राष्ट्रिय स्वतन्त्र पार्टीको बेनी नगरपालिका–४, सिंगाको प्रथम वडा अधिवेशनबाट मान बहादुर कार्कीको नेतृत्वमा वडा समिति गठन भएको छ ।
आइतबार सिंगामा भएको भेलाबाट सभापतिमा मानबहादुर कार्की, उपसभापति उमेश केसी, सचिव अजय खड्का चयन हुनुभएको छ । त्यसैगरी सदस्यहरूमा बिष्णु घले, सुक बहादुर गुरुङ, सन्तोष बानियाँ, टेक बहादुर बानियाँ, कुल बहादुर गुरुङ, रोशन क्षेत्री रहनुभएको छ । रास्वपाका म्याग्दी जिल्ला सभापति यूवराज रोकाले दिनुभएको जानकारी अनुसार सिंगाका रास्वपा समर्थक तथा शुभचिन्तकहरुको भेलाले रास्वपाको नयाँ समिति गठन गरेको हो ।
उक्त भेलालाई सम्बोधन गर्दै रास्पाको संसदका प्रमुख सचेतक सन्तोष परियारले पार्टी सभापति रवि लामिछानेलाई सहकारी काण्डमा फसाइएको बताउनुभयो । सभापति लामिछानेमाथि सरकारले अन्ययापूर्ण व्यवहार गरेकाले पार्टीले संसद् र सडकबाट प्रतिरोध गरेको बताउनुभयो । उहाँले संगठन विस्तारलाई तल्लो तहसम्म निर्माणको अभियान लिएर पार्टी देशभर परिचालित भएको परियारको भनाई छ ।
कार्यक्रममा म्याग्दी इन्चार्ज अविन तुलाचना, गण्डकी प्रदेशका सहमहामन्त्री कृष्णप्रसाद लम्साल, केन्द्रिय प्रचारप्रसार विभागका सदस्य अशोक खड्का, गण्डकी प्रदेश महामन्त्री नविन त्रिपाठीले सिंगामा भएको रास्वपाको भेलामा मन्तब्य राख्नुभएको थियो ।
पार्टी सभापति रोकाको सभापतित्वमा भएको भेलामा स्वागत सचिव राजाराम बरुवाल र सञ्चालन उपसचिव कल्पना खत्रीले गर्नुभएको थियो । रास्वपाले म्याग्दी जिल्लाभित्रका सबै वडामा संगठन विस्तार सहित मिसन ८४का लागि केन्द्रित हुने जिल्ला अध्यक्ष रोकाको भनाई छ ।
