आजको पञ्चाङ्ग
सर्वे भवन्तु सुखिना: सौर्यमास र चन्द्रमास अनुसार मिति २०८२ भदौ महिनाको ९ गते सोमबार इस्वी सम्बत २५ अगस्ट २०२५ । भाद्र शुक्लपक्ष द्वितिया तिथि आज दरखाने दिन।उत्तरफाल्गुणी तैतिल करण सौम्य योग परेको छ ।वर्षा ऋतु श्री सूर्यनारायण दक्षिणायन हुँदै सिंह राशीमा हुनुहुन्छ । चन्द्रमा सिंह राशीमा हुनुहुन्छ । देवगुरु मिथुन राशीमा हुनुहुन्छ । सुर्योदय बिहान ५:४० सूर्यस्त बेलुका १८:३० बजे हुनेछन् । अस्तु ॐनम: शिवाय यहाँहरुको दिन मंगलमय रहोस् ।
आजको दैनिक राशीफल
मेष:– राशी अनुसार आजको दिन आफ्नो अनुकुल छ । आफूले आँटेतेका कार्यहरु पुरा हुने छन् । ज्ञान र बुद्धिको बिकास हुनेछ । केही आर्थिक लाभ हुनेछ ।
बृष:– आजको दिन खासै राम्रो देखिदैन मनमा नकारात्मक बिचारले सताउला । बुद्धि नपुराउँदा कहि कतै कलहझगडा हुन सक्नेछ। भगवान गणेशलाइ आरधना गर्नुभयो भने राम्रो हुनेछ।
मिथुन:– धनसम्पत्तिको आगमनले मन हर्षोल्लास हुनुका साथै गरेका कार्य सफल हुनाले आनान्दानुभुति प्राप्ति होला ।
कर्कट :– मनमा असन्तोषले गिज्याउला आटेका कार्य सफल नहुनाले खिन्नता होला । माता दुर्गाभवानीको आराधनाले राम्रो हुनेछ ।
सिंह:– महाँलक्ष्मीजीको कृपाले श्रीप्राप्ती हुने योग बनेको देखिन्छ । आर्थिक लाभ हुनाले मन प्रसन्न होला ।
कन्या:– आजको दिन खासै राम्रो देखिदैन । सावधानी नपुर्याउँदा कहिकतै हानी नोक्सानी होला । गौरीशंकर भगवानको आराधनाले राम्रो होला।
तुला :– चौतर्फीबाट नै आर्थिक लाभ हुने देखिन्छ । आँटेतेका कार्य सफल हुनेछन् ।
बृश्चिक:– मनका इच्छा आकांक्षा पुरा हुनेछन् । कुनै नविन कार्य गर्ने सोचमा हुनुहुन्छ भने कार्य आरम्भ गर्नु सफल भइनेछ ।
धनु:– सात्विक बिचारको उदयले धर्मकर्म गर्न तिर मन जाला कुनै तिर्थस्थलमा जाने मौका मिल्ला ।
मकर:– राशी अनुसार खासै राम्रो छैन दुख कष्ट व्यहोर्नु पर्ला संकट मोचन हनुमानजीको आरधनाले राम्रो हुनेछ ।
कुम्भ:– आफ्नो भाग्यको खेल गरदा राजसम्मान प्राप्ती हुने योग बनेको देखिन्छ । आर्थिक लाभ हुँदा मन निकै प्रसन्न हुने देखिन्छ ।
मीन:– राशी अनुसार आजको दिन उत्तम छ । परोपकार तर्फ मन जाला र केही आर्थिक लाभ हुने भएको हुँदा मनमा खुशीयाली छाउने देखिन्छ ।
