आजको पञ्चाङ्ग
ॐ सर्वे भवन्तु सुखिनः सर्वे सन्तु निरामयाः।सर्वे भद्राणि पश्यन्तु मा कश्चिद्दुःखभाग्भवेत।ॐ शान्तिः शान्तिः शान्तिः॥
सौर्यमास र चन्द्रमास अनुसार बिक्रम सम्बत २०८२ कार्तिक महिनाको २५ गते मंगलबार तदनुसार इस्वी सम्बत ११ नोभेम्बर २०२५ । दक्षिणायन शरद ऋतु मार्ग कृष्णपक्ष षष्ठी तिथि ०६:२४ उप्रान्त सप्तमी ०५:०५ उप्रान्त अष्टमी तिथि तिष्य नक्षत्र २४:४९ पछि अष्लेषा। चन्द्रमा कर्कट राशीमा हुनुहुन्छ । सुर्योदय बिहान ६:२३ सूर्यस्त बेलुका १७:१२ बजे हुनेछन् । अस्तु ॐनम: शिवाय यहाँहरुको दिन मंगलमय रहोस् ।
आजको दैनिक राशीफल
मेष:– राशी अनुसार आजको दिन राम्रो देखिदैन । चौथो चन्द्रमा सदासर्वदा कलह झगडा मुद्दामामिला लिएर आउने भएको हुनाले सावधानी अपनाएर काम गर्नुहोला । भगवान गौरीशंकरके आराधना गर्नु दिन शुभ रहनेछ ।
बृष:– समयले निकै साथ दिएको पाइन्छ । आजको दिनमा बुद्धि पुराएर कार्य गर्नाले धन सम्पति प्राप्ती हुने योग बनेको छ । ब्यापार व्यवसायको क्षेत्रबाट पनि आर्थिक रुपमा गुणोत्तर बृद्धि हुने देखिन्छ ।
मिथुन:– समयले साथ दिएको छ । आफ्नो कार्यक्षेत्रबाट उत्साहजनक मनोबल बृद्धि हुनुका साथै ब्यापार व्यवसायबाट पनि उल्लेख्य आर्थिक रुपमा सुधार भएको हुनाले मनमा सन्तोष मिल्ने देखिन्छ ।
कर्कट :– घरमा महालक्ष्मीको कृपा हुने योग बनेको देखिन्छ । आजको दिनमा आफूले गरेका र सोचेका कार्यहरुमा पनि सफल हुनुका साथै आर्थिक रुपमा पनि उन्नती प्रगति हुने देखिन्छ ।
सिंह:– राशी अनुसार आजको दिन राम्रो छैन । बाह्रौं चन्द्रमा सदासर्वदा हानिकारक हुने भएको हुनाले सावधानी रहनुहोला बिघ्नहर्ता श्रीगणेशजीको आराधना गरेमा दिन राम्रो र शुभ रहनेछ ।
कन्या:– समय र भाग्यले निकै साथ दिएको पाइन्छ । आजको दिनमा गरेका कार्यहरुमा लाभ हुने देखिन्छ । समयलाइ सदुपयोग गरी कार्य गर्नुहोला सफल भइने छ ।
तुला :– राशी अनुसार आजको दिन उत्तम कार्य थालनी गर्ने सोचमा हुनुहुन्छ भने आरम्भ गर्नु होला सफल भइने योग बनेको छ । मनका इच्छा आकांक्षाहरु पनि पुरा हुनेछन् मन धार्मिक र सामाजिक सेवामा रमाउने देखिन्छ ।
बृश्चिक:– परोपकार र सामाजिक धार्मिक सेवा तिर मन रमाउने देखिन्छ । आफूभन्दा जेष्ठ र श्रेष्ठ विद्वानहरुको सत्संगतले राम्रो ज्ञान गुनका कुराहरु जान्ने बुझ्ने मौका मिल्ने योग बनेको देखिन्छ ।
धनु:– राशी अनुसार आजको दिन राम्रो छैन । दुख कष्ट र संकटको कारक बनेर चन्द्रमा आएको हुनाले दुख र कष्ट निवारणको लागि संकट मोचन हनुमान जीको आरधना गर्नु दिन शुभ रहनेछ ।
मकर:– कार्यकुशलता र क्षमताले गर्दा मान सम्मान प्राप्ती हुने योग बनेको छ । शैक्षिक बौद्धिक राजनीतिक प्रशासनिक आदि लगायतका क्षेत्रबाट पनि राम्रै उपलब्धि हासिल गर्न सकिएला ।
कुम्भ:– कुनै कार्य लामो समय सम्म अल्झिएको छ भने ति कार्यहरु आजको दिनमा सफल हुने योग बनेको छ । ब्यापार व्यवसाय कृषि लगायतका क्षेत्रबाट होस या बैदेशिक रोजगारका क्षेत्रबाट पनि राम्रो हुने देखिन्छ ।
मीन:– सज्जन महापुरुषहरुको सत्संगत गर्ने अवसर मिल्नुका साथै मनमा सात्विक बिचारको उदयले गर्दा आफ्ना कार्यक्षेत्रमा होस या कुनै धार्मिक सभा गोष्ठी आदिमा भाग लिने अवसर मिल्नुका साथै आर्थिक रुपमा पनि निकै उन्नती प्रगति हुने देखिन्छ ।
