपमा कार्य गर्नु होला मनमा सन्तोष हुनुका साथै आनान्दानुभुति प्राप्ती हुने योग बनेको देखिन्छ ।
सिंह:– घरमा श्रीमहालक्ष्मीजीको कृपाले धन र सम्पत्तिको आगमन हुने योग बनेको देखिन्छ । बैदेशिक क्षेत्र होस या ब्यापार व्यवसायका क्षेत्रबाट पनि निकै राम्रो हुने देखिन्छ ।
कन्या:– राशी अनुसार बाह्रौं चन्द्रमा सदा सर्वदा हानीकारक भएको हुनाले सावधानी अपनाउनु होला । हानी नोक्सानी निवारणका लागि गौरीशंकर भगवानको आराधना गर्नु दिन शुभ रहनेछ ।
तुला :– आफ्नो कर्मक्षेत्रमा दत्त चित्त भइ लाग्नाले भाग्यले पनि साथ दिएको पाइन्छ । व्यापार व्यवसायको क्षेत्रमा होस या कुनै रोजगारीको क्षेत्रबाट पनि आर्थिक रुपमा निकै उन्नती प्रगति हुने योग बनेको देखिन्छ ।
बृश्चिक:– मनोकामना सिद्धि हुने योग परेको देखिन्छ । लामो समय देखि अल्झिएर रहेका कामहरु पनि सफल हुनेछन् । आर्थिक रुपमा केही परिवर्तन ल्याउने देखिन्छ । मन सामाजिक र धार्मिक सेवामा रमाउने देखिन्छ ।
धनु:– मनमा सात्विक बिचारको उदय हुनुका साथै सामाजिक धार्मिक सेवामा मन जानेछ । ब्यापार व्यवसायबाट पनि राम्रै लाभ हुने देखिन्छ ।
मकर:– राशी अनुसार आजको दिन राम्रो छैन । आठौं चन्द्रमा दुख कष्ट लिएर आउने भएको हुनाले संकट मोचन हनुमान जीको आराधना गर्नु दिन शुभ रहला ।
कुम्भ:– समय आफ्नो अनुकुलको देखिन्छ । भएको आफ्नो इमान्दारीता र लगनशिलताले गर्दा भाग्यको समेत साथ प्राप्ता हुनुका साथै आर्थिक रुपमा पनि उन्नती प्रगति हुने देखिन्छ ।
मीन:– राशी अनुसार आजको दिन राम्रो रहेको छ । नयाँ कार्यको थालनी गर्ने सोचमा हुनुहुन्छ भने प्रारम्भ गर्नु सफल हुने योग बनेको छ । व्यापार र कृषि माध्यमबाट पनि आर्थिक लाभ हुने देखिन्छ ।
