म्याग्दी, ९ फागुन – जिल्लाका नवआगन्तुक प्रहरी नायव उपरिक्षक बसुन्धरा खड्काले सरोकारवालाहरुसंग जिल्लाको सुरक्षा अवस्थाको विषयमा छलफल गरेकी छिन् ।
शान्ति सुरक्षाको अवस्थालाई थप सुदृढ बनाउन सुझाव संकलन गर्ने उद्देश्यले नागरीक समाज, उद्योगी, व्यवसायी, राजनितिकर्मी, पत्रकार लगायतसंग छलफल गरेकी हुन । प्रहरी प्रधान कार्यालयबाट गत हप्ता म्याग्दीमा सरुवा भएकी प्रनाउ खड्काले सुझावको आधारमा बस्तु स्थितीलाई बिश्लेषण गरेर आवश्यक कदम चाल्नी बताइन ।
गुणस्तरीय सेवा, नागरीक मैत्री व्यवहारलाई प्राथमिकता दिने बताउँदै प्रनाउ खड्काले समाजसंग सन्तुलीत सम्बन्ध राख्ने र म्याग्दीलाई शान्त, सुरक्षीत र स्वच्छ जिल्ला बनाउने प्रनाउ खड्काले बताइन । महिला हिंसा, मानवअधिकारको हनन्, दुव्र्यसनी, सामाजिक विकृती र दुर्घटनाको समस्या न्युनीकरणका लागि सरोकारवालाहरुसंग समन्वय गर्ने उनले बताइन । विपद् व्यवस्थापनको तयारीको साथै मेलाजात्रालाई व्यवस्थित र सुरक्षित बनाउन आयोजकलाई जिम्मेवार बनाइने उनको भनाई छ ।
यसअघि काठमाडौको सोह्खुट्टे क्षेत्रको प्रहरी प्रमुखको नेतृत्वका साथै अपराध अनुसन्धान महाशाखामा रहेर काम गरेकी खड्का म्याग्दीको सुरक्षा प्रमुखको जिम्मेवारी सम्हाल्ने पहिलो महिला प्रहरी प्रमुख हुन । प्रनाउ खड्कालाई म्याग्दीमा कार्यरत पत्रकारहरुले नजिक हुन र प्रभावमा पर्ने तत्वसंग सचेत रहनु, अदालतको फैसला कार्यान्वयनलाई प्राथमिकता दिन, प्रहरी सेवालाई छिटो, छरिटो र नागरीकमैत्री बनाउन, प्रहरी मेरो साथी कार्यक्रमलाई गाउँ तहसम्म लैजान सुझाव दिएका थिए । पत्रकारसंगको अन्तरक्रिया कार्यक्रमको प्रहरी निरिक्षक दिवाकर घिमीरेले सहजिकरण गरेका थिए ।
Previous Articleदेउवाले भने, ‘वैशाखभित्रै चुनाव गर्नुस्, नत्र सत्ता छाड्नुस्’
Next Article युवा सशक्तिकरण कार्यक्रम गलकोटमा सुरु