सुशीला कार्कीकाे मन्त्रिपरिषदमा अधिवक्ता ओेमप्रकाश अर्याल कानूनमन्त्री बन्ने लगभग निश्चित देखिएकाे छ । उनी काठमाडौ महानगरपालिकाका मेयर बालेन्द्र साहका सल्लाहकार हुन् ।
अर्याल पछिल्लाे पटक प्रधानसेनापति र राष्ट्रपतिसँगकाे वार्तामा समेत संलग्न थिए ।
यस्तै विद्युत प्राधिकरणका पुर्वकार्यकारी निर्देशक कुलमान घिसिङ र जेनजी प्रतिनिधि सुधन गुरूङकाे नाम पनि भावि मन्त्रीकाे रूपमा चर्चामा छ । नेपाल प्रेसबाट साभार
