काठमाडौं, १० फागुन – भारतमा खेलिने अभ्यास खेलका लागि १९ सदस्यीय नेपाली क्रिकेट टोलीको घोषणा गरिएको छ। टोलीका प्राविधिक विश्लेषक रमन शिवाकोटीका अनुसार भारत भ्रमणमा कप्तान पारस खड्का रहने छैनन्। टोली नेपाल फर्किएपछि काठमाडौंमा हुने आइसीसी वल्र्ड क्रिकेट लिगको केन्याविरुद्धको खेलमा भने उनले सहभागिता जनाउनेछन्।
रतबाट फर्किएपछि अन्तिम १४ सदस्यीय टोली तथा चार वैकल्पिक खेलाडीको छनौट हुनेछ। मंगलबार घोषणा गरिएको टोलीमा पारस खड्का (कप्तान), ज्ञानेन्द्र मल्ल (उपकप्तान), आरिफ शेख, दीलिप नाथ, मेहबुब आलम, करन केसी, आसिफ शेख, सागर पुन, भुवन कार्की, शरद भेषवाकर, शक्ति गौचन, अविनाश कर्ण तथा सोमपाल कामी छन्। त्यसैगरी सुनिल धमाला, दीपेन्द्र सिंह ऐरी, बसन्त रेग्मी, राजेश पुलामी, विनोद भण्डारी र सन्दीप लामिछाने अभ्यास टोलीका लागि छनौट भएका छन्।
आईसीसी प्रतिनिधि बेङ्कटापति राजु, प्रमुख प्रशिक्षक जगत टमाटा र कप्तान पारस खड्काले अभ्यास खेलाडी छनौट गरेका हुन्। नेपाली टोली अभ्यासका लागि शुक्रबार भारत प्रस्थान गर्नेछ र मार्च ३ मा नेपाल फर्किनेछ। नयाँ दिल्लीमा नेपाली टोलीले तीन वटा अभ्यास खेल खेल्लेनेछ।
केन्याविरुद्ध मार्च ११ र १३ मा त्रिवि क्रिकेट मैदानमा नेपालले ५० ओभरका दुई खेल खेल्न खेल्नेछ।
Previous Articleमूल्य वृद्धि ७.५ प्रतिशतमा सीमित
Next Article अभियानमा कसैले भाँझो हाले प्रतिकार-एमाले अध्यक्ष ओली