आजको पञ्चाङ्ग
ॐ सर्वे भवन्तु सुखिनः
सर्वे सन्तु निरामयाः।
सर्वे भद्राणि पश्यन्तु मा कश्चिद्दुःखभाग्भवेत।
ॐ शान्तिः शान्तिः शान्तिः॥
सौर्यमास र चन्द्रमास अनुसार बिक्रम सम्बत २०८२ भदौ महिनाको १३ गते शुक्रबारतदनुसार इस्वी सम्बत २९ अगस्ट २०२५ । भाद्र शुक्लपक्ष षष्ठी तिथि । स्वाती नक्षत्र गर करण गद योग परेको छ ।वर्षा ऋतु श्री सूर्यनारायण दक्षिणायन हुँदै सिंह राशीमा हुनुहुन्छ । चन्द्रमा तुला राशीमा हुनुहुन्छ । देवगुरु मिथुन राशीमा हुनुहुन्छ । सुर्योदय बिहान ५:४१ सूर्यस्त बेलुका १८:२६ बजे हुनेछन् । अस्तु ॐनम: शिवाय यहाँहरुको दिन मंगलमय रहोस् ।
आजको दैनिक राशीफल
मेष:– राशी अनुसार आजको दिन उत्तम रहेको छ । आफ्नो अधुरा कार्यहरु सफल हुनुका साथै मान सम्मान प्राप्त हुने योग बनेको देखिन्छ ।
बृष:– गोचर अनुसार आजको दिन आफ्नो अनुकुल बनेको देखिन्छ । भाग्यले साथ दिनेछ केही आर्थिक लाभ हुनेछ।
मिथुन:– सन्तमहापुरुषको सत्संगतले मान्छेलाइ ज्ञानवान चरित्रवान बनाउने छ । बौद्धिक ज्ञानको विकाश हुनुका साथै आर्थिक लाभ हुनेछ ।
कर्कट :– बिचार नपुर्याउँदा कहि कतै कलह झगडा बादविवाद पर्ने देखिन्छ । मनमा असन्तोष होला भगवान गौरीशंकरको आराधाना गर्नु राम्रो हुनेछ ।
सिंह:– महालक्ष्मीजीको कृपाले घरमा धन सम्पत्ती प्राप्ती हुने योग बनेको देखिन्छ । घरमा शुख शान्ति प्राप्ति होला ।
कन्या:– मनमा नाना तरहका तरंग उत्पन्न हुनेछन् । मन स्थिर हुने छैन । असन्तोषले गिज्याउने छ । भगवान गणेश जीको आराधना गर्नु राम्रो हुनेछ ।
तुला :– श्री प्राप्तीको योग बनेको छ । आफ्ना अधुरा कार्यहरु सफल हुनेछन् । आर्थिक लाभ हुनेछ।
बृश्चिक:– राशी अनुसार आजको दिन त्यती राम्रो देखिदैन । कहि कतै हानी नोक्सानी हुने देखिन्छ । बिघ्नहर्ता गणेशको आराधनाले राम्रो हुनेछ ।
धनु:– आजको दिन उत्तम छ । आफूले आँटेताकेका कार्यहरु सफल हुनुका साथै आर्थिक लाभ हुने देखिन्छ ।
मकर:– मनका इच्छा आकांक्षाहरु पुरा हुनेछन् । गरेका कार्यहरु सफल हुनेछन् ।
कुम्भ:– सात्विक बिचारको उदय हुनुका साथै मन धर्मकर्म गर्न तिर जाला । अधुरा कार्यहरु सफल होलान् ।
मीन:– राशी अनुसार आजको दिन त्यती राम्रो छैन । दु:ख कष्ट भय त्रास हुने देखिन्छ । संकट मोचन हनुमानजीको आराधनाले राम्रो हुनेछ ।
