आजको पञ्चाङ्ग
ॐ सर्वे भवन्तु सुखिनः
सर्वे सन्तु निरामयाः।
सर्वे भद्राणि पश्यन्तु मा कश्चिद्दुःखभाग्भवेत।
ॐ शान्तिः शान्तिः शान्तिः॥
सौर्यमास र चन्द्रमास अनुसार बिक्रम सम्बत २०८२ भदौ महिनाको २६ गते बिहीबार तदनुसार इस्वी सम्बत ११ सेप्टेम्बर २०२५ । भाद्र कृष्णपक्ष चतुर्थी तिथि १५:५९ उप्रान्त पञचमी अश्वनी नक्षत्र । बाबल करण १५:५९ उप्रान्त कौलव । मानस योग परेको छ ।वर्षा ऋतु श्री सूर्यनारायण दक्षिणायन हुँदै सिंह राशीमा हुनुहुन्छ । चन्द्रमा मेष राशीमा हुनुहुन्छ । देवगुरु मिथुन राशीमा हुनुहुन्छ । सुर्योदय बिहान ५:४७ सूर्यस्त बेलुका १८:११ बजे हुनेछन् । अस्तु ॐनम: शिवाय यहाँहरुको दिन मंगलमय रहोस् ।
आजको दैनिक राशीफल
मेष:– लक्ष्मीजीको कृपाले घरमा धन सम्पत्ती प्राप्ती हुने योग बनेको देखिन्छ । मनले आँटेका सोचेका कामहरु सफल हुने छन् ।
बृष:– राशी अनुसार आजको दिन त्यती राम्रो देखिदैन सावधानी नअपनाइ कार्य गर्दा कही कतै हानी नोक्सानी हुने देखिन्छ ।
मिथुन:– समय र भाग्यले साथ दिएको देखिदैन । आफूले आँटेका र सोचेका कार्यहरु सफल हुने छन् । आर्थिक रुपमा पनि प्रसस्त लाभ हुने देखिन्छ ।
कर्कट :– मनका इच्छा आकांक्षाहरु पुरा हुनेछन् भने आर्थिक रुपमा पनि निकै उन्नती प्रगति भइ मनमा निकै हर्षोल्लास होला ।
सिंह:– सात्वीक विचारको उदयले धर्म कर्म गर्न तिर मन रमाउने छ । आर्थिक रुपमा पनि उन्नती र प्रगति हुने देखिन्छ ।
कन्या:– खर्च र चुनौतीको समय रहेको हुँदा अलि सजग रहनुपर्ला। सामान्य कामका लागि दौडधुप गर्नुपर्नेछ। तत्काल फाइदा नहुने काममा जुट्नुपर्ला। स्वास्थ्यमा कमजोरी अनुभूति हुन सक्छ। खानपान र आहारविहारमा ध्यान पुर्याउनुहोला। केही उपलब्धिको स्रोत भने पहिल्याउन सकिनेछ। दोहोर्याएर प्रयत्न गर्दा आँटेको काम बन्न सक्छ। केही पाउनलाई कुनै वस्तु त्याग्नुपर्ला।
तुला :– भाग्यले र समयले साथ दिएको छ । लगनशिल र दत्तचित्त भएर काम गर्दा मान सम्मान प्राप्ती हुने योग बनेको छ ।
बृश्चिक:– इच्छित कल्पित मनोइच्छाहरु पुरा हुनेछन् । समय र भाग्यले गर्दा आँटेताकेका कार्यहरु सफल हुनेछन् ।
धनु:– सात्विक बिचारको उदयले ज्ञान र बुद्धिको विकास हुनुका साथै शैक्षिक बौद्धिक सामाजिक क्षेत्र गुणोत्तर विद्धि हुने देखिन्छ ।
मकर:– राशी अनुसार आजको दिन त्यती राम्रो देखिदैन । व्यर्थमा कलह झगडा हानी नोक्सानी हुने देखिन्छ । दुर्गा भवानीको आराधना गर्नु दिनहरु शुभ रहनेछन् ।
कुम्भ:– समय र भाग्यको खेलले गर्दा माता लक्ष्मीजीको कृपा बनी रहनेछ । आर्थीक रुपमा धन सम्पत्ती प्राप्ती हुने योग बनेको छ।
मीन:– मानसिक रुपमा पनि आत्मा सन्तुष्टि मिल्नेछ भने आफूले आँटे सोचेको कार्यहरु पनि सफल हुनेछन् । आर्थिक रुपमा पनि सवल हुने देखिन्छ ।
