आजको पञ्चाङ्ग
ॐ सर्वे भवन्तु सुखिनः सर्वे सन्तु निरामयाः।सर्वे भद्राणि पश्यन्तु मा कश्चिद्दुःखभाग्भवेत।ॐ शान्तिः शान्तिः शान्तिः॥
सौर्यमास र चन्द्रमास अनुसार बिक्रम सम्बत २०८२ कार्तिक महिनाको २२ गते शनिबार तदनुसार इस्वी सम्बत ८ नोभेम्बर २०२५ । दक्षिणायन शरद ऋतु मार्ग कृष्णपक्ष द्वितिया तिथि मृगशिरा नक्षत्र । चन्द्रमा बृष राशीमा हुनुहुन्छ । सुर्योदय बिहान ६:२० सूर्यस्त बेलुका १७:१३ बजे हुनेछन् । अस्तु ॐनम: शिवाय यहाँहरुको दिन मंगलमय रहोस् ।
आजको दैनिक राशीफल
मेष:– आजको दिन उत्तम रहेको छ । व्यापार व्यवसाय उद्योगधन्दा कृषि पशु चौपाया लगायतका कार्यक्षेत्रबाट गुणोत्तर बृद्धि हुने भएको हुनाले मनमा सन्तोष हुनुका साथै आनान्दानुभुति प्राप्ति हुने देखिन्छ ।
बृष:– घरमा लक्ष्मीजीको आगमन हुने देखिन्छ । आफूले आँटेताकेका कार्यहरु सफल हुनुका साथै साथीभाइ इष्टमित्रहरुको साथ सपोर्ट हुने योग बनेको छ ।
मिथुन:– राशी अनुसार बाह्रौं चन्द्रमा सदासर्वदा हानीकारक हुने भएको हुनाले कुनै नविन कार्य गर्ने सोच बिचारमा हुनुहुन्छ भने सावधानी अपनाउनु होला । भगवान गौरीशंकरको आराधना गर्नु दिन शुभ रहनेछ ।
कर्कट :– समय र भाग्यले निकै साथ दिएको पाइन्छ । शिक्षा क्षेत्र राजनीतिक क्षेत्रका सामाजिक धार्मिक लगायतका बिभिन्न क्षेत्रबाट आर्थिक रुपमा उल्लेख्य उन्नती प्रगति हुने योग बनेको देखिन्छ । आफूले सोचेका र गरेका कार्यहरु सफल हुने छन् ।
सिंह:– समय अनुसार आजको दिन शुभ रहेको छ । आफ्नो कार्यकुशलताले मनोकांक्षाहरु पुरा हुने देखिन्छ । मन सामाजिक सेवा रमाउने देखिन्छ ।
कन्या:– राशी अनुसार मन धर्मकर्म तिर लाग्ने देखिन्छ । व्यापार व्यवसायको मार्ग पनि खुल्ला रहनेछ । इच्छा अनुसारको आर्थिक लाभ हुने देखिन्छ । आध्यात्मिक विकास उदय होला ।
तुला :– राशी अनुसार आजको दिन राम्रो छैन । आठौं चन्द्रमाले सदासर्वदा दुख कष्टको कारक बनेर आउने भएको हुनाले सावधानी अपनाएर कार्य गर्नु होला संकट मोचन हनुमानजीको आराधना गर्नु दिन शुभ रहनेछ ।
बृश्चिक:– आफ्नो कार्यक्षेत्रमा लगनशिल र दत्तचित्त भइ कार्यलाइ निरन्तरता दिनु मान सम्मान प्राप्त हुने योग बनेको देखिन्छ । ब्यापार व्यवसायबाट पनि आत्म सन्तुष्टि मिल्ने योग बनेको छ ।
धनु:– आफन्तजन मित्रजन सँगको सुखद् मिलन हुनुका साथै सात्विक बिचारको उदय होला । सादु सज्जन सन्त महापुरुषहरु सँग सत्संगत गर्ने अवसर मिल्नुका साथै सामाजिक र धार्मिक सेवामा मन रमाउने देखिन्छ ।
मकर:– समय र भाग्यले साथ दिएको छ । व्यापार व्यवसाय पशु चौपाय कृषि लगायतका क्षेत्रबाट पनि आर्थिक रुपमा निकै लाभ हुने देखिन्छ ।
कुम्भ:– राशी अनुसार आजको दिन त्यति राम्रो देखिदैन । चौथो चन्द्रमाबाद बिबाद मुद्दामामिलाके कारक बनेर आउने भएको हुनाले आजको दिनमा सावधानी अपनाएर कार्य गर्नु होला । भगवान गौरीशंकरको आराधना गर्नु दिन शुभ रहनेछ ।
मीन:– समयले निकै साथ दिएको छ । व्यापार व्यवासय क्षेत्रबाट उन्नती प्रगति हुने योग बनेको देखिन्छ । शैक्षिक बौद्धिक राजनीतिक प्रशासनिक क्षेत्रबाट पनि राम्रो जस मिल्ने देखिन्छ ।
