बागलुङ, १४ फागुन – नेपाली सेनाले महाशिवरात्री तथा सेना दिवश विभिन्न कार्यक्रम गरेर मनाएको छ । बागलुङ नगरपालिका ११ उपल्लाचौरमा रहेको २३ नम्वर वाहिनि अडडा, अर्जुनवाण गण, २३ नम्वर फिए गुल्म र २३ नम्वर सिग्नल गुल्मको संयुक्त आयोजनामा विभिन्न कार्यक्रम गरी मनाएको हो ।
सेना दिवसको अवसरमा विहान परेड तथा तोप, बढाइँ, कवाज, आतसबाजी लगायत कार्यक्रम सम्पन्न गरेको हो । सेना दिवसको अवसरमा नेपालको स्वतन्त्रता, भौगोलिक अखण्डता तथा सार्वभौमसत्ताको रक्षाका लागि इतिहासका विभिन्न कालखण्डमा ज्यान गुमाएका सहिदहरुप्रति २३ नम्वर वाहिनि अडडा वाहिनिपति कृष्ण वहादु गुरुङ, अर्जुनवाण गणका गणपति अच्युतम भण्डारी लगाएत शैनिक अधिकृत तथा जवानहरुले श्रद्धाञ्जली अर्पण गरेका थिए । सो अवसरमा वाहिनिपति गुरुङले वढुवा भएकालाई दर्जानी चिन्ह समेत प्रदान गरे । त्यस्तै दिवसको अवसरमा बानपा ११ निर्यघाटमा रहेको वृद्धाश्रममा रहेका जेष्ठनागरिकलाई खाद्यान्न तथा फलफुत हस्तान्त्रण गरेको छ । अर्जुनवाण गणका गणपति अच्युतम भण्डारीको टोेलीले वृद्धाश्रमका वृद्धवृद्धाहरुलाई हस्तान्त्रण गरे ।
दिवशकै अवसरमा बागलुङ नगरपालीका वडा नम्वर १० कुढुलेमा रहेको रंगवैकटेस लक्ष्मी नारायण मन्दीर तथा मुक्तिनाथ वेद विद्याश्रम सस्कृत पाठशालामा पनि खाद्यान्न तथा फलफुत हस्तान्त्रण गरेको छ । २३ नम्वर वाहिनिका सेनानी प्रवलविक्रम शाहको टोलीले हस्तान्त्रण गरेको थियो । त्यसैगरी सुस्त मनस्थीति कल्याण सस्था बागलुङ विशेष वालकक्षाका वालवालिकालाई शैक्षिक सामाग्रि तथा खाद्यान्न सामाग्रि हस्तान्त्रण गरिएको छ । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष सुरेश प्रसाद श्रेष्ठको अध्यक्षतामा सम्पन्न कार्यक्रममा अर्जुनवाण गणका गणपति अच्युतम भण्डारीको वालवालिका लाई शैक्षिक सामाग्रि हस्तान्त्रण गरे । सो कार्यक्रमको संचालन विद्यालयका प्रअ युत्तजंग राजण्डारीले गर्नु गरेका थिए । नेपालको स्वतन्त्रता, भौगोलिक अखण्डता तथा सार्वभौमसत्ताको रक्षाका लागि इतिहासका विभिन्न कालखण्डमा नेपाली सेनाले उदाहरणीय र कीर्तिमानी काम गर्दै आएको छ । नेपाली सेनाकै वीरताका कारण अङ्ग्रेजको दबदबा रहेको अवस्थामा समेत दक्षिण एसियामा नेपाल मात्र उपनिवेश हुनबाट जोगिएको थियो ।
संयुक्त राष्ट्रसङ्घीय शान्ति स्थापनामा नेपाली सेनाको सहभागिता सन् १९५८ देखि सुरु भएकामा हालसम्म झण्डै एक लाख १५ हजार सैनिकबाट योगदान भइसकेको छ । विश्वका कतिपय द्वन्द्वग्रस्त देशमा शान्तिका लागि ज्यानको बाजी लगाउँदै नेपालका ६३ जना सैनिकले जीवन बलिदान दिइसकेका छन् । संयुक्त राष्ट्रसङ्घमार्फत विश्वमा खडा भएका १५ शान्ति स्थापना शिविरका लागि नेपाली सेनाका चार हजार छ सयभन्दा बढी सैनिक अहिले परिचालित छन् । शान्ति स्थापनाका लागि सेना खटाउने देशहरूको कोटिमा नेपाल छैटौँ स्थानमा छ । पछिल्ला समयमा नेपाली सेनाले देशभित्र विपद् व्यवस्थापन र सडकलगायत पूर्वाधार निर्माणमा भरपर्दो छवि स्थापित गर्न सफल भएको छ । राष्ट्रिय सुरक्षा, महत्वपूर्ण संरचना र भौतिक पूर्वाधार र प्राकृतिक सम्पदाको सुरक्षा, विकासनिर्माणको जिम्मेवारीसँगै नागरिकसँगको सम्बन्धलाई बलियो बनाउने तथा मानवाधिकारको विश्वव्यापी मान्यतालाई आत्मसात् गर्ने कार्यलाई नेपाली सेनाले प्राथमिकतामा राखेर काम गर्दै आएको छ ।