आजको पञ्चाङ्ग
ॐ सर्वे भवन्तु सुखिनः
सर्वे सन्तु निरामयाः।
सर्वे भद्राणि पश्यन्तु मा कश्चिद्दुःखभाग्भवेत।
ॐ शान्तिः शान्तिः शान्तिः॥
सौर्यमास र चन्द्रमास अनुसार बिक्रम सम्बत २०८२ भदौ महिनाको ३१ गते मंगलबार तदनुसार इस्वी सम्बत १६ सेप्टेम्बर २०२५ । भाद्र कृष्णपक्ष दशमी तिथि आर्दा नक्षत्र । वव करण चर योग परेको छ।वर्षा ऋतु श्री सूर्यनारायण दक्षिणायन हुँदै सिंह राशीमा हुनुहुन्छ । चन्द्रमा मिथुन राशीमा हुनुहुन्छ । देवगुरु मिथुन राशीमा भ्रमण गरिरहनु भएको छ । सुर्योदय बिहान ५:५० सूर्यस्त बेलुका १८:०६ बजे हुनेछन् । अस्तु ॐनम: शिवाय यहाँहरुको दिन मंगलमय रहोस् ।
आजको दैनिक राशीफल
मेष:– समय र भाग्यको खेलले गर्दा कुनै नविन कार्यमा अग्रसर भइ कार्य आरम्भ गर्नु भयो भने कार्य सफल हुने देखिन्छ । लक्षमीजीको कृपाले धन सम्पत्ति प्राप्ति हुने योग बनेको छ ।
बृष:– राशी अनुसार आजको दिन उत्तम रहेको छ । कुनै नविन कार्य गर्ने सोचमा हुनुहुन्छ भने आरम्भ गर्नु कार्य सफल हुने देखिन्छ । आर्थिक रुपमा पनि आजको दिन राम्रो हुने छ ।
मिथुन:– श्रीलक्ष्मीजीको कृपाले घरमा धन सम्पत्तीको आगमन हुने देखिन्छ । आफूले आँटेताकेका कार्यहरु सफल हुने छन् । समयलाइ राम्रो सँग सदुपयोग गरि कार्य गर्नुहोला सफल भइने छ ।
कर्कट :– राशी अनुसार आजको दिन त्यती राम्रो देखिदैन । हानी नोक्सानी हुने देखिन्छ । बिघ्नहर्ता गणेशजीको आराधनाले दिन शुभ रहने छ ।
सिंह:– समय र भाग्यले अन्त्यन्त साथ दिएको छ । आफ्नो कर्म क्षेत्रमा लगनशिल र दत्तचित्त भइ कार्य गर्नु होला सफल भइने छ । साथीभाइहरुको साथ सहयोग रहने छ । आर्थिक रुपमा पनि निकै उन्नती प्रगति हुने देखिन्छ ।
कन्या:– मनका इच्छा आकांक्षाहरु पुरा हुने देखिन्छ । आटेताकेका कार्यहरु पुरा हुनेछन् । दाजुभाइ इष्टमित्रहरुको पनि साथ सहयोग पाइने योग बनेको देखिन्छ ।
तुला :– मनमा सात्विक विचारको उदय होला मन धार्मिक सामाजिक क्षेत्रमा रमाउने छ । आर्थिक बौद्धिक रुपमा गुणस्तर बृद्धि हुने देखिन्छ ।
बृश्चिक:– राशी अनुसार आजको दिन त्यती राम्रो छैन । सावधानी अपनाएर काम गर्नु होला । दुख कष्टबाट निवारणको लागि गौरीशंकर भगवानको आराधनाले राम्रो हुनेछ ।
धनु:– राशी अनुसार आजको दिन उत्तम रहेको छ । आफ्नो लगनशिल र दत्तचित्तले गर्दा कार्य क्षेत्रबाट मान सम्मान प्राप्ती हुने योग बनेको देखिन्छ । साथै आफ्ना अधुरा कार्यहरु पनि सफल हुने छन् ।
मकर:– भाग्योदय हुने योग बनेको देखिन्छ । यथेष्ट धन सम्पत्ति प्राप्ति होला आँटेताकेका कार्यहरु सफल हुनेछन् । मनमा हर्षोल्लास बढ्नेछ ।
कुम्भ:– सात्विक बिचारको उदय होला । साधु सन्त अथवा आफू भन्दा मान्यजन जेष्ठ र श्रेष्ठ व्यक्तिहरुबाट ज्ञानगुनका कुराहरु सिक्ने अवसर प्राप्त हुने छ ।
मीन:– राशी अनुसार आजको दिन त्यती राम्रो छैन व्यर्थमा वादविवाद कलह झगडा मुद्दा मामलामा पर्ने योग बनेको देखिन्छ । संकट मोचन हनुमानजीको आराधनाले दिन शुभ रहने छ ।
