बागलुङ, ८ फागुन – ६७ औँ प्रजातन्त्र दिवस तथा प्रथम निर्वाचन दिवस बागलुङमा पनि विविध कार्यक्रमका साथ मनाइएको छ ।
जिल्ला विकास समिति बागलुङको आयोजनामा बागलुङको विभिन्न स्थानहरुमा प्रभातफेरी सहित मुल समारोहको आयोजना गरि दिवस मनाइएको हो । २००७ फागुन ७ गते प्रजातन्त्र स्थापना भएको सम्झनामा हरेक वर्ष फागुन ७ गते राष्ट्रिय प्रजातन्त्र दिवस मनाउने गरिएको छ ।
बागलुङको समिटचोकबाट सुरु गरिएको प्रभातफेरी हल्लनचोक, लोकतान्त्रिकचोक, जिपपार्क हुदैँ जिल्ला विकास समितिको हलमा पुगि मुल समारोहमा परिणत भएको थियो । मुल समारोहमा बोल्दै संसद रत्न शेरचनले प्रजातन्त्रलाई संस्थागत गर्नका लागि एक जुटभएर लाग्नुपर्ने बताइन । कार्यक्रममा संसद नरबहादुर थापा, प्रमुख जिल्ला अधिकारी भागिरथ पाण्डेय, आदिवासी जनजाति महासंघ जिल्ला समन्वय परिषद बागलुङका अध्यक्ष बम बहादुर गुरुङ, गैर सरकारी महांसघ बागलुङका अध्यक्ष मुक्तिराम सापकोटा लगायतले बोलेका थिए ।
एक सय चार वर्षीय जहानियाँ राणा शासनको विरुद्धमा जनताले आन्दोलन गरी राणा शासकले जनतासमक्ष घुँडा टेक्न बाध्य बनाएर प्रजातन्त्र स्थापना भएको थियो । तत्कालीन राजा त्रिभुवनको घोषणा पछि राणा र नेपाली काँग्रेस सम्मिलित सरकार गठन भई नेपालमा प्रजातान्त्रिक शासनकाल सुरू भएको हो । प्रजातन्त्र स्थापनाका लागि भएको संघर्षमा शुक्रराज शास्त्री, दशरथ चन्द, धर्मभक्त माथेमा र गङ्गालाल श्रेष्ठले १९९७ साल माघमा बलिदानी दिएका थिए ।
प्रजा परिषद् नामक राजनीतिक दल भूमिगत रुपमा स्थापना गरी प्रजातन्त्र स्थापनाका लागि जनतामा जागरण ल्याएको अभियोगमा उहाँहरूलाई मृत्युदण्ड दिइएको थियो । यसै विच बागलुङमा पनि प्रथम निर्वाचन दिवस मनाइएको छ । पहिलो आमचुनाव भएको दिनको सम्झनामा फागुन ७ गते निर्वाचन दिवस मनाउन लागिएको निर्वाचन हो ।
लोकतन्त्रको मेरुदण्ड मानिने आवधिक चुनाव पहिलो पटक भएको ५८ वर्षपछि आयोगले पहिलोपटक दिवस मनाउन लागेको हो । सोही अवसरमा प्रजातन्त्र दिवसको पूर्वसन्ध्यामा आयोजना गरिएको धौलागिरी अंचल स्तरीय व्याडमिन्टन, वक्तृत्वकला लगायतका प्रतियोगितामा विजेताहरुलाई पुरस्कृत गरिएको थियो ।
कार्यक्रम बागलुङ जिल्लाका स्थानीय विकास अधिकारी रामप्रसाद आचार्यको अध्यक्षता, योजना अनुगमन तथा प्रशासकीय अधिकृत खिम बहादुर विकको स्वागत र कार्यक्रम अधिकृत भेसराज शर्मा पोडेलको संचालनमा सम्पन्न भएको थियो ।
Previous Articleचलायमान अर्थतन्त्रको आवश्यकता
Next Article दुव्र्यसनविरुद्व आमाहरुको अभियान