म्याग्दी, १३ फागुन – स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचनका लागि अनेरास्ववियु म्याग्दीले म्याग्दी बहुमुखी क्याम्पस र मंगला शिक्षा क्याम्पसमा आफ्नो संगठनको तर्फबाट उमेद्वारी घोषणा गरेको छ ।
त्रिभुवन विश्व विद्यालय अन्तरगतका फागुन १८ गते हुने स्ववियु चुनावको लागि म्याग्दी सभापति, सचिव, कोषाध्यक्ष लगायत प्रत्यक्ष निर्वा्चित र समानुपातीक तर्फका उमेद्वारहरुको नामावली सार्वजनीक गरेको हो । नेकपा एमाले पार्टी कार्यालयमा भएको पत्रकार सम्मेलनमा म्याग्दी बहुमुखी क्याम्पसमा जिल्ला सचिव सावीत्री केसी र मंगलामा अनीषा भट्टराईलाई अनेरास्ववियुको तर्फबाट सभापतिमा उमेदवार बनाउने निर्णय भएको केन्द्रिय सदस्य प्रकाश पौडेलले बताए । केन्द्रिय सदस्य पौडेल, जिल्ला अध्यक्ष सुवास बिक र एमालेका विद्यार्थी बिभाग प्रमुख दिपक कार्कीको बैठकले टुङ्गो लगाएको उमेद्वारहरुको नामावली बैकल्पीक केन्द्रिय सदस्य भुपेन्द्र थापाको विषेश उपस्थिपतिमा जिल्ला अध्यक्ष हरिकृष्ण श्रेष्ठ, सचिव बालकृष्ण सुवेदी लगायत नेताहरुको उपस्थितीमा सार्वजनिक गरिएको थियो ।
म्याग्दी क्याम्पसको सचिवमा दर्पण रोका, कोषाध्यक्षमा नविन सुवेदी र प्रत्यक्ष निर्वाचित सदस्यहरुतर्फ रश्मी रोका, भरत मल्ल, बिकास केसी, भावना जिसी, स्वतीका नेपाली र शुष्मा खत्री तथा समानुपातीकतर्फ उपसभापतिमा ईश्वर सुवेदी, सहसचिवमा मिलन खत्री, सदस्यहरुमा गंगा पुन, पूर्णमा बुढाथोकी, सृजना घर्ती र शुष्मा पुनलाई उमेद्वार बनाउने अनेरास्ववियूले जनाएको छ । त्यसैगरी मंगला क्याम्पको सचिवमा अनेरास्ववीयुले प्रकाश खड्का, कोषाध्यक्षमा संगिता नेपाली, सदस्यहरुमा कृष्ण छन्त्याल, शोभा कडेल र बिमला किसानलाई उमेद्वार बनाइएको छ । म्याग्दी क्याम्पसको स्ववियु सभापतिमा पहिलो महिला उमेद्वार बनेकी केसीले जिल्लाको पुरानो इतिहास बोकेको क्याम्पसमा अध्ययरत विद्यार्थीको सक्षमता प्रस्तुत तथा भर्ना र मासिक शूल्क वृद्धीका लागि आफूहरुले गरेको पहललाई निष्कर्षमा पु¥याउन विद्यार्थीले साथ दिने बताईन् ।
जिल्लाको कुहुँ गाविसमा जन्मिएकी केसीले विगतमा समेत क्याम्पसका विभिन्न आन्दोलन तथा विद्यार्थीका एजेण्डालाई कार्यान्वयन गर्न निर्णायक भूमिका निर्वाह गरेकी थिईन् ।