बागलुङ, ९ फागुन – सहयात्रा बागलुङको आयोजनामा २ दिने महिला युवा सशक्तिकरण कार्यक्रम गलकोटमा सुरु भएको छ । कार्यक्रम उदघाटन पछि नेपाली कांग्रेस केन्द्रिय सदस्य रत्ना शेरचनले मुलुकमा हुन लागेको ३ वटै तहका निर्वाचनमा महिलाको सशक्त सहगागिताको लागि २ दिने कार्यक्रमले मद्धत पुग्ने बताएकी छिन् ।
नेपाल सरकार व्यवस्थापिका संसद समेत रहनुभएकी शेरचनले समृद्धशाली समाजको स्थापना गर्नको लागि महिलाहरुले आफ्नो हक अधिकार सुनिश्चित गर्न मानसिक, बौद्धिक र तार्किक रुपमा पनि जागरुक हुनुपर्नेमा जोड दिइन । नेतृत्व विकास तथा राजनितिमा महिलाको सहभागि, महिला सशक्तिकरण, उदघोषण कला, स्थानीय तहको निर्वाचनमा महिला सहभागिता लगायतको विषयमा प्रशिक्षण हुने सहयात्रा बागलुङका अध्यक्ष शकुन्तला शर्माले जानकारी दिइन ।
२ दिन सम्म संचालन हुने कार्यक्रमको पहिलो दिनमा हरिचौर, हटिया, मल्म, काडेँवास, नरेठाटी र अर्गलका करिव सय जना महिला अगुवाहरु सहभगिता रहेको अध्यक्ष शर्माले बताएन ।
कार्यक्रममा नेपाली काग्रेस जिल्ला सदस्य सुरेन्द्रबम मल्ल, भुपु सैनिक जिल्ला उपाध्यक्ष नारायणध्वज मल्ल, युवा समाज सेवी योगश भण्डारी, नेपाल शिक्षक संघ जिल्ला सदस्य विष्णु मल्ल, नेपाल महिला संघ जिल्ला सदस्य कमला ढकाल लगायतले बोलेका थिए । कार्यक्रममा बोल्ने वक्ताहरुले महिलाबिरुद्धका सबै प्रकारका विभेद र हिंसाको अन्त्यगरी महिलाहरूको हक तथा अधिकारको सुरक्षा र प्रवर्दनको लागि यस्तो कार्यक्रमले हरेक क्षेत्रमा महिलाहरूलाई सहभागिता गराई महिलाहरूमा भएको अन्तरनिहित क्षमतालाई वृद्धि गर्न टेवा पुग्ने बताएका थिए ।
कार्यक्रम सहयात्रा बागलुङका अध्यक्ष शकुन्तला शर्माको अध्यक्षता, उपाध्यक्ष मञ्जु चालिसेको स्वागत र सचिव हुमा रिजालको संचालनमा सम्पन्न भएको थियो ।
Previous Article‘म्याग्दीलाई शान्त र सुरक्षित बनाउँछु’
Next Article निर्वाचनको विकल्प निर्वाचन