बागलुङ, ९ फागुन – नेकपा एमाले निकट दलित समुदायको संगठन उत्पीडित जातिय मुक्ति समाज जिल्ला कमिटी बागलुङको अधिवेशन फागुन २८ गते हुनेभएको छ ।
मुक्ति समाज नेपाल जिल्ला कमिटी बागलुङको आइतबार सम्पन्न बैठकले अधिवेशन सम्पन्न गर्नको लागि जिम्मेवारी बाँडफाँड समेत गरेको छ । अधिवेशन सम्पन्न गर्नको लागि आर्थिक व्यवस्थापनको लागि सुजता घमाल, अतिथी सत्कारमा निरबहादुर विक, प्रचारप्रसारको लागि नवीन शिशिर, हल तथा मञ्च व्यवस्थापनको लागि सुजन परियार, ¥याली व्यवस्थापन सुरेश विकलाई जिम्मेवारी प्रदान गरेको नेकपा एमाले जिल्ला कमिटी सदस्य तथा मुक्ति समाज इन्चार्ज सुजन परियारले जानकारी दिए ।
त्यस्तै, स्वयसेवक परिचालनमा परशुनारायण बोहरा, खाना तथा आवास व्यवथापनमा श्याम विक, जनपरिचालनमा नरी नेपाली र साँस्कृतिक व्यवस्थापनको लागि सरस्वती खडका परियारलाई जिम्मेवारी दिइएको छ । बैठकमा बोल्दै नेकपा एमाले वैकल्पिक केन्द्रीय सदस्य मनकुमारी केसीले उत्पीडित जातजाति, वर्ग र क्षेत्रको उत्थान र विकासको लागि नेकपा एमालेलाई मजबुद बनाउनुपर्ने बताएकी थिइन ।
कार्यक्रममा नेकपा एमाले जिल्ला कमिटी अध्यक्ष इन्द्रलाल सापकोटा, एमाले जिल्ला कमिटी सदस्य तथा मुक्ति समाज इन्चार्ज सुजन परियार लगायतले बोलेका थिए ।
Previous Article२०७३, फागुन ९ गते सोमबारको राशिफल
Next Article राहदानीको राजश्व १ करोड ४० लाख