काठमाडौं, १० फागुन – नेकपा एमालेका अध्यक्ष केपी ओलीले एमालेले फागुन २१ गतेदेखि सुरु गर्न लागेको ‘मेची–महाकाली मधेस केन्द्रित अभियान’ मा कसैलाई पनि भाँझो नहाल्न सचेत गराएका छन् ।
मधेस केन्द्रित अभियानका लागि पार्टी कार्यालय बल्खुमा नै स्थापना गरिएको छुट्टै कार्यालयको उद्घघाटन कार्यक्रममा बोल्दै अध्यक्ष ओलीले मधेसी मोर्चालाई लक्षित गर्दै सो चेतावनी दिएका हुन् ।
‘एमालेको मधेस केन्द्रित अभियान मधेसी पार्टीविरुद्ध नभएर राष्ट्रिय एकताका लागि हो,’ उनले भने, ‘हाम्रो पूर्व निर्धारित कार्यक्रममा कसैले भाँझो नहालौं । यदि कसैले भाँझो हाल्छ भने एमालेले त्यसको सशक्त प्रतिकार गर्छ ।’
उनले नगरपालिका, वडा र गाविस तहका सबै कार्यकर्तालाई आ–आफ्नो क्षेत्रमा सभा जुलुस गर्न र पार्टीले निर्धारण गरेको कार्यक्रममा पनि सहभागी हुन समेत आव्हान गरेका छन् ।
‘हाम्रो कार्यक्रम मधेसमा फैलाइएको विभिन्न प्रकारका भ्रमहरु चिर्नका लागि हो,’ उनले भने, ‘यसमा सबैको सहभागीताको अपेक्षा गर्दछौं ।’
अभियानमा कसैले भाँझो हाले प्रतिकार-एमाले अध्यक्ष ओली
Previous Articleअभ्यास खेलका लागि १९ सदस्यीय क्रिकेट टोली घोषणा
Next Article महायज्ञ उद्घाटन गर्न मुख्य सचिव सुवेदी बागलुङमा