आजको पञ्चाङ्ग
ॐ सर्वे भवन्तु सुखिनः सर्वे सन्तु निरामयाः।सर्वे भद्राणि पश्यन्तु मा कश्चिद्दुःखभाग्भवेत।ॐ शान्तिः शान्तिः शान्तिः॥
सौर्यमास र चन्द्रमास अनुसार बिक्रम सम्बत २०८२ कार्तिक महिनाको १७ गते सोमबार तदनुसार इस्वी सम्बत ३ नोभेम्बर २०२५ । दक्षिणायन शरद ऋतु कार्तीक शुक्लपक्ष त्रयोदशी तिथि उत्तरभाद्रपदा नक्षत्र । चन्द्रमा मीन राशीमा हुनुहुन्छ । सुर्योदय बिहान ६:१७ सूर्यस्त बेलुका १७:१७ बजे हुनेछन् । अस्तु ॐनम: शिवाय यहाँहरुको दिन मंगलमय रहोस् ।
आजको दैनिक राशीफल
मेष:– समय त्यती राम्रो देखिदैन बाह्रौं चन्द्रमा राशी अनुसार हानीकारक भएको हुनाले सावधानी अपनाउनु होला कुनै क्षेत्रमा आजको दिन लगानी गर्ने सोचमा हुनुहुन्छ भने बिचार पुर्याउनु पर्ने देखिन्छ । बिघ्नहर्ता गणेशजीको आराधनाले दिन शुभ रहनेछ ।
बृष:– समय र भाग्यले निकै साथ दिएको पाइन्छ । व्यापार व्यवसाय कृषि व्यवसाय पशुपालन तथा बैदेशीक रोजगारी लगायतका क्षेत्रबाट पनि उल्लेख्य आर्थिक लाभ हुने देखिन्छ ।
मिथुन:– आफ्नो कार्यक्षेत्रबाट लगनशिलता र दत्तचित्तले गर्दा भनेर सोचे जस्तो भएको हुनाले मनोकामनाहरु पुरा हुने देखिन्छ । आर्थिक र बौद्धिक क्षेत्रमा पनि गुणोत्तर बृद्धि हुने देखिन्छ ।
कर्कट :– मनमा सात्विक विचारको उदय हुनुका साथै बौद्धिक क्षेत्र तथा शैक्षिक प्रशासनिक सामजिक धार्मिक तथा राजनीतिक लगायतका क्षेत्र तथा समाज सेवामा मन रमाउने खालको दिन बनेको छ ।
सिंह:– राशी अनुसार आजको दिन राम्रो छैन । आठौं चन्द्रमा दुख र कष्ट कारक भएर आउने भएको हुनाले कुनै पनि कार्य गर्दा निकै सावधानी अपनाउनु होला । दुख कष्६ निवारणकालागि संकट मोचन हनुमान जीको आरधना गरेमा दिन राम्रो हुनेछ ।
कन्या:– कुनै व्यापार व्यवसाय क्षेत्रमा हुनुहुन्छ भने अथवा सामाजिक सेवामा निरन्तरता दिनु भएको छ भने मान सम्मान प्राप्ति हुने योग बनेको देखिन्छ । आर्थिक रुपमा पनि निकै लाभ र उन्नती हुने देखिएको छ ।
तुला :– सफलता र बिजयको सुचक बनेर आएको छ आजको दिन । यस दिनमा कै पनि कार्य क्षेत्रमा हात हाले र कार्यको थालनी गरेर पुरा गर्ने सोचमा हुनुहुन्छ भने कार्य प्रारम्भ गर्नु होला सफल हुनुका साथै आर्थिक रुपमा गुणोत्तर बृद्धि हुने देखिन्छ ।
बृश्चिक:– सज्जन र महापुरुषहरुको सत्संगत गर्न मिल्नुका साथै ज्ञान र बुद्धिको बिकास हुने योग बनेको छ । आफूले आँटेताकेका कार्यहरु सफल हुनुका साथै आर्थिक रुपमा पनि गुणोत्तर बृद्धि हुनेछ ।
धनु:– राशी अनुसार आजको दिन राम्रो छैन । चौथो चन्द्रमा कलह झगडा मुद्दामामला बाधा व्यवधान पर्ने भएको हुँदा आजको दिनमा सम्हालिएर कार्य गर्नु होला । भगवान गौरीशंकरको आराधना गर्नु भयो भने दिन शुभ हुनेछ ।
मकर:– घरमा महालक्ष्मीजीको आगमन हुने योग बनेको छ । आर्थिक रुपमा निकै उन्नती प्रगति हुने योग बनेको छ ।
कुम्भ:– आफूले गरेका कार्यबाट सफलता र आत्मा सन्तुष्टि मिल्ने योग बनेको छ । मन सामाजिक सेवामा लाग्नुका साथै आर्थिक रुपमा पनि निकै लाभ हुने देखिन्छ ।
मीन:– घरमा श्रीमहालक्ष्मीको बास हुने योग बनेको छ । व्यापार व्यवसाय कृषि पशुपालन लगायतका कार्य क्षेत्रबाट आर्थिक रुपमा निकै उन्नती प्रगति हुने योग बनेको देखिन्छ ।
