म्याग्दी, १५ फागुन – जिल्ला सदरमुकाम बेनीमा आगामी चैतमा राष्ट्रिय स्तरको व्याडमिन्टन प्रतियोगिता हुने भएको छ ।
म्याग्दीका युवाहरुको नेतृत्वमा काठमाण्डौमा स्थापित गंगटा युथ क्लबको आयोजनामा चैत १० गतेदेखि १२ गतेसम्म बेनीमा चौथो खुल्ला राष्ट्रिय व्याडमिन्टन प्रतियोगिता हुन लागेको हो । राष्ट्रिय स्तरका व्यवसायिक र विभागीय टोलिका खेलाडिहरु समेत सहभागि हुने प्रतियोगिताको तयारी तिब्र पारिएको क्लबले बेनीमा पत्रकार सम्मेलन गरि जानकारी गराएको छ ।
क्लब स्थापना संगै काठमाण्डौमा निरन्तर रुपमा आयोजना गर्दै आएको प्रतियोगितालाई यस पटक म्याग्दीमा आयोजना गरिएको क्लबकमा अध्यक्ष रमेश पुनले बताए । ‘गृहजिल्लामा राष्ट्रियस्तरको प्रतियोगिता गदैछौ । जिल्लाबासीबाट समेत सहयोगको अपेक्षा गरिएको छ’ पुनले भने । तीनवटै विभागीय टिमबाट समेत सहभागि हुने प्रतियोगितामा राष्ट्रियस्तरका खेलाडीको उपस्थितीले जिल्लाका खेलाडीहरुलाई समेत सिक्ने र सहभागि हुने अवसर मिल्ने बताए । विभिन्न पाँचवटा विधाका खेलमा महिला र पुरुषको सहभागिता हुने छ ।
प्रतियोगितामा पुरुष, महिला एकल, पुरुष डवल, १७ बर्ष मुनिको पुरुष लगाएत जिल्लास्तरका खेलाडी विच समेत खेल हुने छ । सर्वा्धिक धनराशीको प्रतियोगितामा विभिन्न विधामा प्रथम पुरस्कार १ लाख देखी ५० हजार, द्धितिय ५० देखी २५ हजार, तृतिय २५ देखी ५ हजारसम्म रहेको छ । पुरुष डवलमा सर्वा्धिक १ लाख पुरस्कार रहेको क्लवका उपाध्यक्ष योगेन्द्र पुनले बताए । पत्रकार सम्मेलनको अवसरमा क्लवमार्फत भइरहेका खेलकुद सहित विभिन्न सामाजिक क्षेत्रका गतिविधिका बारेमा समेत जानकारी गराइएको थियो । म्याग्दी जिल्लाका काठमाण्डौमा बसोबास गर्ने म्याग्देलीले स्थापना गरेको क्लवमा आवद्ध भएका यूवाले आगामी दिनमा समेत निरन्तर जिल्लाको खेलकुदमा सहयोग गर्ने प्रतिबद्धता समेत जनाएका छन् । खेलकुद प्रतियोगिताका लागि आवश्यक पर्ने पुर्वाधार सहित कवर्ड हलमा आवश्यक पुर्वाधारमा समेत सहयोगको प्रतिबद्धता जनाएका छन् ।
अन्र्तराष्ट्रियस्तका पुर्वाधार सहित हुने प्रतियोगितालाई सभ्य र भब्य रुपमा सञ्चालन गर्न जिल्लास्तरीय अन्तरक्रिया कार्यक्रम समेत सम्पन्न गरिएको छ । क्लवले विगतमा भुकम्प प्रभावित म्याग्देलीलाई समेत एकबर्षसम्म पुग्ने लत्ताकपडा वितरण गरेको थियो ।
क्लवका पदाधिकारीले बरंजा मसारका २ र, बावियाचौर रनवाङका ३, अर्मन ६, दरवाङको तल्लो दुखु २, मराङ ३, विम ४, कुहुँ ४, मंगलाघाट १, डम्बरा १ गरी २६ घरधुरीलाई लत्ताकपडा वितरण गरेका थिए । हरिकृष्ण गौतम