बागलुङ, १५ फागुन – बागलुङ बहुउद्देश्यीय सहकारी संस्था बागलुङको १७ औँ स्थापना दिवस बिभिन्न क्षेत्रका व्यक्तित्वलाई सम्मान गरि मनाइएको छ ।
स्थापना दिवसको अवसरमा संस्थाले धार्मिक क्षेत्रमा काम गरी महत्वपुर्ण योगदान पु¥याएको भन्दै कालिका भगवती गुठी व्यवस्थापन समितिका अध्यक्ष राजु खड्का, साहित्यिक क्षेत्रमा योगदान पु¥याउने साहित्यकार काजी रोशन र, व्यवसायिक कृषि खेती गर्ने सरु बस्नेतलाई सम्मान गरिएको संस्थाले जनाएको छ । यसका साथै एसएलसी परिक्षामामा उत्कृष्ट अंक ल्याउने विद्यार्थी र संस्थाका १४ जना ज्येष्ठ शेयर सदस्यलाई सम्मान गरिएको थियो ।
कार्यक्रममा संस्थाका संरक्षक देबबहादुर श्रेष्ठले सहकारी आर्थिक विकासको मेरुदण्ड भएकाले आयमुलक तथा सचेतनामुलक कार्यक्रममा गर्नुपर्ने बताए । कार्यक्रम संस्थाका उपाध्यक्ष दुर्गादत्त आचार्य, जिल्ला बचत तथा ऋण सहकारी संघ बागलुङका अध्यक्ष एवं नेफ्सुनका सञ्चालक चण्डीप्रसाद शर्मा, स्वास्थ्य सहकारी संघका अध्यक्ष सिता शर्मा, ज्येष्ठ शेयर सदस्य रामप्रसाद श्रेष्ठ, एकता सहकारी संस्थाका अध्यक्ष धुर्वप्रसाद शर्मा, सिवाईसी बचत तथा ऋण सहकारी संस्थाका उपाध्यक्ष गिता रेग्मी, शंखधर बहुउद्देश्यीय सहकारी संस्थाका उपाध्यक्ष सुरेशप्रसाद श्रेष्ठ, सल्लाहकार श्यामप्रसाद श्रेष्ठ, हरिप्रसाद गौतम, शेयर सदस्य रामचन्द्र शर्मा लगायतले शुभकामना मन्तव्य राखेका थिए ।
कार्यक्रम संस्थाका अध्यक्ष अशोकगोविन्द राजभण्डारीको अध्यक्षता, सह–सचिव उषा पौडेलको स्वागत मन्तव्य र सचिव योगनाथ शर्मा कँडेलको सञ्चालनमा सम्पन्न भएको थियो ।