आजको पञ्चाङ्ग
ॐ सर्वे भवन्तु सुखिनः सर्वे सन्तु निरामयाः।सर्वे भद्राणि पश्यन्तु मा कश्चिद्दुःखभाग्भवेत।ॐ शान्तिः शान्तिः शान्तिः॥
सौर्यमास र चन्द्रमास अनुसार बिक्रम सम्बत २०८२ कार्तिक महिनाको २० गते बिहीबार तदनुसार इस्वी सम्बत ६ नोभेम्बर २०२५ । दक्षिणायन शरद ऋतु मार्ग कृष्णपक्ष प्रतिपदा तिथि १६:५५ पछि द्वितिया भरणी नक्षत्र ८:४६ पछि कृतिका । चन्द्रमा मेष राशीमा हुनुहुन्छ । सुर्योदय बिहान ६:१९ सूर्यस्त बेलुका १७:१५ बजे हुनेछन् । अस्तु ॐनम: शिवाय यहाँहरुको दिन मंगलमय रहोस् ।
आजको दैनिक राशीफल
मेष:– समय भाग्यले निकै साथ दिएको छ । आफ्नो कर्म क्षेत्रबाट सफल हुने योग बनेको देखिन्छ । व्यापार व्यवसाय र कृषि क्षेत्र लगायतका क्षेत्रबाट पनि आर्थिक लाभ हुने देखिन्छ ।
बृष:– आजको दिन त्यती राम्रो देखिदैन । बाह्रौं चन्द्रमा सदा सर्वदा हानीकारक हुने भएकाले कुनै व्यापार व्यवसाय गर्न सुरुआत गर्दै हुनुहुन्छ भने सावधानि अपनाउनु होला बिघ्नबाधा निवारणका लागि बिघ्नहर्ता गणेशजीको आराधना गरेमा दिन शुभ हुनेछ ।
मिथुन:– आजको दिन उत्तम रहेको छ । समयले साथ दिने भएको हुनाले आफूले आँटे ताकेका कार्यहरु सफल हुनुका साथै व्यापार व्यवसाय कृषि उद्योगधन्दाबाट निकै लाभ हुने देखिन्छ । कुनै नविन कार्यको थालनी गर्दै हुनुहुन्छ भने आरम्भ गर्नु सफल हुनेछ ।
कर्कट :– मनका इच्छा आकांक्षाहरु पुरा हुने देखिन्छ । सामाजिक धार्मिक राजनैतिक समाज सेवामा मन रमाउने देखिन्छ । आफूले आँटेताकेका कार्यहरु सफल हुनुका साथै आर्थिक रुपमा पनि निकै उन्नति प्रगति हुने देखिन्छ ।
सिंह:– सात्विक बिचारको उदय हुनुका साथै मन तिर्थब्रत र धार्मिक क्षेत्रमा घुमफिर गर्न तिर लाग्नेछ । व्यापार व्यवसाय उद्योग कृषि लगायत शेयर मार्केट लगायतका क्षेत्रबाट आर्थिक रुपमा लाभ निकै हुने देखिन्छ ।
कन्या:– आजको दिन त्यति राम्रो देखिदेन । आठौं चन्द्रमा सदासर्वदा अनिष्ट कारक भएको हुनाले आजको दिनमा निकै सावधानी अपनाउनु होला । व्यापार व्यवसायबाट पनि त्यति लाभ हुने देखिदैन । संकमोचन हनुमानजीको आराधना गर्नु दिन शुभ रहनेछ ।
तुला :– आफ्नो कार्यक्षेत्र व्यापार व्यवसाय नोकरी सामाजिक कार्यबाट पनि मान सम्मान प्राप्ति हुने योग बनेको देखिन्छ । आफूले गरेका क्षेत्रबाट पनि मनज्ञ धन सम्पति प्राप्त हुनुका साथै आत्मा सन्तुष्टि मिल्ने योग बनेको देखिन्छ ।
बृश्चिक:– राशी अनुसार आजको समयले निकै साथ दिएकोदेखिन्छ । व्यापार व्यवसाय पशुचौपाय कृषि लगायतका क्षेत्रबाट पनि मनज्ञ धनसम्पति प्राप्ति हुनुका साथै कुनै लामो समय सम्म अल्झिएर रहेको काम पनि सफल हुने देखिन्छ ।
धनु:– ज्ञान र बुद्धिको विकास हुनुका साथै शैक्षिक बौद्धिक सामाजिक रानीतिक क्षेत्रहरुमा पनि उल्लेख्य उन्नति प्रगति हुने योग बनेको देखिन्छ । व्यापार व्यवसाय बैदेशिक रोजगारीका क्षेत्रबाट पनि लाभ हुने देखिन्छ ।
मकर:– राशी अनुसार आजको दिन त्यती राम्रो देखिदैन । चौथो चन्द्रमा सदासर्वदा कलह बादबिबादके कारक बनेर आउने भएको हुनाले सावधानि अपनाएर काम गर्नु होला । भगवान गौरीशंकरको आरधना गरेमा दिन शुभ हुनेछ ।
कुम्भ:– समयले निकै साथ दिएको छ । आफ्नो कर्मक्षेत्रमा दत्तचित्त र लगनशीलताले मनमा सन्तोष मिल्ने योग बनेको देखिन्छ । कुनै पनि कार्यमा सफलता पाइएला ब्यापार व्यवसायबाट पनि गुणोत्तर बृद्धि हुने योग बनेको छ ।
मीन:– घरमा श्रीलक्ष्मीको बास हुने योग बनेको छ । आर्थिक रुपमा निकै राम्रो होला । व्यापार व्यवसाय पशु चौपाय कृषि लगायतका क्षेत्रबाट पनि गुणोत्तर वृद्धि हुने योग हुने देखिन्छ ।
