मेष – (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)
यो हप्ता मेष राशी हुनेहरुका लागि सुवर्ण अवसर रहेको छ । आफूले आटे ताकेका कार्यहरु सफल हुनेछन् । सात्विक बिचिारको उदय हुनका साथै ज्ञान बृद्धि हुनेछ । धन सम्पत्ती प्राप्ति हुनुका साथै लक्ष्मीजीको कृषभई रहनेछ । साथीर्भा पाटी समारोहमा समावेश हुनका साथै मान सम्मान प्राप्ति हुने योग बनेको छ । समग्रमा भन्नुपर्दा यो हप्ता मेष राशी हुने व्यक्तिहरुका लागि उत्तम रहेको पाइन्छ ।
वृष – (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)
असोज ३, ४ र ५ गते सम्म यो राशी हुनेहरुका लागि खासै राम्रो देखिदैन । मनमा नकारात्मक बिचारको उदय हुने देखिन्छ । सावधानी अपनाउनु होला । कलह झगडा मुद्दा मामला पर्न सक्छ । ६, ७, ८, ९ र १० गतेका दिनहरु भने समय र भाग्यले साथ दिने देखिन्छ । आँटेताकेका कार्यहरु सफल हुन छन् । समग्रमा भन्नुपर्दा यो हपता बृष राशी हुने व्यक्तिहरुका लागि मिश्रित फल रहेको देखिन्छ ।
मिथुन – (का, कि, कु, घ, ङ, छ, के, को, ह)
३, ४ र ५ गतेका दिनहरुमा समय र भाग्यले साथ दिने देखिन्छ । आफ्नो कार्यक्षेत्रमा लगनशिल र दत्तचित्त भई लाग्नु होला । आर्थिक रुपमा पनि निकै उन्नती प्रगति हुने योग बनेको देखिन्छ । ६ र ७ गतेका दिनहरु खासै राम्रो छैनन् । सावधानी अपनाउनु होला । व्यर्थमा बादविवाद पर्न सक्छ । ८, ९ १० गतेको समयमा भने असल मानिसको सत्संगत मिल्ने योग बनेको देखिन्छ । आफूले आँटे ताकेका कार्यहरु सफल हुने देखिन्छ ।
कर्कट – (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
हप्ताको प्रारम्भमा नै समय र भग्यले साथ दिने देखिन्छ । ३,४,५,६ र ७ गतेका दिनहरुमा कुनै पनि कार्य आरम्भ गर्ने सोचमा हुनुहुन्छ या नविन कार्य गर्ने सोच बिचारमा हुनुहुन्छ भने कार्यको थालनी गर्नु सफल हुनेछ । ८ र ९ गतेका दिन त्यत्ति राम्रो देखिदैन । आफ्नै कारणले विवादमा परिने छ । सावधानी अपनाई विघ्नहर्ता गणेशजीको आरधना गर्नु आफ्ना दिनहरु राम्रो हुनेछ ।
सिंह – (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
३ गते खासै राम्रो छैन । सावधानी अपनाउनु पर्ने देखिन्छ । त्यस पछिका समय भने हप्ताभरी निकै राम्रो हुने देखिन्छ । आर्थिक रुपमा पनि गुणोत्तर बृद्धि हुनेछ । साथीर्भा इष्टमित्रहरुको पनि साथ सपोर्ट रहने छ । कुनै बैदेशिक यात्रा गर्दै हुनुहुन्छ या नविन कुनै कार्य गर्ने तयारीमा हुनुहुन्छ भने आरम्भ गर्नु समय र भाग्यले साथ दिने देखिन्छ ।
कन्या – (टो, प, पि, पु, ष, ण, ठ, पे, पो)
३, ४, ५ गते सम्मको समय यो राशीर्ला खासै राम्रो देखिदैन । सावधानी अपनाउनु पर्ने देखिन्छ । आर्थिक रुपमा हानी नोक्सानी हुने देखिन्छ । त्यसपछिको समय भने कन्या राशी हुने व्यक्तिहरुका लागि अत्यन्त राम्रो हुने देखिन्छ । आँटेताकेका कार्यहरु सफल हुने देखिन्छ । मन धार्मिक सामाजिक क्षेत्रमा लाग्ने छ । आर्थिक सुधार हुने छ । समग्रमा भन्नु पर्दा यो हप्ता कन्या राशी हुने महानुभावहरुको लागि मध्यम खालको रहेको छ ।
तुला –(र, रि, रु, रे, रो, ता, ति, तु, ते)
राशी अनुसार ३ देखि ५ गते सम्का लागि दिनहरुमा समयले अत्यन्त साथ दिएको पाइन्छ । आफ्नो कार्यक्षेत्रमा लगनशिल भई लाग्नु होला । कार्यसफलता हुने देखिन्छ । ६ र ७ गतेको दिनहरु खासै राम्रो देखिदैन । सावधानी अपनाउनु पर्ने देखिन्छ । बिचार नपु¥याउँदा कहि कतै हानी नोकनी हुने देखिन्छ । ८ देखि १० गतेका समयहरु अत्यन्त राम्रो रहेको छ। कार्यक्षेत्रमा लगनशील भई कार्य गर्नाले सफल भइने छ । समग्रमा भन्नु पर्दा यो हप्ता तुला राशी हुनेहरुका लागि मध्यम खालको मात्रै रहेको देखिन्छ ।
वृश्चिक – (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
हप्ताको शुरुआतमा नै बृश्चिक राशी हुनेहरुकालागि अत्यन्त राम्रो रहेको छ । विशेषगरी ३ देखि ७ गते सम्मका दिनहरुमा गरेका कार्यहरु उत्तम रहनेछन् । जुनसुकै कार्यमा हात हालेपनि सफल हुने योग बनेको देखिन्छ । ८ देखि १० गतेका दिनहरुमा भने निकै सावधानी अपनाउनु पर्ने देखिन्छ । कहीकतै हानी नोक्सानी हुने योग बनेको छ । यो हप्ता समग्र रुपमा हेर्दा यस राशीकालागि मध्यम खालको मात्रै योग बनेको देखिन्छ ।
धनु – (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)
राशी अनुसार यो हप्ता अत्यन्त फलदायी रहेको छ । बौद्धिक धार्मिक सामाजिक कुनै पनि क्षेत्रमा कार्य गर्दा सफलता पाइने योग बनेको देखिन्छ । आफ्नो कार्यक्षेत्रमा लगनशील भई कार्यगर्नाले मान सम्मान पाइनुका साथै धर्मकर्ममा मन रमाउने देखिन्छ । आर्थिक रुपमा पनि निकै उन्नती प्रगति हुने छ । समग्रमा भन्नुपर्दा यो हप्ता धनु राशी हुनेहरुका लागि फलदायी बनेको मान्न सकिन्छ ।
मकर – (भो, ज, जि, खि, खु, खे, खो, गा, गि)
राशी अनुसार ३ देखि ५ गते सम्मका दिनहरु त्यती राम्रो देखिदैन । सावधानी अपनाएर काम गर्ने देखिन्छ । मनमा भय तथा त्रास र डरले दिन बित्ने देखिन्छ । ६ देखि १० गतेका दिनहरु अत्न्त राम्रो समय चलेको देखिन्छ । समय अनुकुल हुनाले आफ्नो कार्यक्षेत्रमा दत्तचित्त भई लाग्नाले निकै सफल हुने देखिन्छ । समग्रमा भन्नुपर्दा यो हप्ताको ग्रहगोचर हेर्दा हप्तालाई मध्यम अवस्थाको मान्न सकिन्छ ।
कुम्भ – (गु, गे, गो, सा, सि, सु, से, सो, द)
३ देखि ५ गतेका दिनहरु उत्तम रहेको देखिन्छ । आफ्ना इष्टमित्र साथीभाईहरुको साथ सपोर्ट रही आर्थिक रुपमा पनि निकै उन्नती प्रगति हुने देखिन्छ । ६ र ७ गतेको समय कुम्भ राशीलाई खासै राम्रो छैन । चोटपतकको भय रहेको छ । सावधानी अपनाउनु होला । ८ देखि १० गतेका दिनहरु भने आफ्नो अनुकुल र समयले साथ दिने देखिन्छ । सामग्रमा भन्नुपर्दा यो हप्ता मध्यम रहेको छ ।
मीन – (दि, दु, थ, झ, ञ, दे, दो, च, चि)
राशी अनुसार ३ गते देखि ७ गते सम्मका दिनहरु उत्तम रहेको देखिन्छ । यी दिनहरुमा आफूले गरेका र सोचेका कार्यहरु सफल हुने देखिन्छ भने ८ देखि १० गतेको समय आफ्नो अनुकुलको छैन । यी दिनहरुमा सावधानी अपनाउनु पर्ने देखिन्छ । समग्रमा भन्नुपर्दा यो समय मध्यम खालको रहेको मान्न सकिन्छ ।
