आजको पञ्चाङ्ग
ॐ सर्वे भवन्तु सुखिनः सर्वे सन्तु निरामयाः। सर्वे भद्राणि पश्यन्तु मा कश्चिद्दुःखभाग्भवेत। ॐ शान्तिः शान्तिः शान्तिः॥
सौर्यमास र चन्द्रमास अनुसार बिक्रम सम्बत २०८२ भदौ महिनाको 11 गते बुधबार तदनुसार इस्वी सम्बत २7 अगस्ट २०२५ । भाद्र शुक्लपक्ष चतुर्थी तिथि गणेशचतुर्थी १४:०८ बजेपछि पञ्चमी तथा आज राष्ट्रिय धर्मसभा दिवस। हस्ता नक्षत्र ०५:५९ बजेपछि चित्रा नक्षत्र । भद्रा करण १४:०८ बजे पछि वव २:५९ बजे उप्रान्त वावल करण तथा आनन्द योग परेको छ ।वर्षा ऋतु श्री सूर्यनारायण दक्षिणायन हुँदै सिंह राशीमा हुनुहुन्छ । चन्द्रमा कन्या राशीमा हुनुहुन्छ । देवगुरु मिथुन राशीमा हुनुहुन्छ । सुर्योदय बिहान ५:४० सूर्यस्त बेलुका १८:२८ बजे हुनेछन् । अस्तु ॐनम: शिवाय यहाँहरुको दिन मंगलमय रहोस् ।
आजको दैनिक राशीफल
मेष:– राशी अनुसार आजको दिन उत्तम छ । आफ्नो इच्छा आकांक्षाहरु पुरा हुनेछन् साथै केही आर्थिक लाभ हुने देखिन्छ ।
बृष:– सात्विक बिचारको उदय होला । सत्कर्ममा मन जाला ज्ञान र बुद्धिको विकास हुनुका साथै अधुरा कार्यहरु पुरा हुनेछन् ।
मिथुन:– राशी अनुसार आजको दिन त्यती राम्रो देखिदैन । बिचार नपुराउँदा बादविवाद हुने देखिन्छ । भगवान गौरीशंकरको आराधनाले राम्रो हुनेछ ।
कर्कट :– आजको दिन उत्तम छ । लक्ष्मीजीको कृपाले धन सम्पत्ती प्राप्ती हुने योग बनेको देखिन्छ ।
सिंह:– आजको दिन त्यती राम्रो छैन मनमा असन्तोषले गिज्याउला भगवान गणेशजीको आराधना गर्नाले राम्रो हुनेछ ।
कन्या:– राशी अनुसार आजको दिन उत्तम छ । श्रीप्राप्त हुने योग बनेको देखिन्छ ।
तुला :– आजको दिन त्यती राम्रो छैन । कहि कतै हानी नोक्सानी हुने देखिन्छ । भगवान गणेशजीको आराधना गर्नाले राम्रो हुनेछ ।
बृश्चिक:– ज्योतिषशास्त्र अनुसार राम्रो छ । मनोकामनाहरु पुरा हुनेछन् । आर्थिक लाभ हुने देखिन्छ ।
धनु:– लक्ष्मीजीको कृपाले आफ्ना मनोकामनाहरु पुरा हुने छन् । कुनै नया कार्य थालनी गर्ने सोचमा हुनुहुन्छ भने थालनी गर्नुभयो भने पुरा हुनेछ ।
मकर:– मन धर्मकर्म तिर जाला । मनोकामनाहरु पुरा हुनुका साथै आर्थीक लाभ हुने देखिन्छ ।
कुम्भ:– आजको दिन त्यती धेरै उत्तम मान्न सकिदैन । मनलाइ भय डर त्रासले सताउला संकट मोचन हनुमानजीको आराधनाले राम्रो हुनेछ।
मीन:– राशी अनुसार आजको दिन उत्तम छ । गरेका कार्यमा सफल भइएला मान सम्मान प्राप्ति हुने योग बनेको देखिन्छ ।
