आजको पञ्चाङ्ग
सर्वे भवन्तु सुखिना:
सौर्यमास र चन्द्रमास अनुसार मिति २०८२ साउन महिनाको ३१ गते शनिबार इस्वी सम्बत १६ अगस्ट २०२५ । भाद्र कृष्णपक्ष अष्टमी तिथी (मोहरात्री) भरुणी नक्षत्र ८:१५ बजे सम्म त्यस पछि कृतिका नक्षत्र बालव करण ध्वाँक्ष योग वर्षा ऋतु सूर्यनारायण दक्षिणायन हुँदै कर्कट राशीमा हुनुहुन्छ । चन्द्रमा १:५० बजे सम्म मेष राशीमा हुनुहुन्छ । देवगुरु मिथुन राशीमा हुनुहुन्छ ।
सुर्योदय बिहान ५:३५ सूर्यस्त बेलुका १८:३९० बजे हुनेछन् ।
अस्तु ॐनम: शिवाय यहाँहरुको दिन मंगलमय रहोस् ।
आजको दैनिक राशीफल
मेष:– लक्ष्मीजीको आगमनले मनमा हर्षोल्लास हुनुका साथै आटेताकेका कामहरु पुरा हुनेछन् ।
बृष:– राशी अनुसार आजको दिन राम्रो देखिदैन कही कतै हानी नोक्सानी होला गौरीशंकरको आरधनाले राम्रो होला ।
मिथुन:– आजको दिन सर्वोत्तम छ । आर्थिक रुपमा पनि प्रसस्त लाभ हुने योग बनेको देखिन्छ ।
कर्कट :– मनोइच्छाहरु पुरा हुँदै जानेछन् गरेको कार्यमा सन्तुष्टि मिल्ला ।
सिंह:– सज्जन पुरुषको संगतले धर्मकर्म गर्न तिर मन जाला परोपकारमा नै दिन बित्ने देखिन्छ ।
कन्या:– राशी अनुसार आजको दिन त्यती राम्रो देखिदैन मनमा केही पश्चाताप वा ग्लानी होला भगवान शिवको आरधनाले राम्रो हुनेछ ।
तुला :– मान सम्मान प्राप्ती हुने योग देखिन्छ । आर्थीक रुपमा गुणस्तर बृद्धि होला ।
बृश्चिक:– आर्थिक रुपमा गुणस्तर बृद्धि होला । आँटेताकेका कार्यमा सफलता भइएला ।
धनु:– सद्गुरुको कृपाले बौद्धिक क्षेत्रमा सफलता र सज्जन मानिसहरुको संगतले ज्ञानको बृद्धि होला ।
मकर:– राशी अनुसार राम्रो छैन । बोल्दा कुनै कार्यमा अगाडी बढ्दा निकै सोच बिचार गर्नुहोला । गणेशजीको सेवाले राम्रो होला ।
कुम्भ:– घरमा धन सम्पत्तीको आगमनले मनमा हर्षोल्लास हुनुका साथै आनान्दानुभूति प्राप्ति होला ।
मीन:– मनमा असन्तोषीपन पैदा होला । आजको दिनमा गर्ने कुनै पनि कार्यमा जस मिल्ने देखिदैन ।
