आजको पञ्चाङ्ग
ॐ सर्वे भवन्तु सुखिनः
सर्वे सन्तु निरामयाः।
सर्वे भद्राणि पश्यन्तु मा कश्चिद्दुःखभाग्भवेत।
ॐ शान्तिः शान्तिः शान्तिः॥
सौर्यमास र चन्द्रमास अनुसार बिक्रम सम्बत २०८२ असोज महिनाको ०४ गते शनिबार तदनुसार इस्वी सम्बत २० सेप्टेम्बर २०२५ । भाद्र कृष्णपक्ष चतुर्दशी तिथि मघा नक्षत्र । भद्रा करण पद्म योग परेको छ।वर्षा ऋतु श्री सूर्यनारायण दक्षिणायन हुँदै कन्या राशीमा हुनुहुन्छ । चन्द्रमा सिंह राशीमा हुनुहुन्छ । देवगुरु मिथुन राशीमा भ्रमण गरिरहनु भएको छ । सुर्योदय बिहान ५:५१ सूर्यस्त बेलुका १८:०१ बजे हुनेछन् । अस्तु ॐनम: शिवाय यहाँहरुको दिन मंगलमय रहोस् ।
आजको दैनिक राशीफल
मेष:– राशी अनुसार आजको दिन उत्तम रहेको छ । आफू भन्दा मान्यजन सँग सत्संगतले ज्ञान र बुद्धिको बिकास भइ मन सामाजिक सेवामा लाग्ने छ भने आर्थिक रुपमा पनि गुणोत्तर बृद्धि होला ।
बृष:– आजको दिन त्यति राम्रोछैन । व्यर्थमा कलह झगडा भइ आफूले सोचेका र आँटेताकेका कार्यहरु असफल होलान् । बिघ्न हर्ता गणेशजीको आराधनाले दिन शुभ रहनेछ ।
मिथुन:– राशी अनुसार आजको दिन उत्तम रहेको छ । लक्ष्मीजीको कृपा भइ धन सम्पत्ती प्राप्ति हुने योग बनेको देखिन्छ ।
कर्कट :– मनग्य धन सम्पति प्राप्ति हुने योग बनेको छ । आफूले आटेताकेका कार्यहरु सफल हुनेछ र आर्थिक रुपमा पनि निकै उन्नती प्रगति हुने देखिन्छ ।
सिंह:– घरमा लक्ष्मीजीको बास हुने देखिन्छ । मनमा शु:खशान्ति प्राप्ति भइ आनन्दानुभुति प्राप्ति होला ।
कन्या:– राशी अनुसार आजको दिन त्यति राम्रो छैन । सावधानी अपनाएर काम गर्नु होला । बिघ्नबाधा निवारणकालागि गौरीशंकर भगवानको आराधनाले दिन शुभ रहनेछ ।
तुला :– समय र भाग्यले निकै साथ दिएको छ । भाग्यको उदय र धन सम्पति प्राप्ति हुने योग बनेको छ । आफ्नो लगनशिल र दत्तचित्तले गर्दा उच्च पदस्थबाट मान सम्मान पाइने योग बनेको देखिन्छ ।
बृश्चिक:– मनका इच्छा आकांक्षाहरु पुरा हुने छन् । आफूले गरेका कार्यमा सफलता प्राप्ति होला मनोबल बढ्ने देखिन्छ ।
धनु:– सात्विक बिचर र ज्ञानको उदय होला । सहिष्णुता सद्भाव आध्यात्मिक ज्ञान मन सामाजिक धार्मिक सेवामा लाग्ने छ ।
मकर:– राशी अनुसार दिन त्यति राम्रो छैन । हानी नोक्सानी चोटपटक दुख पिडाले सताउने छ । संकट मोचन हनुमानकको आराधानाले दिन शुभ होला ।
कुम्भ:– आफ्नो कार्यक्षेत्रमा इमान्दारीता र लगनशिलताले गर्दा मान सम्मान प्राप्ति हुने योग बनेको छ र आर्थिक रुपमा पनि गुणोत्तर बृद्धि हुने देखिन्छ ।
मीन:– लक्ष्मीजीको कृपाले धन सम्पत्ति प्राप्ति हुने योग बनेको देखिन्छ । आफूले आँटेताकेका कार्य सफल भइ आर्थिक रुपमा गुणोत्तर बृद्धि होला ।
