बागलुङ, ८ फागुन – समाज विकासको बाधकका रुपमा रहेको दुव्र्यसन नियन्त्रणका लागि आमाहरुको भूमिकालाई प्रभावकारी बनाउनु पर्नेमा बागलुङका महिलाहरुले जोड दिएका छन् । गर्भदेखि नै आमाको छोराछोरीसंग बढी सम्बन्ध हुने र अधिकांश समय छोराछोरीकै साथमा रहने भएकाले आमाहरुलाई दुव्र्यसन सम्बन्धी सचेतना आवश्यक रहेको सहभागी महिलाहरुले बताएका हुन् । बागलुङ नगरपालिका–७ मा गठित नागरिक सचेतना केन्द्रमा आवद्ध महिलाहरुका लागि आदर्श सञ्चार सहकारी संस्था लि.ले शनिबार आयोजना गरेको दुव्र्यसनविरुद्ध आमाहरु कार्यक्रमका सहभागीहरुले यस्तो बताएका हुन् । जिल्ला प्रहरी कार्यालय बागलुङ संगको सहकार्य तथा नागरिक सचेतना केन्द्रका सामाजिक परिचालकको संयोजनमा आयोजित कार्यक्रमका सहभागी महिलाहरुले युवा पुस्तालाई गलत क्रियाकलापबाट रोक्नका लागि राज्यले नै आमाहरुलाई सचेतना दिन आवश्यक रहेको बताएका थिए । समाज रुपान्तरण गर्ने र मुलुक सञ्चालन गर्ने युवा पुस्ता कुलतमा लागेर अन्यौलग्रस्त अवस्थामा पुगेको भन्दै आमाहरुले सरोकारवाला सबैको सहकार्यमा युवालाई सकारात्मक र रचनात्मक कार्यमा लगाउनु पर्नेमा जोड दिएका थिए । युवा पुस्तालाई दुव्र्यसनमा लाग्न नदिन आमाहरुको भूमिका प्रभावकारी हुने ठहर गर्दै आमाहरुलाई सचेतना प्रदान गर्ने उदेश्यले दुव्र्यसनविरुद्ध आमा अभियान सञ्चालन गरिएको संस्थाले जनाएको छ । कार्यक्रममा जिल्ला प्रहरी कार्यालयका प्रहरी सहायक निरिक्षक बिदुरप्रसाद तिमिल्सिनाले दुव्र्यसनमा युवाहरु लाग्नुका कारण, दुव्र्यसन रोकथामका उपाय, दुव्र्यसन रोक्नका लागि परिवार, विद्यालय, समाज र प्रहरीको भूमिका लगायत दुव्र्यसनमा फसेकाहरुको उद्धार र समाजमा पुनस्र्थापना लगायतका विषयमा जानकारी गराएका थिए । सहकारीमार्फत आयआर्जनमा केन्द्रीत गरी युवा पुस्तालाई दुव्र्यसनबाट कसरी टाढा राख्ने, सहकारी मार्फत समाजको आर्थिक विकास लगायत सहकारी अभियानका बारेमा सहकारी संस्थाका सम्पादक तथा राष्ट्रिय सहकारी बैंकका सञ्चालक रामबहादुर जिसीले जानकारी गराएका थिए । कार्यक्रममा बानपा–६ का वडा सचिव हिराबहादुर क्षेत्री, वडा नागरिक सचेतना केन्द्रका सहसंयोजक नविना परियार, सामाजिक परिचालक सविता कंडेलले सहकारीका सात सिद्धान्तलाई आत्मसाथ गर्दै आदर्श सञ्चारले समाज विकासको वाधकका रुपमा रहेको दुव्र्यसन न्यूनिकरणका लागि सञ्चालन गरेको अभियानको सफलताको कामना गरेका थिए । कार्यक्रम आदर्श सञ्चार सहकारी संस्थाका उपाध्यक्ष अञ्जु जिसीको अध्यक्षता, संस्थाका व्यवस्थापक भुपेन्द्र केसीको सञ्चालन र बजार व्यवस्थापक छममाया क्षेत्रीको स्वागतमा सम्पन्न भएको थियो । दुव्र्यसनविरुद्ध आमाहरु अभियान अन्तरगत यसअघि बानपा ८ मा कार्यक्रम सम्पन्न भइसकेको छभने बानपा १० मा फागुन १४ गते, बानपा ६ मा फागुन २१ गते, बानपा ११ मा फागुन २८ गते, बानपा ९ मा चैत ५ गते, ३ मा चैत १२ गते, २ मा चैत १९ गते, बानपा १ मा चैत २६ गते तथा बानपा ४ र ५ मा आगामी बैशाख पहिलो र दोस्रो साता सचेतना अभियान सञ्चालन गरिने संस्थाले जनाएको छ । यस्तै आर्थिक वर्षमा ७ वटा गाविसहरु पाला, भीमापोखरा, धम्जा, तंग्राम, रेश, सिगाना र रायडाँडामा अभियान संचालन गरिने भएको छ ।
Previous Articleबागलुङमा प्रजातन्त्र दिवस मनाईयो
Next Article ८ फागुन २०७३, ढोरपाटन दैनिक