तुलसीराम पाण्डे
ॐ नमः शिवाय
कर्पुर गौरं करुणावतारं ।
संसार सारं भुजगेन्द्रहारं ।।
सदा बसन्तं हृदयारविन्दे ।
भवं भवानी सहितं नमामी ।।
त्वमेव माता च पिता त्वमेव ।
त्वमेव बन्धुश्च सखा त्वमेव ।।
त्वमेव विद्या द्रविणं त्वमेव ।
त्वमेव सर्वं मम देव देव ।।
कपुरको जस्तो गोरो वर्ण भएका, दयाका खानी भएका, संसारको सार वा सवैको आस्थाका केन्द्र भएका, सर्पराज (वाशुकी)को माला पहिरेका, हृदयरुपी कमलमा सधै बास गर्ने वा बसीरहने आफ्नी अर्धङ्गीनी सहित विराजमान भएका संसारका भगवान शिव पार्वतीलाई मेरो नमस्कार छ । तपाई आमा हुनुहुन्छ र बाबु पनि हुनुहुन्छ । साथी, इष्टमित्र, र नाता सम्बन्ध पनि हुनुहुन्छ । विद्या र धन पनि तपाई नै हुनुहुन्छ । तपाई सवैथोक हुनुहुन्छ । तपाई देवताको देवता र मेरो पनि देवता हुनुहुन्छ । शिवरात्रीलाई शिवको विशेष दिन मानिन्छ । अन्य दिनमा भक्तहरुले शिवको आराधना गरेपनि शिवरात्रीमा भगवान शिवले भक्तसँग भेटनलाई पृथ्वीको सर्वभागमा घुम्नुहुन्छ । शिव भगवान सृष्टीको सवै कण कणमा व्यापक भएको हुनाले यहाँ शिवको नजर पुगेको छैन भन्ने कुनै ठाउँ हुँदैन ।
चाडवाडहरुका आफ्ना–आफ्ना तौरतरिका र विशेषता छन् । त्यसमा शिवरात्रीको विशेषता भनेको शिवको विशेष दिन मानेर शिवको धुनी ताप्ने र शिवले दिएको प्रसाद खाने गरिन्छ । त्यस दिनलाई अहिलेका मानिसहरु गाँजा, धतुरो, चरेस, अफिम जस्ता लागु पदार्थ खानु नै शिवको भक्ति गरेको भन्ने बुझाइ रहेको छ । वास्तवमा त्यसो नभई भगवान शिवले संसारको रक्षाको लागि त्यस्ता लागु पदार्थ र विष समेत आफ्नो शरिरमा लिने र संसारको रक्षाको लागि अमृत दान गर्ने र सवै प्राणीहरुलाई जिवित र निरोगी रहनको लागि त्यसो गरिएको हो । त्यसदिनमा अरु दिन छोड्न नसकेको लागु पदार्थ शिवको धुनिमा होम गरेर शिवलाई दान गरी आफु निरोगी रहने प्रण गर्ने दिन हो । शिवरात्री र बाला चतुर्दशीमा सवै शिव मन्दिरहरुमा भक्तहरुको घुईचो लाग्दछ । शिवरात्री फागुन कृष्णपक्षको त्रयोदशी तिथिमा पर्दछ भने बाला चतुर्दशी मंसिर कृष्ण पक्षको चतुर्दशी तिथिमा पर्दछ ।
बाला चतुर्दशीमा शिव परिसरमा सतविउ छर्ने गरिन्छ । त्यसरी विउ छर्नाले स्वर्गमा भएका आफ्ना पितृहरुले खान पाउने र आफु स्वर्गमा जाँदा समेत त्यसैबाट खान पाईने विश्वासमा सवै हिन्दुहरुले जिवनमा एक पटक भएपनि सत विऊ छर्दछन् । धार्मिक मान्यता अनुसार संसार प्रलय वा महाविपत्तिमा परेपनि त्यो विउ स्वर्गमा सुरक्षित रहने र आवश्यक परेको बेलामा पृथ्वीमा ल्याउन सकिने हो भने व्यवहारिक रुपमा मंसिरमा सवै भन्नले भरिभराउ भएको समयमा केहि विउ छरेपछि अकस्मात अनिकाल परेर डढेलो लागेर वा अन्य कुनै विपत्ति परेर विउ नभेटीएमा त्यहि शतविज उठाएर ल्याएर आफ्नो खेत वारीमा छरे पनि जिवन धान्न सकिने आधार बनाएको बुझ्नु पर्दछ ।
पहिले पहिले विभिन्न धार्मिक स्थान पवित्र नदिका किनार र मन्दिरका परिसरमा साधु सन्तहरु तपस्या गरेर बस्नु हुन्थ्यो । उहाँहरुले पनि भगवानका गुण धारण गरेर संसारलाई सक्दो सेवा पु¥याउनु हुन्थ्यो ।
त्यसै क्रममा गलेश्वर शिवालयमा १०÷१५ सालतिर (ग्लेश्वरवावा–अवतारी) इश्वरानन्द स्वामी, भन्ने एक जना योगी हुनुहुन्थ्यो । उहाँ कहाँबाट आउनुभयो र जन्म कहिले भयो भन्ने थाहा हुन नसकेपनि उहाँ सिद्ध योगी भएको कुरा प्रत्यक्ष भोगेको व्यवहारबाट थाहा भयो । उहाँ जहिलेपनि लगौटी मात्र लगाएर बस्न सक्नुहुन्थ्यो ।
उहाँ मन्दिर भित्र बस्दा कहिले बाघ, कहिले अजिंगर र कहिले अन्य जनावरको रुप धारण गरेर ढोका थुनेर बस्नुहुन्थ्यो । कोहि भेट्न गएमा पहिल्यै बोलाउनु र ढोका खोले पछि मात्र भित्र हेर्नु भन्ने लेखेर टाँस्नु भएको थियो । त्यस समयमा धेरै मानिस अनपढ भएपनि धार्मिक आस्था बलियो भएको हुनाले कसैले एक्कासी ढोका खोलेको थाहा भएन । उहाँले एक पटक दिएको चिजले सबैलाई अघाउन्जेल खान पुग्थ्यो । कामको समयमा खेताला कम भएर मेलो रोकिएको देखेमा पझ्मासन बाँधेर कालिगण्डकी तरेर परि गई एक पटक हात घुमाएपछि दिनभरीलाई रोप्न पुग्ने विउ काढ्नु हुन्थ्यो । खरानी भित्र हात राखेर घुमाएपछि पैसा निकाल्नुहुन्थ्यो । अन्य आवश्यक परेको कुरा पाउन नसकिएमा उहाँले कल्पना गरेपछि सिद्ध भएर आउथ्यो ।
त्यसै समयमा बागलुङबाट ३ जनाले लाहुर जाने सल्लाह गरी थाक हिडेका रहेछन् । नुन ल्याएर घर छाडेपछि परिबारलाई अन्य घरको काम गरे पुग्ने र आइमाइले नुन लिन जाने चलन नभएको हुनाले त्यसो गरेका रहेछन् । थाक खोलाबाट नुन लिएर फर्कदा राँखुमा बास बसेर अर्को दिन विहानै उठेर हिड्दा गलेश्वर आउँदा भात खाने बेला भएछ । त्यहि समयमा एक जनाले यहाँ ‘प्रभुलाई’ हात हेराउनु प¥यो भन्ने कुरा निकालेछन् । भात खाएर तिनै जना हात हेराउन गएछन् । प्रभुसँग कुरा गरेपछि सवैले आ–आफ्नो कुरा सुनाएछन् नुन लगेर घरमा छोडेपछि लाहुर जाने सल्लाह गरेको कुरा पनि सुनाएछन् त्यसपछि प्रभुले पालैसँग हात हेर्नुभएछ । त्यसै क्रममा अलि उमेर पुगेकालाई लाहुर नै जाने सल्लाह दिनुभएछ । उनी लाहुर गएपछि सरकारी नोकरी पाएछन र पेन्सन पनि पाउने भएछन । अर्कालाई ज्योतिष विद्या पढेपनि सिद्धि नआएकोले लाहुर जाने कुरा सुनाउदा कहि जानुपदैन सिद्धि आउछ भगवानमा भरोसा गर भनेछन् । उनलाई ३ दिनपछि सिद्धि आएछ र त्यसपछि लगातार चिना हेराउनेहरु आइरहेछनु र त्यसैबाट गृहस्थी चलेछ । अर्कालाई पुरेत्याईबाट जिविका चल्न गाह्रो भएको कुरा गरेछन् । उनलाई पनि कहिँ जानु पर्दैन धैर्य राख त्यसैबाट जिविका हुन्छ भन्ने सल्लाह दिएछन । उनलाई पनि केही समय पछि पुरेत्याईबाट नै आम्दानी बढ्न थालेछ र जिविका सजिलोसँग चलेछ ।
त्यसपछि उहाँ गलेश्वर बाबा–इश्वरानन्द स्वामी देवघाटमा गएर बसेको कुरा पछि थाहा भयो । गएको साल ख्याल भएन भने ३०÷३५ सालतिर देवघाटमा नै देहत्याग गर्नुभएको कुरा पछि थाहा भयो ।