आजको पञ्चाङ्ग
ॐ सर्वे भवन्तु सुखिनः
सर्वे सन्तु निरामयाः।
सर्वे भद्राणि पश्यन्तु मा कश्चिद्दुःखभाग्भवेत।
ॐ शान्तिः शान्तिः शान्तिः॥
सौर्यमास र चन्द्रमास अनुसार बिक्रम सम्बत २०८२ असोज महिनाको १३ गते सोमबार तदनुसार इस्वी सम्बत २९ सेप्टेम्बर २०२५ । आश्विन शुक्लपक्ष सप्तमी १२:२४ उप्रान्त अष्टमी तिथि मुल नक्षत्र । वव करण लुम्ब योग परेको छ । शरद ऋतु श्री सूर्यनारायण दक्षिणायन हुँदै कन्या राशीमा हुनुहुन्छ । चन्द्रमा धनु राशीमा हुनुहुन्छ । देवगुरु मिथुन राशीमा भ्रमण गरिरहनु भएको छ । सुर्योदय बिहान ५:५६ सूर्यस्त बेलुका १७:५० बजे हुनेछन् । अस्तु ॐनम: शिवाय यहाँहरुको दिन मंगलमय रहोस् ।
आजको दैनिक राशीफल
मेष:– राशी अनुसार आजको दिन उत्तम रहेको छ । बिचारको उदय हुनुका साथै आफूले आँटेताकेका कार्यहरु सफल हुनेछन् । मन सामाजिक धार्मिक क्षेत्रमा रमाउने छ । सज्जन महापुरुषको सत्संगतले गर्दा आनन्दानुभुती प्राप्ति होला । आर्थिक रुपमा पनि राम्रो हुनेछ ।
बृष:– दिन त्यति राम्रो छैन । आठौं चन्द्रमा अनिष्ट कारक हुन्छ । लामो दुरीको यात्रा गर्दै हुनुहुन्छ भने सावधानी अपनाउनु होला । दुख पिडा निवारणका लागि माता नवदुर्गाको आराधना गर्नु दिन शुभ रहने छ ।
मिथुन:– आफ्नो कार्यक्षेत्रमा लगनशिल र दत्त चित्त भइ लाग्नु होला । मान सम्मान प्राप्ती हुने योग छ । अधुरा काम पुरा हुनेछन् । आर्थिक रुपमा पनि लाभ हुने देखिन्छ ।
कर्कट :– राशी अनुसार आजको दिन उत्तम रहेको छ । व्यापार व्यवसाय बिजनेश लगायतका क्षेत्रबाट पनि आर्थिक रुपमा निकै उत्साजनक फाइदा हुने देखिन्छ ।
सिंह:– सात्विक ज्ञान र बुद्धिको विकास होला । सामाजिक र धार्मिक सेवामा मन रमाउने देखिन्छ । घरमा धन सम्पतिको आगमन हुने देखिन्छ ।
कन्या:– राशी अनुसार दिन त्यति राम्रो देखिदैन होवसियार रहेर काम गर्नु होला । व्यर्थमा कलह झगडा वादविवाद मुद्दा मामलामा फस्न सकिने छ । गौरी शंकर भगवानको आरधनाले दिन शुभ हुने छ ।
तुला :– समय र भाग्यको खेले गर्दा घरमा श्रीलक्ष्मीजीको आगमन हुने देखिन्छ। व्यापार व्यवसाय कृषि पशु चौपायबाट पनि निकै आर्थिक लाभ हुने देखिन्छ ।
बृश्चिक:– हरेक क्षेत्रबाट सफलता मिल्ने भएको हुनाले मनमा सन्तोष होला । कृषि तथा व्यापारिक क्षेत्रबाट पनि निकै आर्थिक लाभ हुने देखिन्छ ।
धनु:– धनु राशीमा नै चन्द्रमा भएको हुनाले व्यक्तिलाइ आर्थिक रुपमा सवल र सफल बनाउने देखिन्छ । आँटेताकेको कार्यहरु सफल हुनेछन् ।
मकर:– राशी अनुसार दिन त्यति राम्रो छैन । बिचार नपुराइ कार्य गर्दा हानी नोक्सानी हुने देखिन्छ । बिघ्नहर्ता गणेशजीको आरधनाले दिन शुभ रहनेछ ।
कुम्भ:– विहानीको उदय सँगै भाग्यको पनि उदय हुने देखिन्छ । कुनै पनि कार्य क्षेत्रमा अगाडी बढ्दा सफल र सवल हुने देखिन्छ । ब्यापार व्यवसायमा कारोवार पनि निकै लाभ हुनेछ ।
मीन:– मनका इच्छा आकांक्षाहरु सफल हुने छन् ।समयलाइ राम्रो सँग सदुपयोग गर्नु होला । भाग्यको खेलले आर्थिक रुपमा निकै प्रगति होला ।
