बागलुङ, ६ फागुन – आगामी स्ववियु निर्वाचनको लागि गलकोट बहुमुखी क्याम्पसमा दुई विद्यार्थी संगठनले उम्मेदवारी दर्ता गरेका छन् । प्रमुख विद्यार्थी संगठन र आन्दोलनरत विप्लब माओबादी निकट विद्यार्थी संगठन बीच स्ववियु निर्वाचन पाँच दिन पछि सार्ने सहमति भएपनि पुरानै तालिका अनुसार विद्यार्थी संगठनले उम्मेदवारी दर्ता गरेका हुन् ।
दुई विद्यार्थी संगठनले बिहिबार उम्मेदवारी दर्ता गरेको गलकोट बहुमुखी क्याम्पस निर्वाचन समितिले जनाएको छ । निर्वाचनको लागि नेपाल विद्यार्थी संघ र वाम गठबन्धनको अखिल सयुक्त संगठनले प्रत्यक्ष र समानुपातिक उम्मेदवारी दर्ता गराएका छन् । नेपाल विद्यार्थी संघको तर्फबाट सभापतिको लागि गुमानसिँह भण्डारी, सचिवमा जमुना पुन, कोषाध्यक्षमा नविना चालिसे र सदस्यहरुमा खिमा गौतम, कमल परियार, दिपक गौतम र मधु खत्री रहेका छन् ।
त्यसैगरी अखिल संयुक्त संगठनको तर्फबाट सभापतिमा जिवनकला खत्री सरिता, सचिवमा कोपिला कार्की, कोषाध्यक्षमा सविना घर्तीमगर र सदस्यहरुमा रेशम थापा, बसन्त कार्की, एन्जिला घर्ती मगर र संगिता कुवँरको उम्मेदवारी दर्ता भएको निर्वाचन सँयोजक नवराज गौतमले जानकारी दिए । अखिल संयुक्त संगठनमा नेकपा एमाले निकट अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन, नेकपा माओबादी केन्द्र निकटको (क्रान्तिकारी) र राष्ट्रिय जनमोर्चा निकटको अखिल छैठौ रहेका छन् ।
Previous Articleस्ववियूको निर्वाचन र विद्यार्थीको भूमिका
Next Article लायन्स क्लबहरुको तेस्रो क्याविनेट बागलुङमा