राष्ट्रबादी, भिजिनरी, दुरदर्शी र बिकास प्रेमी नेता,
देशले खोजेको यही हो र हामी संगै छन् यस्ता नेता।
तर, कस्तुरीले बिणा खोजे झैं हामी खोजिरहेछौं कता, कता?
यहां राम्रो गर्न खोज्नेलाई बिभिन्न प्रहार गरेर ढालिन्छ।
ईतिहांसलाई फर्केर हेर्दा, सार्है उत्कृष्ट शासन पनि ढलेकाछन्।
किन कि, राम्रो लाई राम्रो नदेख्ने तिम्रो दृष्टि मै खोट छ।
हल्लै हल्लामा चलेको मेरो देश, भ्रमको चाङ्गामा उडेको छ।
भाईरल बन्ने होडबाजीले समाजलाई बिकृत बनाउंदै छ।
यहां सत्य बोल्नेको पछाडि भीड छैन। मुलुक नै भीड पछाडि छ।
जहां योजना र सपनाहरू बांड्दा भीडले हावामा उडाईदिन्छ।
यति त बुझ, भिजन हुने नेता हो, सपना बोक्ने युवा हो ।
किन कि, राम्रो लाई राम्रो नदेख्ने तिम्रो दृष्टि मै खोट छ।
तिमी केपी ओलीको भिजनबाट निर्मित सुरूङ मार्ग देख्दैनौ,
तयारी हुंदै गरेका ६ लेन र ४ लेन सडक पनि देख्दैनौं।
अन्तराष्ट्रिय बिमान स्थल र फास्ट ट्रयाक बुझ्न खोज्दैनौ
दैलेख पेट्रोलियम पदार्थ खानीको त नाम नै लिंदैनौ।
सुख्खा बन्दरगाह, चिल्ला सडक बिकासको मापन गर्दैनौ।
किन कि, राम्रो लाई राम्रो नदेख्ने तिम्रो दृष्टि मै खोट छ।
आहा, टि यु ग्राउण्डको प्याराफिट र फ्लड लाईट हे र त,
अन्तराष्ट्रिय म्याच र एन पि एल त हेर्न जाने होला नि हैन?
भारतको नाकाबन्दीमा ओलीको चट्टानी अडान बिर्सिन्छौ।
चाईना संगको बि आर आई के हो भन्नेले, पारवहन बुझ्दैनौ।
तर तिमी बिभिन्न दुताबास धाएर एनजिओ सरकार बनाउंछौ।
किन कि, राम्रो लाई राम्रो नदेख्ने तिम्रो दृष्टि मै खोट छ।
नजिकैको धरहरा र रानीपोखरी नदेख्ने तिम्रा आंखाले
बालेन, फुटपाथ, न्युरोडको रंग र गमलाको फुल देख्छौ।
तिमी स्वतन्त्र भन्छौ, हेर त एक पटक ललितपुरलाई,
तिमी हेर्दैनौ भरतपुरको बिकास, त्यहां पनि दल कै मान्छे छ।
स्वतन्त्र देख्ने तिम्रो आंखाले दुरदराजका बिकास देख्दैनौ।
किन कि, राम्रो लाई राम्रो नदेख्ने तिम्रो दृष्टि मै खोट छ।
भ्रष्टचारको अन्त्य र सुशासन हरेक सरकारको नारा हो ।
देशको पहिलो समस्या त अस्थिर सरकार हो, अस्थिरता हो।
एक हप्ता भन्दा बढी कुनै पनि फाईल अड्काउन नपाईने,
सुशासन र भ्रष्टचार उन्मुलनको लागि कडा कानुन बन्दैथ्यो।
तर तिमीले धैर्यता गुमायौ । झन कमजोर सरकार बनायौ।
किन कि, राम्रो लाई राम्रो नदेख्ने तिम्रो दृष्टि मै खोट छ।
शान्तिपुर्ण आन्दोलनमा होमियौ, घुसपैठ थाहै पाएनौ।
आन्दोलन अपहरण हुंदा परिचालितहरू देश जलाएर कुद्ने ।
भीड उक्साउने र कलिला युवालाई अगाडि सारेर आफु लुक्ने।
देशलाई खरानी बनाउने मान्छे कहिल्यै पनि नेपाली हुन सक्दैन।
कर नतिरेर बन्द गरिएका सामाजिक संजाल फेरि बन्द हुने हो र?
किन कि, राम्रो लाई राम्रो नदेख्ने तिम्रो दृष्टि मै खोट छ।
आन्दोलनलाई नजर अन्दाज गर्नु सरकारको भुल थियो।
निषेधित क्षेत्र मा जम्मा एउटा ब्यारिगेट राख्नु महाभुल थियो।
सुरक्षा संयन्त्रको आंकलन र योजनामा तारतम्य देखिएन।
आन्दोलनमा भीडलाई उत्तेजित बनाईन्थ्यो, यहां प्रहरीलाई
अहिले पनि प्रहरी गिरेको मनोबलबाट काम गर्न बाध्य छ ।
किन कि, राम्रो लाई राम्रो नदेख्ने तिम्रो दृष्टि मै खोट छ।
रेलवे र पानीजहाज सपना हुन, एकै पटक पुरा नहोलान
हावाबाट बिजुली र घर घरमा ग्यांस लाईन पनि सपना हुन।
तर, सपना देख्न लागेका नेपालीको सपनामा तुसारापात भो।
समृद्धि र बिकासका कामहरूले निरन्तरता नपाउने भए।
बिदेशलाई बिजुली बेच्न के लागेथ्यौं, फेरि बिजुली किन्ने भयौं
किन कि, राम्रो लाई राम्रो नदेख्ने तिम्रो दृष्टि मै खोट छ।
देशका ठुला होटलहरू बन्द छन्। सुपरमार्केटहरू बन्द छन्।
१० वटा देशले नेपालीलाई भिषा बन्द गरिसके, अरू पनि गर्दैछन
२५ उद्योगको लाईन काट्दा राज्यलाई दैनिक ६ करोड घाटा छ।
५ हजार कैदी बन्दीहरू अहिले पनि सम्पर्कमा आएका छैनन्।
भ्युजका लागि युट्युब र मिडियाले बिभिन्न भ्रमहरू छरेकै छन्।
किन कि, राम्रो लाई राम्रो नदेख्ने तिम्रो दृष्टि मै खोट छ।
लोकतन्त्रमा लोकतन्त्रको बिकल्प उन्नत लोकतन्त्र हो।
राजनितिक दलको बिकल्प उत्कृष्ट राजनितिक दल हो।
सबै भन्दा ठुलो निति हो। नितिको पनि निति राजनिति हो।
संसार भर राज्य संचालन राजनितिक दलहरूले नै गर्छन ।
आबधिक निर्बाचन मार्फत आफुलाई सर्बश्रेष्ठ साबित गर्छन।
किन कि, राम्रो लाई राम्रो नदेख्ने तिम्रो दृष्टि मै खोट छ।