बिमा क्षेत्र भनेको अर्थतन्त्रको एउटा महत्वपूर्ण हिस्सा हो । यस क्षेत्रमा व्यक्ति, व्यवसाय, वा संस्थाले आफ्नो आर्थिक जोखिमलाई घटाउने उद्देश्यले बिमा कम्पनीसँग सम्झौता गर्छन् । बिमा प्रणालीको मूल सिद्धान्त भनेको साना–साना रकमहरू (प्रीमियम) जम्मा गरेर ठूलो क्षतिपूर्तिको जिम्मेवारी बाँड्ने भन्ने हुन्छ । अर्थात्, भविष्यमा कुनै आकस्मिक घटना (जस्तै, मृत्यु, दुर्घटना, आगलागी, स्वास्थ्य समस्या, सम्पत्तिको हानि) भएमा बिमा कम्पनीले बिमित व्यक्तिलाई आर्थिक राहत दिन्छ । नेपालमा बिमा क्षेत्रलाई दुई भागमा विभाजन गरिएको छ । जीवन बिमा र निर्जिवन बिमा । जीवन बिमा भनेको व्यक्तिको जीवनसँग सम्बन्धित जोखिमको सुरक्षा गर्ने हो । यदि बिमित व्यक्तिको मृत्यु वा निश्चित अवधिपछि बाँचिरहेको अवस्थामा पनि, उसले वा उसका आश्रितले निश्चित रकम पाउँछन् । जीवन बिमा एउटा आर्थिक सुरक्षा कवच हो जसले परिवारलाई कठिन परिस्थितिमा पनि आर्थिक स्थायित्व दिन्छ । जीवन बिमा किन आवश्यक छ भने परिवारको आर्थिक सुरक्षा यसको मुख्य पाटो हो । बिमित व्यक्तिको मृत्यु भएमा परिवारको दैनिक खर्च, शिक्षा, घर, वा अन्य आवश्यकताका लागि रकम उपलब्ध हुन्छ । बचत र लगानी दुबै यो क्षेत्रको सकारात्मक पाटो हो । जीवन बिमा केवल सुरक्षा होइन, दीर्घकालीन बचतको माध्यम पनि हो । त्यसैले अवधि पूरा भएपछि रकम ब्याज (प्रिमियम)सहित फिर्ता पाइन्छ । जीवन बिमाले आकस्मिक घटनामा सहयोग गर्दछ । जस्तो की अकस्मात् मृत्यु वा अशक्तताजस्ता घटनामा बिमा रकमले तत्काल आर्थिक राहत दिन्छ । यो एक प्रकारको आर्थिक अनुशासन पनि हो । यसमा नियमित प्रिमियम तिर्नु भनेको नियमित बचत गर्ने बानी बसाल्नु हो, जसले भविष्यका लागि योजना बनाउन सहयोग गर्छ । नेपालको सन्दर्भमा हेर्ने हो भने जीवन बिमा गर्नेहरुले कर छुट पाउने व्यवस्था समेत रहेको छ । जीवन बिमा प्रिमियममा लगानी गरे कर छुट पाउने सुविधा पनि छ । त्यसैगरी जीवन बिमाको म्याद पूरा भएपछि प्राप्त हुने रकमले वृद्धावस्थामा आर्थिक सहयोग गर्छ । खासमा बिमा क्षेत्रले समाजमा जोखिम व्यवस्थापन र आर्थिक स्थायित्व ल्याउने काम गर्छ । त्यसकै एक महत्वपूर्ण हिस्सा जीवन बिमा हो, जसले व्यक्तिको मात्र होइन, परिवार र सम्पूर्ण समाजको आर्थिक सुरक्षामा योगदान पु¥याउँछ । यसै सन्दर्भमा सानिमा रिलायन्स लाइफ इन्स्योरेन्स गण्डकी प्रदेश प्रमुख बिनोद त्रिपाठी संग अमृत बास्कुनेले गर्नुभएको कुराकानीको सम्पादीत अंश यहाँ प्रस्तुत गरीएको छ ।
प्रश्न ः नेपालको बीमा क्षेत्र विगतमा कस्तो अवस्थामा थियो भनेर तपाईं कसरी मूल्यांकन गर्नुहुन्छ? बीमा व्यवसाय प्रारम्भिक चरणदेखि अहिलेको अवस्थासम्म आइपुग्दा कस्ता परिवर्तन देख्नुभयो?
उत्तर ः नेपालमा बीमा व्यवसाय सुरुवातको इतिहास त्यति लामो त छैन यद्यपी परम्परागत रुपपा समूहिक सुरक्षाका हिसावले कार्य भएको पाइन्छ । विगतमा नेपालमा साक्षरता दर कम हुनु, औद्योगीक विकासको अवस्या प्राविधिक विकासको अवस्था नै प्रारम्भीक अवस्थामा रहेको अवस्थामा वीमा व्यवसाय पनि सानो दायरामा थियो । हाल विमाको दायरा पनि वढेको छ र डिब्जिटाइजेसन अझ सजिलो बनाएको छ भने बिमा साक्षरता पनि क्रमिक रूपमा बढेको छ । जीवन बीमाको क्षेत्रको कुरा गर्दा आर्थिक वर्ष २०७९÷८० मा १४२ अर्ब २०८०÷८१ मा १५९ अर्ब र २०८१÷८२ मा १८३ अर्व कुल बिमा शुल्क संकलन भएको छ । कम्प्युटराइज प्रणालीको विकासले बिमामा सहजताका साथै विश्वसनियता पनि वृद्धि भएको छ ।
प्रश्न ः वर्तमान समयमा नेपालमा जीवन बीमा व्यवसायको अवस्था कस्तो छ? जनचेतना, प्रतिस्पर्धा र नियमनका दृष्टिले के परिवर्तन आएको छ?
उत्तर ः वर्तमान अवस्थामा जीवन बिमा व्यवसायको वृद्धिदर पढ्दो क्रममा नै छ । जीवन विमाको कभरेज पनि करीर ४८% प्रतिशत जनसंख्यामा पुगेको आँकडा छ । नियमक निकाय बिमा ऐन २०७९ र बिमा नियमावली २०८१ जारी भई तत्वकालीन बिमा समिती हाल नेपाल बीमा प्राधिकणमा रुपान्तरण भएको छ । बिमा व्यवसायलाई वैज्ञानिक र व्यवस्थापनका लािग कानुनी नीति निर्माण तथा निर्देशिका जारी भएका छन् । हाल नेपाल बीमा प्राधिकरणले प्रत्येक प्रदेशमा प्रादेशीक कार्यालय संचालन गरि प्रत्यक्ष नियमन तथा बिमा प्रवद्र्धन कार्य गर्दै आएको पाइन्छ । साथै यसले विमित अभिकर्ता र कम्पनिका समस्या समाधानमा समेत सहजीकरण गर्दै आएको छ । विमितलाई विमकको वा विमालेखको दुविधा प्रति चित नबुझेमा उजुर गर्ने पहिलो निकाय नेपाल बिमा प्राधिकराण् हो ।
नेपाल जनसंख्या रोजगारीको तथा आम्दानी स्तर आदिको हिसाबले जीवन वीमा कम्पनी धेरै भयो भन्ने कुरा विज्ञहरुले बताएको पाइन्छ । हाल १४ पटा जीवन वीमा कम्पनी बीच प्रतिस्पर्धा रहेको पारन्छ । जासको कारण बीमा योजना, अभिकर्ता प्रोत्साहन तथा कार्यकममा प्रतिस्पर्धा हुनुका साथै अभिकर्ताहरु विच पनि प्रतिस्पर्धा रहेको छ ।
प्रश्न ः आगामी दशकमा नेपालमा बीमा व्यवसायको भविष्य तपाईं कसरी देख्नुभयो? डिजिटल प्रविधि, जनसांख्यिकीय परिवर्तन र आर्थिक विकासले बीमा बजारमा कस्तो प्रभाव पार्नेछ?
उत्तरः. पक्कै पनि विकायको क्रम सँगै धेरै क्षेत्रको सम्भावना बढेर जान्छ । विशेष गरि प्रविधीको बीमा सेवामा सुविधा र कष्टुमरलाई सहजता हुने भएकोले सकारात्मक प्रभाव पार्नेमा बिवस्त छु । बिगतमा फाइलहरू तथा जुन शाखबाट सेवा लिएको सोही शाखाबाट सुविधा लिनु पर्ने बाध्यता, ढड्डा पल्टाउनु पर्ने बाध्यताबाट रुपान्तरण भइ हरेक शाखावाट कम्पुटर प्रणाली वाट सेवा पाउन सकिने भएको छ भने आफ्नो मोवाइल बाट विमा शुल्क तिर्नुमिल्ने आफ्नो बिमाको जानकारी लिन मिल्ने व्यवसथा भएको छ । अब मोबाइलबाटै सुविधा लिन मिल्ने सुविधाको पनि थालनी हुनु लागेको छ ।
प्रश्न ः सानिमा रिलायन्स लाइफ इन्स्योरेन्सले अन्य कम्पनीहरूसँगको प्रतिस्पर्धामा आफूलाई कसरी फरक र सक्षम बनाएको छ? सेवा, प्रविधि, नीति वा ग्राहक सन्तुष्टिका कुन पक्षमा तपाईंहरूको बल देखिन्छ?
उत्तरः सानिमा रिलायन्स लाइक इन्स्योरेन्स लि. ले आफूलाई प्रतिस्पर्धी र व्यवसायीक बनाउनका लागि ग्राहकको सन्तुष्टी र सुविधालाई ध्यानमा राखेर न्यूनतम विमा शुल्कमा उत्कृष्ट बीमा योजना बजारमा लिएर आएको छ । विमा व्यवसाय दिर्घकालीन व्यवसाय भएकाले हामी दिर्घकालीन सन्तुन्टी र सेवामा समर्पित छौं ।
प्रश्न ः प्रदेश स्तरमा, विशेषगरी गण्डकी प्रदेशमा सानिमा रिलायन्सको उपस्थितिलाई कसरी विस्तार गर्न खोजिँदैछ? ग्रामीण तथा शहरी क्षेत्र दुवैमा कम्पनीको पहुँच र योजनाबारे बताउनुहोस्?
उत्तरः नेपालभरी तथा प्रदेश भरी नै आफ्नो उपस्थिती वढाउनका लागी शाखा विस्तार व्यवसायिक अभिकर्ताको सृजना, तालिम तथा सचेतनामा वृद्धि, ग्राहक केन्द्रीत सेवामा ध्यान दिएर हाम्रो उपस्थित बढाउन प्रयासरत छौ । विशेष गरी नेपालभर बीमा साक्षरताका कामी भएको छ भन्ने बहस चलिरहेको बेला हामीले हाम्रा शाखा तथा समुदायमा बिमा सचेतना कार्यक्रम तथा अभिकर्ता आधारभूत तालिमलार्य प्राथमिकता दिएका छौं ।
प्रश्न ः बीमा क्षेत्रमा अझै पनि जनस्तरमा अविश्वास वा बुझाइको कमी देखिन्छ, त्यसलाई तोड्न तपाईंहरूको रणनीति के हो? शिक्षा, प्रचार र ग्राहकसम्बन्धी सेवामा के नयाँ पहल भइरहेका छन् ?
उत्तरः बीमा क्षेत्रमा पनि अन्य विभिन्न विधामा जस्तै चेतनाको कमी रहेको पाइन्छ । यसलाई व्यवस्थित गर्नका लागी सबै सरोकारवाल संस्था, सरकार र जनसमूदायको पनि उत्तिकै चासो र भूमीका हुन्छ जस्तो मलाई लान्छ । वर्तमान परिपेक्षमा विमा अपरिहार्य र आधारभूत आवश्यक भएकोले यस भित्रका कमी कमजोरीलाई हटाएर तथा व्यवस्थापन गर्नु वाहेक अरु विकल्प छैन ।
प्रश्न ः सानिमा रिलायन्सले आफ्नो उत्पाद तथा योजनामा नयाँ पुस्ता (थ्यगतज क्भनmभलत) र प्रवासी नेपालीलाई लक्षित गरेर के नयाँ कार्यक्रम ल्याएको छ?
उत्तरः सानिमा रिलायन्समा युवाहरूलाई अवसरको रुपमा मूलतः प्रत्यक्ष रोजगारी, व्यवसायीक अभिकर्ता पेशा, तथा उत्कृष्ट बीमा योजना खरिद गरि आफ्नो आर्थिक सुरक्षा र भविष्यको लागी बचत जस्ता अवसर छ । विमा क्षेत्रमा क्षमतावान तथा बिमा सम्वन्धी शिक्षा तथा ज्ञानको कमिले आज उपयुक्त कर्मचारी छनोटमा सबै कम्पीले समस्या भगेका छन् । साथै सानिमा रिलायान्को विदेशमा लामो अवधि कमाई होला नहोला भनेर अल्पकालीन लगानी गरी दिर्घकालिन बोनस तथा सुरक्षाका लागि सिमिति भुक्तानी सावधिक बिाम योजना प्रस्तुत गरेको छ ।
प्रश्न ः नेपालको बीमा बजारमा नियामक संस्थाका हालका नीति तथा निर्देशनहरूलाई तपाईं कसरी मूल्यांकन गर्नुहुन्छ? तिनले बजारमा पार्ने प्रभावबारे के सोच्नुहुन्छ?
उत्तर ः विमा व्यवसायलाई व्यवस्थित, मर्यादित र अनुशाशित रूपमा संचालनका लागी नियमक निकाय नेपाल बीमा प्राधिकरण रहेको छ। साथै विमा ऐन २०७९ र बिमा नियमावली २०८१ सहित विभिन्न निर्देशिका मार्फत प्रत्यक्ष नियमन गरी व्यवसित गरिएको छ। निश्चय नै नियमक निकायका नीति, निर्देशनले प्रत्यक्ष रुपमा प्रभाब पार्दछ। नियमकका भापदण्ड छ नियमले व्यवसाय कम भएपनि व्यवस्थित र नियम संगत व्यवसाय गर्नु नै पर्छ, सिस्टम, बिधिमा, पद्धतिमा रहेर काम गरेमा दिर्घकालीन रुपम बिमा कम्पनि विमित, समाज र राज्य सबैलाई राम्रो हुने हो । त्यसैले नै नियमकको आवश्यकता अपरिहार्य भएको हो ।
प्रश्न ः गण्डकी प्रदेशमा आर्थिक गतिविधि, पर्यटन र उद्यमशीलता बढ्दै छ — यस्तो अवस्थाले बीमा बजारमा कस्तो अवसर सिर्जना गरेको छ? सानिमा रिलायन्सले यी क्षेत्रमा कसरी सहभागिता जनाइरहेको छ?
उत्तर ः गण्डकी प्रदेशमा उध्यमशीलता तथा पर्यटन व्यवसाय लगायत औधोगीक र व्यवसायीक विकास भएमा यो क्षेत्रमा आर्थिक गतिविधी वढनुका साथै प्रतिव्यक्ति आम्दानी पनि वृद्धि हुन्छ । आर्थिक स्तर सुधार संगै सम्भावित आर्थिक क्षतिको सुरक्षाको लागी बीमा अपरिहार्य हुन्छ। यसले विमा व्यवसाय विस्तारमा सकारात्मक प्रभाव पार्छ। यस क्षेत्रको एउटा महत्वपूर्ण संस्था भएको हिसाबले सानिमा रिलायन्सले यस क्षेत्र सँग सम्ब्न्धीत मानिसको आर्थिक जोखिमको सुरक्षा तथा बचतमा योगदान गर्दै आएको छ ।
प्रश्न ः अन्त्यमा, आगामी पाँच वर्षमा सानिमा रिलायन्स लाइफ इन्स्योरेन्सलाई तपाईं कहाँ देख्न चाहनुहुन्छ?कम्पनीको दीर्घकालीन लक्ष्य र आम ग्राहकलाई दिन चाहनु भएको सन्देश के हो?
उत्तर ः म कार्यरत यस कम्प्फीलाई नेपालको एउटा वेन्चमार्क कम्पनीको रुपमा देख्न चाहान्छ। यसका लागी हजारौं अभिकर्ता, कर्मचारी, म्यानेजमेन्ट टिम लगाएत सम्पूर्ण विमितको साथ र सहयोगले आज जुन स्थानमा छौ आगामी दिनमा अझ प्रखरित रुपमा अगाडी बढ्ने छौं । यस कम्पनिको मुख्य लक्ष्य उत्कृष्ठ प्रणालि तथा पद्धति सहित ग्राहकको सेवा र सन्तुष्टी प्रिित समर्पित भई ग्राहकको पहिलो रोजाइको कम्पनिको रुपमा देख्न चाहन्छु ।
