आजको पञ्चाङ्ग
सर्वे भवन्तु सुखिना: सौर्यमास र चन्द्रमास अनुसार मिति २०८२ भदौ महिनाको २ गते सोमबार इस्वी सम्बत १८ अगस्ट २०२५ । भाद्र कृष्णपक्ष दशमी तिथी मृगशिरा नक्षत्र ब करण आनन्द योग परेको छ । सूर्यनारायण दक्षिणायन हुँदै सिंह राशीमा हुनुहुन्छ । चन्द्रमा बृष राशीमा हुनुहुन्छ । देवगुरु मिथुन राशीमा हुनुहुन्छ । सुर्योदय बिहान ५:३६ सूर्यस्त बेलुका १८:३७ बजे हुनेछन् ।
अस्तु ॐनम: शिवाय यहाँहरुको दिन मंगलमय रहोस् ।
आजको दैनिक राशीफल
मेष:– मनमा असन्तोषले गिज्याउला कुनै कार्यमा जस नमिल्ला माता भगवतीको आराधनाले राम्रो हुनेछ ।
बृष:– माता लक्ष्मीजीको आगमनले मनमा हर्षोल्लास हुनुका साथै गरिएको कार्यमा सफलत होला ।
मिथुन:– राशी अनुसार आजको दिन राम्रो त्यती धेरै छैन। कहि कतै हानी नोक्सानीको सम्भावना छ । भगवान गणेशको आरधनाले राम्रो हुनेछ ।
कर्कट :– आजको दिन सर्वोत्तम मान्न सकिन्छ । आर्थिक रुपमा प्रसस्त धन सम्पत्ति लाभ हुने देखिन्छ ।
सिंह:– मनोइच्छा पुरा हुनेछन् भने आफ्नो क्षेत्रको कार्य क्षेत्रमा सन्तुष्टि मिल्ला ।
कन्या:– सज्जन मानिसको संगतले धर्मकर्म गर्न तिर मनजाला परोपकार गर्नमा मन रमाउला ।
तुला :– राशी अनुसार आजको दिन त्यति राम्रो देखिदैन । मनमा पश्चातापा एवम् ग्लानी होला । भगवान शिवको आराधनाले राम्रो हुनेछ ।
बृश्चिक:– मान सम्मान हुने योग बनेको छ । आर्थिक रुपमा गुणस्तर बृद्धि होला ।
धनु:– मनोइच्छाहरु पुरा हुन्छन् । आर्थिक लाभ भइ आँटेताकेका कामहरु पुरा हुनेछन्।
मकर:– सद्गुरुको कृपाले बौद्धिक क्षेत्रमा सफलता मिल्नुका साथै ज्ञानको बृद्धि हुने योग बनेको छ ।
कुम्भ:– राशी अनुसार राम्रो देखिदैन बोल्दा कुनै कार्यमा अगाडी बढ्दा सोचबिचार गर्नु होला । गणेशजीको आराधनाले राम्रो हुनेछ ।
मीन:– घरमा धन सम्पत्तीको आगमनले मनमा हर्षोल्लास हुनुका साथै आनन्दानुभुती प्राप्ती होला ।
