आजको पञ्चाङ्ग
ॐ सर्वे भवन्तु सुखिनः सर्वे सन्तु निरामयाः।सर्वे भद्राणि पश्यन्तु मा कश्चिद्दुःखभाग्भवेत।ॐ शान्तिः शान्तिः शान्तिः॥
सौर्यमास र चन्द्रमास अनुसार बिक्रम सम्बत २०८२ कार्तिक महिनाको ११ गते मंगलबार तदनुसार इस्वी सम्बत २८ अक्टोबर २०२५ । दक्षिणायन शरद ऋतु कार्तीक शुक्लपक्ष सप्तमि तिथि पूर्वषाढा १२:३९ पछि उत्तरषाढा नक्षत्र । चन्द्रमा धनु राशीमा हुनुहुन्छ । सुर्योदय बिहान ६:१२ सूर्यस्त बेलुका १७:२१ बजे हुनेछन् । अस्तु ॐनम: शिवाय यहाँहरुको दिन मंगलमय रहोस् ।
आजको दैनिक राशीफल
मेष:– समय र भाग्यको खेलले निकै साथ दिएको छ । आफ्नो लगनशील र दत्तचित्तले गर्दा आफ्नो कार्यक्षेत्रबाट आर्थिक लाभ हुने देखिन्छ । मन सामाजिक धार्मिक सेवामा लाग्नेछ ।
बृष:– समयले त्यति राम्रो साथ दिएको देखिदैन । आठौं चन्द्रमा अनिष्टकारक हुने भएको हुनाले चोटपटकको भय र पिडाले सताउने देखिन्छ । बिघ्नहर्ता गणेशजीको आराधना गर्नु यहाँको दिन शुभ रहनेछ ।
मिथुन:– राशी अनुसार आजको दिन उत्तम रहनेछ । आफूले आँटे ताकेका कार्यहरु सफल हुने योग बनेको देखिन्छ । व्यापार व्यवसायमा उल्लेखनिय उन्नती प्रगति हुने देखिन्छ भने मान सम्मान प्राप्ति हुने योग बनेको देखिन्छ ।
कर्कट :– समय आफ्नो अनुकुल रहेको छ । आफ्नो कार्यक्षेत्रबाट निकै उन्नती र प्रगति हुने योग बनेको छ । घरमा लक्ष्मीजीको कृपाले धन सम्पत्तिको आगमन हुने देखिन्छ ।
सिंह:– मनमा सात्विक बिचारको उदय हुनुका साथै सज्जन महापुरुषहरुको सत्संगत गर्ने अवसर मिल्ने योग बनेको छ । आर्थिक रुपमा पनि निकै लाभ हुने देखिन्छ ।
कन्या:– यस राशीमा चौथो चन्द्रमा त्यती राम्रो देखिदैन । कलह झगडा मनमुटाव हुने देखिन्छ । गौरीशंकर भगवानको आराधना गर्नु दिन शुभ रहने देखिन्छ ।
तुला :– राशी अनुसार आजको दिन उत्तम रहेको छ । घरमा लक्ष्मीजीको कृपाले धन सम्पत्ती प्राप्ति हुने योग बनेको देखिन्छ । कुनै नविन कार्य र्ने सोचमा हुनुहुन्छ भने कार्यको थालनी गर्नु निकै शुभ हुने देखिन्छ ।
बृश्चिक:– दोश्रो चन्द्रमा धन र सम्पत्तिको संकेत भएको हुनाले व्यापार व्यवसाय कुने पनि उद्योगधन्दाबाट निकै धन सम्पत्ति प्राप्ती हुने योग बनेकोदेखिन्छ । आँटेताकेका कार्यहरु पनि सफल हुनेछन् । मनमा सन्तोष हुने देखिन्छ ।
धनु:– समय र भाग्यको खेलले गर्दा निकै उन्नती प्रगति हुने योग बनेकोदेखिन्छ । आर्थिक रुपमा पनि उन्नती प्रगति हुने योग बनेको छ । ब्यापार व्यवसाय पनि राम्रो हुनेछ ।
मकर:– बाह्रौं चन्द्रमा सदा सर्वदा हानिकारक नै हुने भएके हुनाले कुनै पनि व्यापार व्यवसाय गर्ने सोचमा हुनुहुन्छ भने सावधानी अपनाउनु उचित हुने देखिन्छ ।माता लक्ष्मीजीको आराधाना गर्नाले दिन शुभ हुने देखिन्छ ।
कुम्भ:– समय उत्तम रहेको छ । कुनै पनि नविन कार्य गर्ने सोचमा हुनुहुन्छ भने कार्यको थालनी गर्नु होला । सफल हुनेछ । व्यापार व्यवसायमा पनि राम्रो हुनेछ ।
मीन:– समय र भाग्यले निकै साथ दिएको देखिन्छ । आफ्नो इच्छा आकांक्षाहरु पुरा हुने छन् भने कुनै पनि कृषि व्यापार व्यवसायबाट पनि आर्थिक लाभ हुने देखिन्छ । नयाँ कार्य गर्ने सोचमा हुनुहुन्छ भने आरम्भ गर्नु सफल हुनेछ ।
