बेनी नगरपालिका ४ सिंगामा अबस्थित धवलागिरी माध्यामिक विद्यालयमा अतिरिक्त क्रियाकलाप अन्तर्गत श्रीकृष्ण जन्माष्टमी तथा हिन्दू नारीहरूको पर्व हरितालिका तीजका अवसरमा शुभकामना आदानप्रदान सहित तीज गीत प्रतियोगिता सम्पन्न भएको छ ।
बिद्यालयमा आयोजीत प्रतियोगितामा पाँच टीमको सहभागीता रहेको थियो । उक्त कार्यक्रममा विद्यालयको कक्षा १० मा अध्ययनरत छात्रा अर्पणा क्षेत्रीको समूहले प्रथम स्थान प्राप्त गर्न गरेको छ । विद्यालयकी शिक्षक तथा साँस्कृति कार्यक्रम संयोजक सरिता सुवेदीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा शिक्षक राजाराम पौडेलले स्वागत गर्नु भएको थियो ।
निर्णयका रुपमा शिक्षकहरु दण्डपाणि सापकोटा, उमा कँडेल र शेर बहादुर केसी हुनुहुन्थ्यो । निर्णायक मण्डलका संयोजक दण्डपाणि सापकोटाले नतिजा सार्वजनिक गर्नुका साथै कार्यक्रम माथि थप प्रकाश पार्नुभएको थियो । तीज गित प्रतियोगितालाइ भव्य बनाउनका लागि शिक्षक मुकुन्द पौडेल र कक्षा १० का छात्र सुजन श्रीसले बाध्यवादनको कार्य गर्नु भएको थियो । त्यसैगरी प्राविधि संयोजनमा शिक्षक विमल बस्याल र रवि बानियाँका साथै छात्रा पूजा बानियाँले गर्नु भएको थियो ।
कार्यक्रमको सञ्चालन शिक्षक रमेशप्रसाद पौडेलले गरेको कार्यक्रममा व्यानर लेखन शिक्षक काशीराम पौडेल र बाल सजावटका सामग्रीहरूको निर्माण विद्यालयकै शिक्षकहरू सरस्वती शर्मा, सरिता सुवेदी, दण्डपाणि पौडेल र निशा खड्काले गर्नुभएको थियो ।
विद्यार्थीहरुमा सामाजिक चेतना अभिवृद्धिका साथै कला संस्कृतिको वारेमा ज्ञान तथा क्षमता अभिबृद्धिका लागि यस्ता खालका कार्यक्रमको आयोजना गरिएको कार्यक्रममा बताइएको थियो ।
