आजको पञ्चाङ्ग
ॐ सर्वे भवन्तु सुखिनः
सर्वे सन्तु निरामयाः।
सर्वे भद्राणि पश्यन्तु मा कश्चिद्दुःखभाग्भवेत।
ॐ शान्तिः शान्तिः शान्तिः॥
सौर्यमास र चन्द्रमास अनुसार बिक्रम सम्बत २०८२ भदौ महिनाको २४ गते मंगलबार तदनुसार इस्वी सम्बत ९ सेप्टेम्बर २०२५ । भाद्र कृष्णपक्ष द्वितिया तिथि उत्तरभाद्रपदा नक्षत्र । तैतिल करण सिद्धि योग परेको छ ।वर्षा ऋतु श्री सूर्यनारायण दक्षिणायन हुँदै सिंह राशीमा हुनुहुन्छ । चन्द्रमा मिन राशीमा हुनुहुन्छ । देवगुरु मिथुन राशीमा हुनुहुन्छ । सुर्योदय बिहान ५:४६ सूर्यस्त बेलुका १८:१४ बजे हुनेछन् । अस्तु ॐनम: शिवाय यहाँहरुको दिन मंगलमय रहोस् ।
आजको दैनिक राशीफल
मेष:– राशी अनुसार आजकोदिन त्यति राम्रो देखिदैन । आँटेका कार्यहरु अधुरा हुनुका साथै हानि नोक्सानी हुने देखिन्छ । बिघ्नहर्ता गणेशजीको आराधनाले राम्रो हुनेछ ।
बृष:– आजको दिन अत्यन्त राम्रो रहेको छ । आफूले आँटेताकेका कामहरु सफल हुने छन् । व्यापार व्यवसाय र शैक्षिक बौद्धिक प्रशासनिक क्षेत्रमा सफल हुनुका साथै आर्थिक रुपमा निकै लाभ हुने देखिन्छ ।
मिथुन:– मनका इच्छा आकांक्षाहरु पुरा हुने देखिन्छ । गरेर सोचेका कामहरु सफल हुनुका साथै मन सात्विक र सामाजिक क्षेत्रमा लाग्ने छ । आर्थिक रुपमा पनि सफल होला ।
कर्कट :– सात्विक बिचारको उदय हुनुका साथै सामाज सेवा र परोपकारमा मन रमाउने देखिन्छ । सन्त र महापुरुषको सत्संगत गर्ने मौका मिल्न सक्छ भने धर्म र कर्म गर्न तिर मन जानुका साथै आर्थिक रुपमा लाभ हुने देखिन्छ ।
सिंह:– राशी अनुसार आजको दिन त्यति राम्रो देखिदैन । साबधानी अपनाउनु होला हिड्दा डुल्दा र कसैसँग बोल्दा पनि होसियार रहनुहोला । दुख र कष्ट निवारणको लागि गौरी शंकर भगवानको आराधना गर्नाले दिन शुभ रहने छ ।
कन्या:– समय र भाग्यले साथ दिने देखिन्छ । आफ्नो कार्यक्षेत्रमा लगनशील र दत्तचित्त भइ लाग्नाले सवल र सफल हुने देखिन्छ । कुनै शुभ समाचार सुन्न पाइनुका साथै मान सम्मान पाइने छ।
तुला :– घरमा लक्ष्मीजीको कृपाले प्रसस्त धन सम्पत्ति प्राप्ती हुने योग बनेको छ । आफूले आँटेताकेका कार्यमा सफल हुनुका साथै आर्थिक रुपमा प्रगति हुने र भाग्यले पनि साथ दिने छ ।
बृश्चिक:– आफूभन्दा जेष्ठ र श्रेष्ठ व्यक्तिहरुको सत्संगतले गर्दा ज्ञान र बुद्धिको बिकास हुनुका साथै आर्थिक रुपमा पनि गुणोत्तर बृद्धि हुने देखिन्छ ।
धनु:– राशी अनुसार आजको समय त्यती राम्रो देखिदैन । व्यर्थमा बादबिबाद मुद्दा मामलामा पर्न सकिएला संकट मोचन हनुमान जी को आराधना गर्नु राम्रो हुने छ ।
मकर:– समय र भाग्यले अन्यन्त साथ दिएको देखिन्छ । कुनै नबिन कार्य गर्ने सोचमा हुनुहुन्छ भने कार्य आरम्भ गर्नु सफल हुने छ । लक्ष्मीजीकोकृपाले आर्थिक रुपमा उन्नति र प्रगति हुने देखिन्छ ।
कुम्भ:– प्रयत्न गर्दागर्दै पनि केही कमजोरी देखा पर्न सक्छन्। आलोचकहरूबाट पनि केही सजग रहनुपर्ला। मौकामा प्रयत्न गर्दा काम बन्नेछ। सोखले खर्च बढाए पनि मालमत्ता जोड्ने समय छ। आर्थिक कारोबारतर्फ लाभ मिल्नेछ। तर खर्च बढ्नेछ। आज बाहिरिएको धन भने फिर्ता आउन मुस्किल पर्नेछ। विवादास्पद समस्या सुल्झाउने जिम्मेवारी वहन गर्नुपर्ने हुन सक्छ।।
मीन:– श्रीलक्ष्मीजीको कृपाले घरमा धन सम्पत्तीको आगमन हुने देखिन्छ । गरेका र सोचेका कार्यमा सफलता मिल्ने छ । कुनै पाटी समारोहमा समावेश हुने अवसर मिल्नेछ ।
