आजको पञ्चाङ्ग
ॐ सर्वे भवन्तु सुखिनः सर्वे सन्तु निरामयाः।सर्वे भद्राणि पश्यन्तु मा कश्चिद्दुःखभाग्भवेत।ॐ शान्तिः शान्तिः शान्तिः॥
सौर्यमास र चन्द्रमास अनुसार बिक्रम सम्बत २०८२ कार्तिक महिनाको १४ गते शुक्रबारर तदनुसार इस्वी सम्बत ३१ अक्टोबर २०२५ । दक्षिणायन शरद ऋतु कार्तीक शुक्लपक्ष दशमी तिथि धनिष्ठा नक्षत्र । चन्द्रमा कुम्भ राशीमा हुनुहुन्छ । सुर्योदय बिहान ६:१४ सूर्यस्त बेलुका १७:१९ बजे हुनेछन् । अस्तु ॐनम: शिवाय यहाँहरुको दिन मंगलमय रहोस् ।
आजको दैनिक राशीफल
मेष:– समयले निकै साथ दिएको देखिन्छ कुनै पनि कार्य क्षेत्र व्यापार व्यवसायबाट पनि राम्रो हुनुका साथै कृषि उद्योगधन्दा कलकारखाना पशु चौपायाबाट पनि मनज्ञ सम्पति आर्जन गर्ने योग बनेको छ ।
बृष:– लगनशिलता र दत्त चित्त लगाइ कुने पनि कार्य गर्नमा संलग्न हुनुहुन्छ भने आफ्नो मनोइच्छा पुरा हुने दिन आएको छ । यो समयमा इमान्दारीता र कार्यकुशलताले गर्दा आर्थिक रुपमा लाभ हुने देखिन्छ । कुनै नविन कार्यको थालनी गर्दै हुनुहुन्छ भने आरम्भ गर्नु सफल हुनेछ।
मिथुन:– मनमा सात्विक बिचारको उदय हुनुका साथै आफू भन्दा जेष्ठ र श्रेष्ठजन सँग सत्संगत गर्ने अवसर मिल्नुका साथै सामाजिक धार्मिक परोपाककार सेवा गर्ने अवसर मिल्नेछ ।
कर्कट :– राशी अनुसार आजको दिन त्यती राम्रो छैन । आठौं चन्द्रमा दुख र कष्टको कारक हुने भएको हुनाले सावधानी अपनाएर काम गर्नु होला । दुख कष्ट निवारणको लागि संकट मोचन हनुमानजीको आराधना गर्नु दिन शुभ रहनेछ ।
सिंह:– समय र भाग्यले निकै साथ दिएको पाइन्छ । सामाजिक धार्मिक प्रशासनिक शैक्षिक र बौद्धिक क्षेत्रमा विशेष गरि उल्लेख्यनिय उन्नती प्रगति हुने योग बनेको देखिन्छ ।आफ्नो इमान्दारिताले गर्दा मान सम्मान प्राप्ति हुने देखिन्छ ।
कन्या:– व्यापार व्यवसाय कृषि पशुचौपाया लगायतको बिभिन्न कार्यक्षेत्रबाट मनज्ञ धन सम्पत्ति प्राप्ति हुने योग बनेको छ । कुनै लामो समय सम्म मुद्दामामिला परेको छ भने पनि त्यसमा आफ्नो जितको शुनिस्चित हुने छ ।
तुला :– सज्जन महापुरुषहरुको सत्संगत गर्ने अवसर मिल्नेछ । राम्रो ज्ञानगुनका कुराहरु सिक्ने र बुझ्ने मौका प्राप्त हुन सक्नेछ । मन विशेषगरि आध्यात्मिक क्षेत्रमा रमाउने देखिन्छ ।
बृश्चिक:– राशी अनुसार आजको दिन त्यति राम्रो देखिदैन । चौथो चन्द्रमा सदासर्वदा कलह झैझगडाके कारक भएको हुनाले सावधानी अपनाएर कार्यको थालनी गर्नु होला । विघ्नहर्ता गणेशजीको आराधना गरेमा दिन शुभ रहनेछ ।
धनु:– समय र भाग्यको खेलले गर्दा धनु राशी हुने व्यक्तिहरुलाइ आज निकै भाग्य चम्कने योग बनेको देखिन्छ । कुनै पनि कार्य क्षेत्रबाट आर्थिक रुपमा होस या शैक्षिक बौद्धिक राजनीतिक प्रशाशनिक क्षेत्रबाट गुणोत्तर बृद्धि हुनुका साथै मनज्ञ धन सम्पत्ति प्राप्ति हुने योग बनेको छ ।
मकर:– आफ्नो कार्यक्षेत्रबाट आफूलाइ उत्साहजनक मनमा सन्तोष मिल्ने योग बनेको देखिन्छ । कृषि ब्यापार व्यवसाय उद्योगधन्दा लगायतका कर्मक्षेत्रमा मन रमाउने देखिन्छ ।
कुम्भ:– घरमा श्रीमहालक्ष्मीजीको कृपा हुनाले प्रसस्त मात्रामा आर्थिक लाभ हुने योग बनेको छ । व्यापार व्यवसाय लेखापाल शिक्षा क्षेत्र राजनीतिक क्षेत्र कलाकारिता लगायतका कार्यक्षेत्रमा पनि गुणस्तर बृद्धि हुने देखिन्छ ।
मीन:– आजको दिन राम्रो छैन । बाह्रौं चन्द्रमा सदासर्वदा हानिकारक बनेर आउने भएको हुनाले सावधानी अपनाएर कार्य गर्नु होला । हतारमा गरिएको निर्णयले पछुताउन पर्ने छ । गौरीशंकर भगवानको आराधना गर्नु दिन शुभ रहनेछ ।
