आजको पञ्चाङ्ग
ॐ सर्वे भवन्तु सुखिनः
सर्वे सन्तु निरामयाः।
सर्वे भद्राणि पश्यन्तु मा कश्चिद्दुःखभाग्भवेत।
ॐ शान्तिः शान्तिः शान्तिः॥
सौर्यमास र चन्द्रमास अनुसार बिक्रम सम्बत २०८२ भदौ महिनाको २८ गते शनिबार तदनुसार इस्वी सम्बत १३ सेप्टेम्बर २०२५ । भाद्र कृष्णपक्ष षष्ठी तिथि ११:०७ उप्रान्त सप्तमी तिथि कृतिका नक्षत्र १४:४५ उप्रान्त रोहीणी नक्षत्र । वव करण ध्वज योग परेको छ ।वर्षा ऋतु श्री सूर्यनारायण दक्षिणायन हुँदै सिंह राशीमा हुनुहुन्छ । चन्द्रमा बृष राशीमा हुनुहुन्छ । देवगुरु मिथुन राशीमा हुनुहुन्छ । सुर्योदय बिहान ५:४७ सूर्यस्त बेलुका १८:११ बजे हुनेछन् । अस्तु ॐनम: शिवाय यहाँहरुको दिन मंगलमय रहोस् ।
आजको दैनिक राशीफल
मेष:– राशी अनुसार आजको दिन उत्तम रहेको छ । आफूले आँटेताकेका कार्यहरु सफल हुनुका साथै आत्म सन्तुष्टि मिल्ने देखिन्छ ।
बृष:– श्रीलक्ष्मी जीको कृपा हुने योग बनेको छ । घरमा लक्ष्मीजी को आगमन हुने र मनमा शान्ति हुने छ । आर्थिक रुपम पनि गुणोत्तर बृद्धि हुने देखिन्छ।
मिथुन:– कुनै कार्य गर्ने सोचमा हुनुहुन्छ भने सावधानी अपनाउनु होला । समय अलि खर्चिलो बन्न सक्छ बिचार नपुराइ काम गर्दा हानी नोक्सानी हुनेछ । बिघ्नहर्ता गणेशजीको आराधनाले दिन शुभ रहने छ ।
कर्कट :– समय र भाग्यले साथ दिने योग बनेको देखिन्छ । आर्थिक रुपमा पनि निकै उन्नती प्रगति होला । नयाँ कार्य थालनी गर्नु राम्रो हुनेछ ।
सिंह:– मनका इच्छा आकांक्षाहरु पुरा हुने देखिन्छ । आँटेताकेका कार्यहरु सफल र सवल हुनुका साथै लक्ष्मीजीको कृपाले आर्थिक रुपमा गुणोत्तर बृद्धि हुने देखिन्छ ।
कन्या:– सात्विक बिचारको उदयले मनमा आनान्दानुभुति प्राप्ति होला । सामाजिक र धार्मिक कार्यमा मन रमाउने देखिन्छ ।
तुला :– राशी अनुसार आजको दिन त्यती राम्रो देखिदैन । सावधानी अपनाउनु होला दुख कष्ट निवारणको लागि संकट मोचन हनुमानजीको आराधनाले दिन शुभ रहने छ।
बृश्चिक:– समय र भाग्यको खेलले गर्दा आफू भन्दा उच्चपदस्थबाट मान सम्मान पाइने योग बनेको छ । आर्थिक रुपमा पनि उन्नति प्रगति हुने देखिन्छ ।
धनु:– राशी अनुसार आजको दिन उत्तम रहेको छ । समय आफ्नो अनुकुलमा चलेको हुनाले आँटेताकेका कार्यहरु सफल हुने छन् र आर्थिक रुपमा पनि निकै उन्नती प्रगति हुने देखिन्छ।
मकर:– सात्विक बिचार र ज्ञानको उदय होला साधु सन्त मान्यजनबाट ज्ञानगुनका कुराहरु सिक्ने अवसर मिल्ने देखिन्छ ।साथै आर्थिक रुपमा लाभ हुने देखिन्छ।
कुम्भ:– अलि होस बिचार पुराएर कार्यको आरम्भ गर्नु पर्ने देखिन्छ । व्यर्थमा कलह बादबिबाद मुद्दामामला पर्न सक्छ । गौरीशंकर जीको आराधानाले दिन शुभ रहने छ ।
मीन:– राशी अनुसार दिन उत्तम रहेको छ । आँटेका सोचेका कार्यहरु सफल हुने छन् र आर्थिक रुपमा पनि प्रगति हुने देखिन्छ ।
