बागलुङ, ६ फागुन – बागलुङकमा क्रियाशिल चारवटा लायन्स क्लबहरुको आतिथ्यतामा शुक्रवार देखि तेस्रो क्याविनेट बैठक हुने भएको छ । मध्य क्षेत्रको डिस्ट्रीक ३२५ को क्याविनेट बैठक बस्न लागेको हो । नेपाल भरी ३ वटा मात्र क्याविनेट रहेका छन् । यो बैठकका लागि देशभरका ३ हजार बढी लायन्सका सदस्य र पदाधिकारीहरु बागलुङ आउनेछन् ।
४ वटै क्लबले आयोजना गरेको पत्रकार सम्मेलनमा उक्त जनानकारी दिइएको हो । लायन्स क्लब अफ धौलागिरी, लायन्स क्लब अफ बागलुङ कालिका, लायन्स क्लब अफ बागलुङ सिटी र लायन्स क्लब अफ बागलुङले बैठकको संयुक्त आतिथ्यता गरेका हुन् । सामाजिक रुपमा लागेर सरसफाइ, शिक्षा, स्वास्थ्य लगायतको क्षेत्रमा सहयोग गर्न यस्ता क्लब गठन भएका हुन् ।
पहिलो पटक गर्न लागिएको क्याविनेट बैठकले जिल्लाको पर्यटन, व्यपार र सरसफाइको क्षेत्रमा उल्लेख्य फाइदा पुग्ने विश्वास लिइएको छ । पत्रकार सम्मेलनमा स्थानीय उत्पादन र कला र संस्कृतिको प्रवद्र्धन, स्थानीय व्यपार र व्यवसाय, आन्तरिक र बाहिरी पर्यटक प्रवद्र्धन, धार्मिक, सास्कृतिक र प्राकृतिक क्षेत्रको संभावनाको खोजी गर्न बैठकले सहयोग पुग्ने बताइएको थियो । पर्यटकीय गन्तव्यमा सुरक्षित छ भन्ने सन्देश दिने, लायन्स क्लबको इतिहासमा इटा थप्ने, सबै लायन्सको आत्म सम्मान बढाउने र लायन्स हरुको संस्थागत विकासमा योगदान दिन बैठक आयोजना गरिएको आयोजकको भनाई छ ।
आयोजकले यो बैठकमा ४४ लाख ४० हजार रुपैयाँ खर्च हुने अनुमान गरेको छ । त्यसका लागि ७५ प्रतिशत सहभागिबाटै रकम संकलन गरिनेछ भने अन्य खर्च विभिन्न सहयोगबाट जुटाइने उनले बताए । बैठकमा आउने पाहुनालाइ कालिका र पञ्चकोटको भ्रमण गराइने योजना रमेत बनाइएको छ । त्यसका लागि आवस्यक तयारी भएको छ भने बैठकको मुल समारोहमा धौलागिरी बहुमुखी क्याम्पसमा कार्यक्रम गरेर कला र संस्कृतिको प्रर्द्रशन पनि गरिने योजना रहेको छ ।
दुर्गाबहादुर कुँवरको अध्यक्षता, राजेशचन्द्र राज भण्डारीको संचालनमा सम्पन्न कार्यक्रममा नरेश कंडेलले बैठकको पूर्ण तयारी भएको बताए । बैठक अघि ¥याली आयोजना गरिने बताइएको छ । साथै आयोजकले पाहुनाको स्वागतका लागि बजार सरसफाई गर्ने तथा शुभसाईत स्वरुप घरघरमा घडा राखिदिन पनि आग्रह गरेका छन् ।
Previous Articleस्ववियु निर्वाचनको लागि उम्मेदवारी दर्ता
Next Article आजदेखि सडक खाना महोत्सव