मेष – Aries (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)
प्रारम्भमा बोलीको भरमा काम बन्नेछ भने मेहनत गर्दा फाइदा उठाउन सकिनेछ। चिनजानले पनि अवसर दिलाउन सक्छ। प्रतिस्पर्धीहरूलाई सजिलै वशमा ल्याउन सकिनेछ। सहयोगीहरू जुट्नाले व्यवसायमा राम्रै फाइदा हुनेछ। तर अरूको मात्र भर पर्नाले आफ्नो महत्वाकांक्षा पूरा नहुन सक्छ। शुभचिन्तकहरूको सुझावलाई बेवास्ता गर्दा दुःख पाइनेछ। टाढिएका आफन्तहरू नजिकिनेछन्। घरमा बसेरै विभिन्न काम सम्पादन गर्न सकिनेछ। अध्ययनमा राम्रो नतिजा हासिल हुनेछ। रोकिएका काम बन्नेछन् भने प्रतिस्पर्धीहरूले पनि हार खानेछन्।
वृष – Taurus (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)
लगनशीलताले प्रतिष्ठित काम गर्ने मौका दिलाउनेछ। रमाइलो जमघटका बीच विशेष उपहार र स्वादिष्ट खानपानको आनन्द पाइएला। सोमवारदेखि मित्रहरूको सहयोगले हौसला प्रदान गर्नेछ। आयस्रोत बढ्नुका साथै दिगो काममा सम्झौता हुन सक्छ। बुद्धिको उपयोगले विद्या र धन आर्जन हुनेछ। इच्छाशक्ति बढ्नुका साथै लक्ष्य प्राप्त गर्ने साहस जुट्नेछ। बिहीवारपछि शुभचिन्तकहरूले आफ्ना कमजोरीप्रति गुनासो गर्न सक्छन्। सहयाेगीहरूको भावनालाई बेवास्ता गर्दा समस्या देखापर्नेछ। तापनि आफन्तको सहयोग प्राप्त हुनाले धेरै काम बन्नेछन्।
मिथुन – Gemini (का, कि, कु, घ, ङ, छ, के, को, ह)
फाइदाका लागि केही वस्तु त्याग्नुपर्ने हुन सक्छ। तत्काल खर्च लागे पनि पछिका लागि सञ्चय हुनेछ। रोकिएका काममा दोहोर्याएर प्रयत्न गर्नुहोला। सोमबारदेखि परिवारजनसँगको सम्पर्कले उत्साह जाग्नेछ। मिहिनेतले प्रतीक्षा गरिएको उपलब्धि प्राप्त हुनेछ। नयाँ कामको अवसरले उत्साह जगाउनेछ। बिहीवारदेखि खर्चिलो कामतर्फ ध्यान केन्द्रित हुनेछ। समयमा काम गर्न नसक्दा अवसर फुत्कन सक्छ। स्वास्थ्य कमजोर रहनेछ र अर्थ अभावले सताउनेछ। प्रतिस्पर्धीहरूले दु:ख दिनेछन्। अवसर आए पनि अधैर्य व्यवहारले समस्या निम्त्याउन सक्छ।
कर्कट – Cancer (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
सुरुमा चिताएको काम बन्नाले मनग्य लाभ हुनेछ। दिगो आम्दानीका स्रोत प्राप्त हुनेछन्। सोमवरदेखि आकस्मिक खर्च बढ्नाले समस्या उत्पन्न होला। पहिले गरेको काम दोहोर्याउनुपर्ने अवस्था आउन सक्छ। स्वास्थ्यमा ध्यान पुर्याउनुहोला। अवसरका लागि केही दौडधुप गर्नुपरे पनि मेहनतको प्रतिफल प्राप्त हुनेछ। रोकिएको काम बिस्तारै सम्पादन हुनेछ। बिहीवारदेखि मान-सम्मानका साथ विशेष उपहार प्राप्त होला। शुभचिन्तकहरूले साथ दिनेछन् भने आफन्तको सहयोगले लाभ उठाउन सकिनेछ। तारिफयोग्य काम सम्पादन गर्न सकिनेछ।
सिंह – Leo (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
आफ्नो क्षेत्रमा अरूले प्रभाव जमाउन सक्छन्। प्रतिष्ठित व्यक्तिहरूसँग प्रतिस्पर्धा बढ्नेछ। सोमबारदेखि दिगो आम्दानी हुने काम सुरुवात हुनुका साथै राजनीति र नोकरीमा फाइदा हुनेछ। मेहनतले नाम, दाम र इनाम दिलाउनेछ। केही खर्च लागे पनि विशेष दायित्व वहन गर्दै यात्रा गर्ने अवसर जुट्न सक्छ। बिहीवार र शुक्रवार अर्थ अभावले ऋणकर्जा बढाउन सक्छ। प्रतिस्पर्धामा उत्रनुपरे पनि रोकिएका काममा दोहोर्याएर प्रयत्न गर्नुहोला। सप्ताहान्तमा लामो समयदेखि प्रतीक्षा गरिएको काम बन्नेछ। रमाइलो भेटघाटले पारिवारिक आनन्द समेत दिलाउनेछ।
कन्या – Virgo (टो, प, पि, पु, ष, ण, ठ, पे, पो)
प्रारम्भमा अरूका काममा जुट्नुपरे पनि फाइदा आफैंलाई हुनेछ। इतिहास एवं संस्कृतिको जगेर्नामा रुचि जाग्नेछ। विशिष्ट व्यक्ति भेट्ने अवसर जुट्नेछ। साेमवारदेखि केही विवादास्पद जिम्मेवारी वहन गर्नुपर्ला। व्यर्थैमा अरूको स्वार्थमा उपयोग भइनेछ। राजनीति र नोकरीमा केही उल्झन आउन सक्छन्। तापनि अरूको मन जितेर काम बनाउन सकिनेछ। बिहीवारदेखि व्यवसायबाट सोचेको लाभ मिल्नेछ। मिहिनेतले कीर्तिमानी काम गर्ने अवसर जुट्नुका साथै आम्दानी समेत बढ्नेछ। दिगो आयस्रोत फेला परे पनि सप्ताहान्तमा अधिक खर्च बढ्नेछ।
तुला – Libra (र, रि, रु, रे, रो, ता, ति, तु, ते)
प्रारम्भमा अवसरका लागि चुनौतीसँग लड्नुपर्ने देखिन्छ। शारीरिक अस्वस्थताले पनि काममा पछि परिनेछ। सोमबारदेखि स्थितिमा सुधार आउनेछ। विभिन्न अवसरले पछ्याउनेछन् भने नयाँ जिम्मेवारी प्राप्त हुनेछ। तारिफयोग्य काम सम्पादन गर्न सकिनेछ। बुधवर र बिहीवार हठात् निर्णयले अप्ठ्यारो पर्न सक्छ, अरूको भावना बुझ्ने चेष्टा गर्नुहोला। चुनौती सामना गर्नुपरे पनि मेहनत गर्दा काम बन्नेछ। मित्रहरूको सञ्जाल फराकिलो हुनुका साथै प्रेमको बन्धन समेत कसिने योग छ। सप्ताहान्तमा विशेष अवसर जुट्नुका साथै आम्दानी समेत बढ्नेछ।
वृश्चिक – Scorpio (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
प्रियजनसँगको भेटघाटले सुरुवात रमाइलो रहनेछ। यात्रा गर्ने अवसर जुट्नुका साथै आतिथ्यपूर्ण सम्मान पाइने समय छ। सोमबार र मंगलबार परिस्थिति अलि प्रतिकूल रहन सक्छ। अस्वस्थताका बाबजुद व्यावहारिक झमेलामा अलमलिनुपर्ला। आँटेको काम स्थगित हुन सक्छ। बिहीवारदेखि मेहनत गर्दा विभिन्न अवसर जुट्न सक्छन्। दिगो फाइदाका लागि लगानी बढाउन सकिनेछ। गरिएका कामको राम्रै मूल्यांकन हुनेछ। प्रतिष्ठा बढ्नुका साथै पछिसम्म फाइदा हुने कामको जिम्मेवारी प्राप्त हुनेछ। मिहिनेतले दाम, नाम र इनाम हातलागी हुनेछ।
धनु – Sagittarius (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)
रोकिएका काम बन्नाले आर्थिक पक्ष पनि सबल बन्नेछ। प्रतिस्पर्धीहरू परास्त हुनेछन्। दिगो फाइदा हुने काम सुरु गर्ने अवसर जुट्नेछ। प्रियजनसँग रमाइलाे भेटघाट हुनेछ। प्रेम र मित्रताको बन्धन कसिने बलियो सम्भावना देखिन्छ। बुधवारदेखि परिस्थिति प्रतिकूल बन्न सक्छ। आफ्नो मिहिनेतबाट अरूले फाइदा उठाउने हुँदा गोपनीयतामा विशेष ध्यान दिनुहोला। समयमा कामप्रति गम्भीर नबन्दा अवसर गुम्न सक्छ। कमजोरी अनुभूति हुने हुँदा खानपानमा पनि सजग रहनुहोला। अरूका कामले अलमल्याउने हुँदा आफ्नो योजना अपूर्ण रहला।
मकर – Capricorn (भो, ज, जि, खि, खु, खे, खो, गा, गि)
स्वास्थ्य कमजोर रहनाले केही पछि परिने सम्भावना छ। प्रतिस्पर्धीहरूले पनि अलि दुःख दिनेछन्। अरूका विषयमा चासो लिँदा व्यर्थैमा झमेला आइपर्ला। साेमवारदेखि यात्रा, मनोरञ्जन र पारिवारिक भेटघाटमा अलमलिनुपर्ला। रमाइलो परिस्थितिलाई वादविवादले खलबल्याउन सक्छ। बुधवारपछि खर्चिलो कामतर्फ ध्यान केन्द्रित हुनेछ। समयमा काम गर्न नसक्दा अवसर फुत्कन सक्छ। स्वास्थ्य कमजोर रहनेछ र अर्थ अभावले सताउनेछ। काम बिग्रने भयले सताए पनि सप्ताहान्त लाभदायक रहनेछ। मिहिनेत गर्दा नाम, दाम र इनाम हातलागी हुनेछ।
कुम्भ – Aquarius (गु, गे, गो, सा, सि, सु, से, सो, द)
मेहनत गर्दा भूमि तथा कृषिबाट फाइदा हुनेछ। कामका लागि साइनो गाँस्नेहरूबाट सतर्क रहनुहोला। सामाजिक कार्यले सम्मानित स्थान दिलाउनेछ। तर्कशक्ति बढ्नेछ भने सहपाठीहरूलाई पछि पार्दै शैक्षिक गतिविधिमा फाइदा उठाउन सकिनेछ। बुधबारदेखि प्रतिस्पर्धीहरूले दु:ख दिन सक्छन्। अरूको भरपर्दा समस्या यथावत् रहन सक्छ। समयको गतिलाई पछ्याउन नसक्दा अलि दुःख पाइनेछ। महत्त्वाकांक्षी योजना सार्वजनिक गर्न केही समय पर्खनुहोला। सप्ताहान्तमा कामले धेरैलाई प्रभावित बनाउन सकिनेछ। व्यापारमा फाइदा हुनेछ।
मीन – Pisces (दि, दु, थ, झ, ञ, दे, दो, च, चि)
काम विशेषका लागि साताकाे प्रारम्भ फलदायी रहनेछ। पहिलेकाे उपलब्धिले थप काममा हिम्मत दिलाउनेछ। तर साेमवार र मंगलवार वादविवादले पुरानाे सम्झौता भंग हुन सक्छ। नाता गाँस्नेहरूसँग सजग रहनुहोला। मेहनत गर्दा बुधबारदेखि भाग्यले साथ दिनेछ। अध्ययनमा प्रगति हुनेछ। कीर्तिमानी काम गर्दै धेरैलाई प्रभावित बनाउन सकिनेछ। लगनशीलताले विभिन्न अवसर दिलाउन सक्छ। समुदायको हितमा गरिएका कामको तारिफ हुनेछ। सप्ताहान्तमा भने मौका आए पनि नयाँ काममा हातहाल्नुअघि राम्ररी विचार पुर्याउनुहोला।
नेपाली पात्रोको सहयोगमा तयार पारीएको राशीफल
