आजको पञ्चाङ्ग
ॐ सर्वे भवन्तु सुखिनः सर्वे सन्तु निरामयाः। सर्वे भद्राणि पश्यन्तु मा कश्चिद्दुःखभाग्भवेत। ॐ शान्तिः शान्तिः शान्तिः॥
सौर्यमास र चन्द्रमास अनुसार बिक्रम सम्बत २०८२ असोज महिनाको ३१ गते शुक्रबार तदनुसार इस्वी सम्बत १७ अक्टोबर २०२५ । कार्तीक कृष्णपक्ष एकादशी तिथि १३:२१ उप्रान्त द्वादशी तिथि मघा नक्षत्र । वालव करण शुभ योग परेको छ । सूर्यनारायण दक्षिणायन हुँदै कन्या राशीमा हुनुहुन्छ । चन्द्रमा सिंह राशीमा हुनुहुन्छ । देवगुरु मिथुन राशीमा भ्रमण गरिरहनु भएको छ । सुर्योदय बिहान ६:०५ सूर्यस्त बेलुका १७:३१ बजे हुनेछन् । अस्तु ॐनम: शिवाय यहाँहरुको दिन मंगलमय रहोस् ।
आजको दैनिक राशीफल
मेष:– राशी अनुसार आजको दिन उत्तम रहेकव छ । आध्यात्मिक र बौद्धिक बिकास हुनुका साथै आर्थिक रुपमा केही लाभ हुने देखिन्छ ।
बृष:– राशी अनुसार आजको दिन त्यती राम्रो देखिदैन । नकारात्मक बिचारले सताउने छ । व्यर्थमा कलह झगडा तथा मुद्दा मामलामा फस्न सकिएला बिघ्नहर्ता गणेशको आराधना गर्नु राम्रो हुनेछ ।
मिथुन:– समय र भाग्यले साथ दिएको देखिन्छ । लक्ष्मीजीको कृपाले घरमा धन सम्पत्ती प्राप्ती हुने योग बनेको छ ।
कर्कट :– समयले र भाग्यले साथ दिएको छ । आफूले आँटेताकेका कार्यहरु पुरा हुनेछन् । मन आनान्दानुभूती प्राप्ती भइ सन्तोष मिल्ने छ ।
सिंह:– लक्ष्मीजीको कृपाले घरमा धन सम्पत्ति प्राप्ति हुने योग बनेको देखिन्छ । आफूले गरेको कार्यमा सफलता मिल्नेछ ।
कन्या:– राशी अनुसार आजको दिन त्यती राम्रो देखिदैन । कुनै नयाँ कार्य गर्ने सोचमा हुनुहुन्छ भने सावधानी अपनाउनु होला गैरीशकर भगवानको आराधना गरेमा राम्रो हुनेछ ।
तुला :– राशी अनुसार आजको दिन उत्तम रहेको छ । आफूले आँटेताकेका कामहरु पुरा हुनेछन् । कुनै अधुरा कामहरु छन् भने सफल हुने योग बनेको देखिन्छ । आर्थिक रुपमा निकै लाभ हुने देखिन्छ ।
बृश्चिक:– समय र भाग्यको खेलले गर्दा मनका इच्छा आकांक्षाह पुरा हुने योग बनेको देखिन्छ । यो समयमा कुनै नविन कार्य सोचमा हुनुहुन्छ भने कार्य आरम्भ गर्नु सफल हुनेछ ।
धनु:– मनमा सात्विक बिचारको उदय हुनुका साथै धर्मकर्म र सामाजिक सेवामा दिन बत्ने छ । असल मान्छेको सत्सगत गर्ने अवसर मिल्ने छ ।
मकर:– समय त्यती राम्रो देखिदैन । सावधानी अपनाउनु होला । यदि लामो दुरीको यात्राको तयारीमा हुनुहुन्छ भने बिचार गरेर मात्र अगाडी बढ्नु होला । संकट मोचन हनुमान जीको आराधनाले दिन राम्रो रहने छ ।
कुम्भ:– आफ्नो कार्य क्षेत्रको लगनशिल र इमानदारीताले गर्दा मान सम्मान प्राप्त हुने योग बनेको देखिन्छ । सामाजिक सेवा परोपकारमा मन लाग्ने छ । आर्थिक रुपमा पनि निकै उन्नती प्रगति हुने देखिन्छ ।
मीन:– राशी अनुसार आफ्नो बिजय हुनुका साथै उत्तम कार्यबाट सफलता प्राप्त भइ लक्ष्मीजीको कृपाले घरमा धन सम्पत्ति प्राप्ती हुने योग बनेको देखिन्छ ।
