आजको पञ्चाङ्ग
ॐ सर्वे भवन्तु सुखिनः सर्वे सन्तु निरामयाः।सर्वे भद्राणि पश्यन्तु मा कश्चिद्दुःखभाग्भवेत।ॐ शान्तिः शान्तिः शान्तिः॥
सौर्यमास र चन्द्रमास अनुसार बिक्रम सम्बत २०८२ कार्तिक महिनाको ०४ गते मंगलबार तदनुसार इस्वी सम्बत २१ अक्टोबर २०२५ । दक्षिणायन शरद ऋतु कार्तीक कृष्णपक्ष औशी तिथि चित्रा नक्षत्र । वव करण ध्वाक्ष योग परेको छ । सूर्यनारायण दक्षिणायन हुँदै कन्या राशीमा हुनुहुन्छ । चन्द्रमा सिंह राशीमा हुनुहुन्छ । सुर्योदय बिहान ६:०८ सूर्यस्त बेलुका १७:२७ बजे हुनेछन् । अस्तु ॐनम: शिवाय यहाँहरुको दिन मंगलमय रहोस् ।
आजको दैनिक राशीफल
मेष:– समय र भाग्यको खेलले गर्दा समय उत्तम रहेकोछ । आफ्नो व्यापार ब्यवसाय र कर्म क्षेत्रमा इमान्दारिताका कारण मनमा उमंग शान्ति हुनुका साथै मान सम्मान प्राप्ति हुने योग बनेको देखिन्छ ।
बृष:– समय आफ्नो अनुकुलमा चलेको छ । आफूले आटेतेका र सोचेका कामहरु पुरा हुने देखिन्छ । घरम लक्ष्मीजीको कृपाले धन सम्पत्ति प्राप्ती हुने योग बनेको छ ।
मिथुन:– मनमा सात्विक बिचारको उदयले आफू भन्दा जेष्ठ र श्रेषठ महापुरुषहरुको सत्संगत गर्ने अवसर मिल्ने छ । ज्ञान र बुद्धिको बिकास भइ आर्थिक रुपमा पनि उत्साहजनक लाभ हुने योग बनेको देखिन्छ ।
कर्कट :– आजको दिन त्यति राम्रो देखिदैन । व्यर्थमा कलह झैझगडा मुद्दा मामला पर्ने देखिन्छ । भगवान बिघ्नहर्ता गणेशजीको आराधनाले दिन शुभ रहनेछ ।
सिंह:– घरमा लक्ष्मीजीको कृपा हुने योग बनेको देखिन्छ । मनमा हर्षोल्लास बढ्नुका साथै धन सम्पति प्राप्ति हुने योग बनेको देखिन्छ । कृषि ब्यापार व्यवसाय पनि उल्लेख्य बृद्धि हुने देखिन्छ ।
कन्या:– आजको दिन उत्तम रहेको छ । आफन्त सँग भेटघाट मित्रहरु सँगको जमघेटले गर्दा मनमा प्रफुल्लता हुनुका साथै आनान्दानुभुति प्राप्ति हुने योग बनेको देखिन्छ ।
तुला :– घरमा बैभव लक्ष्मीजीको कृपाले धन सम्पत्ति बहानहरुको लाभ हुने योग बनेको छ । आफ्नो कर्म क्षेत्रमा दत्तचित्त भइ लाग्नाले आर्थिक रुपमा पनि निकै उन्नी प्रगति हुने योग बनेको छ ।
बृश्चिक:– १२ औ चन्द्रमा हानिकारक हुने भएको हुनाले कुने क्षेत्रमा लगानी गर्दै हुनुहुन्छ भने सावधानी अपनाउनु होला । माता लक्षमी जीको आराधना गर्नु यहाँके दिन शुभ रहने छ ।
धनु:– समय र भाग्यले निकै साथ दिएको छ । शैक्षिक बौद्धिक सामाजिक क्षेत्रमा मन रमाउने ब्यापार व्यवसायबाट र कृषि क्षेत्रबाट पनि उल्लेख्य उन्नति प्रगति हुने योग बनेको देखिन्छ ।
मकर:– मनका इच्छा आकांक्षाहरु पुरा हुने योग बनेको छ । बाहनादिको ब्यापार व्यवसायबाट पनि उल्लेख्य उन्नति प्रगति हुने योग बनेको देखिन्छ । कुनै नविन कार्य गर्ने सोचमा हुनुहुन्छ भने कार्य आरम्भ गर्नु सफल हुनेछ ।
कुम्भ:– सात्विक बिचारको उदय हुनुका साथै मन धार्मिक र आध्यात्मिक सेवामा रमाउने देखिन्छ । कुनै तिर्थस्थलको दर्शन गर्ने अवसर मिल्नुका साथै सज्जन महापुरुषहरुकोव सत्संगत गर्ने अवसर मिल्नेछ ।
मीन:– आठौं चन्द्रमा अनिष्ठ कारक हुने भएको हुँदा कुनै पनि कार्य गर्दा होसियार हुनुहोला । हतारको निर्णयले पछि पछुताउनु पर्ला संकट मोचन हनुमानजीको आराधनाले यहाँहरुको दिन शुभ र सुखद् हुनेछ ।
