बागलुङ, ११ फागुन – बिद्यामन्दिर पुस्तकालय बागलुङको ३४ औ अधिबेशन पछि बसेको पहिलो बैठकले कार्यसमिति चयन गरेको छ ।
पुस्तकालयका अध्यक्ष राजेशचन्द्र राजभण्डारीले २०७३ र ७५ को लागि उपाध्यक्षमा रामप्रसाद शर्मा, सचिवमा राम थापा ‘अबिरल’, पुस्तकाध्क्षमा मन्जु केसी, कोषाध्क्षमा रामचन्द्र शर्मा, सह– सचिबमा बबिता शर्मा र सदस्यहरूमा महेशचन्द्र प्रधान, काजीगाउँले श्रेष्ठ, गोविन्द वझा, युक्तप्रसाद सुवेदी, कृष्णगोबिन्द राजभण्डारी, भरत शर्मा, युगेन्द्र श्रेष्ठ, मन्जुल शाक्यलाई बिधान अनुसार चयन गरिएको सचिब राम थापाले बताए ।
पुस्तकालयलाई संस्थागत रूपमा सञ्चालन गर्नको लागि अहिले पुस्तकालयले आर्थिक अभियान अगाडि बढाउनको लागि स्वदेश तथा बिदेशमा संयोजक तोकी जिम्मेवारी दिईएको छ । बिदेशमा सहयोग जुटाउनको लागि नेपाल लाइब्रेरी फाउन्डेसनका बिदेश संयोजक सोम सापकोटा, काठमाडौमा पुस्तकालयका पुर्ब अध्यक्ष श्यामप्रसाद श्रेष्ठ, बुटवलमा पुर्बअध्यक्ष महेशकुमार राजभण्डारीलाई बैठकले जिम्मेवारी दिएको छ । पुस्तकालयको लागि सल्लाह सुझाव लिएर ब्यवस्थित रूपमा संचालन गर्न सल्लाहकार समेत मनोनयन गरेको छ ।
सल्लाहकारमा पुस्तकालयका पुर्बअध्यक्ष लालचन्द्र राजभण्डारी, वरिष्ठ अधिबक्ता पद्मनाथ शर्मा, साहित्यकार प्रेम छोटा, काजीरोशन, शैलेन्द्र कुमार श्रेष्ठ, देबबहादुर श्रेष्ठ, ईश्वरप्रसाद श्रेष्ठ, निरज शाक्य, जिल्ला विकास समितिका भेषराज शर्मालाई चयन गरिएको छ । साहित्यीक गोष्ठी नियमित रूपमा संचालन गर्नको लागि ताराप्रसाद शर्मा ‘स्टार’को संयोजकत्वमा साहित्य उप–समिति गठन गरिएको छ ।
उपसमितिको सदस्यहरूमा दिल शिरीष, गुणराज शर्मा ‘गुराँस’, धनराज सापकोटा, कोपिला कँडेल र बिक्रम सुनार रहेका छन् । बैठकले पुस्तकालयमा नियमित पाठक बृद्वि गर्न नयाँ अभियान चलाउने सामुदायिक बिद्यालय, निजी बिद्यालयका बिद्यार्थीलाई प्रत्येक महिनाको एकपटक पुस्तकालयमा ल्याएर कार्यक्रम गर्ने, अबलोकन भ्रमण गर्ने, बार्षिक क्यालेन्डर बनाउने निर्णय गरेको पुस्तकालयका अध्यक्ष राजेशचन्द्र राजभण्डारीले जानकारी दिएका छन् ।
पुस्तकालयले २०६५ सालदेखि नियमित रूपमा संचालन गर्दै आएको बाल बिकास केन्द्रलाई शैक्षिक शत्र २०७४ मा अझेै राम्रोसँग सँचालन गर्ने, नयाँ बालबालिका २० जना भर्ना गर्ने समेत बैठकले निर्णय गरेको अध्यक्ष राजभण्डारीले बताए ।
Previous Article२०७३ फागुन ११ गते बुधबारको राशिफल
Next Article कालिका मन्दिरमा चाँदीको ढोका