आजको पञ्चाङ्ग
ॐ सर्वे भवन्तु सुखिनः सर्वे सन्तु निरामयाः।सर्वे भद्राणि पश्यन्तु मा कश्चिद्दुःखभाग्भवेत।ॐ शान्तिः शान्तिः शान्तिः॥
सौर्यमास र चन्द्रमास अनुसार बिक्रम सम्बत २०८२ कार्तिक महिनाको ०२ गते आइतबार तदनुसार इस्वी सम्बत १९ अक्टोबर २०२५ । कार्तीक कृष्णपक्ष त्रयोदशी तिथि १३:५७ उप्रान्त चतुर्दशी तिथि उतरफाल्गुणी नक्षत्र । वव करण मित्र योग परेको छ । सूर्यनारायण दक्षिणायन हुँदै सिंह राशीमा हुनुहुन्छ । चन्द्रमा तुला राशीमा हुनुहुन्छ । देवगुरु सिंह राशीमा भ्रमण गरिरहनु भएको छ । सुर्योदय बिहान ६:०७ सूर्यस्त बेलुका १७:२९ बजे हुनेछन् । अस्तु ॐनम: शिवाय यहाँहरुको दिन मंगलमय रहोस् ।
आजको दैनिक राशीफल
मेष:– राशी अनुसार आजको दिन उत्तम रहेको छ । व्यापार व्यवसाय कृषि उद्योगमा पनि बृद्धि हुनुका साथै धन सम्पति आर्जन हुने योग छ ।
बृष:– सात्विक बिचारको उदय हुने योग बनेको छ । मन सत्कर्ममा लाग्ने छ । उच्च व्यक्तित्वहरुके सत्सगत गर्ने मौका मिल्ने देखिन्छ । आर्थिक रुपमा पनि लाभ हुने सम्भावना देखिन्छ ।
मिथुन:– राशी अनुसार आजको दिन त्यती राम्रो देखिदैन । सावधानी अपनाएर कार्य गर्नुहोला । दुख कष्ट निवारणको लागि हुनमानजीको आराधनाले दिन शुभ रहने छ ।
कर्कट :– समय र भाग्यले निकै साथ दिएको पाइन्छ । व्यापार व्यवसायमा पनि निकै लाभ हुने देखिन्छ ।
सिंह:– महालक्ष्मीजीको काले घरमा धन सम्पत्ती भित्रने योग बनेको देखिन्छ । आफूले आँटेताकेका कार्यहरुमा सफलता होला । आर्थिक रुपमा पनि प्रगति हुने देखिन्छ ।
कन्या:– ज्ञान बुद्ध्को विकास हुनुका साथै आर्थिक रुपमा पनि गुणोत्तर बिद्धि हुने देखिन्छ । मनमा आनान्दानुभूति प्राप्ती होला ।
तुला :– बाह्रौं चन्द्रमा हानीकारक देखिन्छ । सोच बिचार गरेर मात्र कार्यको थालनी गर्नु होला । गौरीशंकर भगवानकोआराधना गर्नु दिन शुभ रहनेछ ।
बृश्चिक:– समयले निकै साथ दिएको छ । आर्थिक रुपमा पनि लाभ हुने देखिन्छ । कुनै व्यापार व्यवसाय गर्ने सोचमा हुनुहुन्छ भने कार्य थालनी गर्नुभयो भने सफल हुने छ ।
धनु:– मनका इच्छा आकांक्षाहरु पुरा हुने छन् । आफुले गरेका र सोचेका कार्यहरु सफल हुनेछन् । व्यापार व्यवसायमा पनि राम्रो हुनेछ ।
मकर:– सज्जन महापुरुषहरुको सत्संगत गर्ने अवसर मिल्नेछ । मन धार्मिक सामाजिक सेवामा रमाउने देखिन्छ ।
कुम्भ:– आठौं चन्द्रमा अनिष्टकार हुन भएको हुनाले सावधानी अपनाएर काम गर्नु पर्ने देखिन्छ । संकट मोचन हनुमानजीको आराधनाले दिन शुभ रहनेछ ।
मीन:– आफ्नो लगनशील र दत्तचित्तले गर्दा मान सम्मान प्राप्ती होला । आफ्नो कार्य क्षेत्रबाट मान सम्मान प्राप्ती हुने योग बनेको छ । आर्थिक रुपमा पनि निकै लाभ हुने छ ।
